Sajhamanch Archive

प्रमिलाकुमारीले उपराष्ट्रपतिमा रामसहायलाई समर्थन गर्ने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रमिलाकुमारीले उपराष्ट्रपतिमा रामसहायलाई समर्थन गर्ने.

काठमाडौँ । उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेकी जसपाकी प्रमिलाकुमारी यादवले पार्टीकै नेता रामसहाय यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ताको स्वघोषणा गरेकी छन् । तर उम्मेदवारको अन्तिम नामावली सूचीमा उनको नाम प्रकाशित भइसकेको छ । उपराष्ट्रपतिका लागि विभिन्न आन्दोलन र संघर्षमा सक्रिय रुपमा लागेका रामसहाय यादव उपराष्ट्रपति पदका लागि सक्षम र योग्य उम्मेदवार रहेको उनले बताएकी छन् […]

सुवास नेम्वाङलाई एमाले संसदीय दलमा उपनेताको जिम्मेवारी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सुवास नेम्वाङलाई एमाले संसदीय दलमा उपनेताको जिम्मेवारी.

काठमाडौँ । नेकपा एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ मनोनित भएका छन् । संसदीय दलको नेता एवं अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई आज सोमबार उपनेतामा मनोनित गरेका हुन् । २०७४ सालको चुनावपछि पनि नेम्वाङ नै एमाले संसदीय दलको उपनेता बनेका थिए । इलाम २ बाट विजयी नेम्वाङ एमालेका उपाध्यक्षसमेत हुन् । २०५१ सालमा न्याय, कानुन […]

पिएनजी विरुद्ध नेपालको सहज जित

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on पिएनजी विरुद्ध नेपालको सहज जित.

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरुद्ध सहज जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले १ विकेट गुमाएर ७ दशमलव ४ ओभरमा लक्ष्य भेट्टाएको हो । नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा […]

यूएईलाई हराउँदै नेपालले जोगायो एक दिवसीय मान्यता

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on यूएईलाई हराउँदै नेपालले जोगायो एक दिवसीय मान्यता.

काठमाडौं । यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ । जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ । नेपालले सात राष्ट्र सहभागी लिग टू मा […]

उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायम

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायम.

काठमाडौँ । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै राखेको छ । यादवविरुद्ध परेको उजुरी खारेज गर्दै यादवको कायम गर्ने निर्णय भएको हो । फरक लिंगको हुनुपर्ने अनिवार्य व्यवस्था नभएको ठहर गर्दै निर्वाचन अधिकृतले उम्मेदवारी कायम गर्ने निर्णय गरेका हुन् । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उपराष्ट्रपतिका उम्मेदवार यादवविरुद्ध परेका उजुरीहरू खारेज […]

उपराष्ट्रपतिको प्रतिस्पर्धामा तीन महिला र एक पुरुष

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपराष्ट्रपतिको प्रतिस्पर्धामा तीन महिला र एक पुरुष.

काठमाडौं । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि चार जना उम्मेदवारले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उपराष्ट्रपति पदका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालको तर्फबाटे पार्टी उपाध्यक्ष एवम् बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छिन् । यस्तै १० दलीय सत्ता गठबन्धनबाट तीन जनाले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गराएका छन् । […]

प्रधानमन्त्री दाहालविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on प्रधानमन्त्री दाहालविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश.

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले शुक्रबार १५ दिनभित्र आफैं उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन आदेश दिएको हो । ‘संक्रमणकालिन न्याय प्रक्रिया लामो समयसम्म टुङ्गो नलागेको भन्ने विषयको उठान गरी न्याय […]

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित.

काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका रामचन्द्र पौडेल निर्वाचित भएका छन् । संघीय संसदमा आज भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय […]

पपुवा न्युगिनीलाई नेपालले ५२ रनले हरायो

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on पपुवा न्युगिनीलाई नेपालले ५२ रनले हरायो.

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो । जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट भयो । पीएनजीका लागि नोरमान भानुआ र टोनी उराले अर्धशतक पूरा गरे पनि टिमलाई जिताउन सकेनन् । […]

राष्ट्रपति निर्वाचनको मतगणना सुरु

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति निर्वाचनको मतगणना सुरु.

काठमाडौँ । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज बिहीबार भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको हो । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि बिहीबार नै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदानमा ३१३ सङ्घीय सांसद […]