Sajhamanch Archive

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय.

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नयाँ सहमति अनुसार कांग्रेस–माओवादीसहित ८ दलीय गठबन्धन बनेको छ । जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ । राष्ट्रपतिको निर्वाचनका लागि आज फागुन १३ […]

प्रचण्डको कार्यशैलीप्रति असहमति जनाउदै राप्रपाबाट सरकारबाट बाहिरियो

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्डको कार्यशैलीप्रति असहमति जनाउदै राप्रपाबाट सरकारबाट बाहिरियो.

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको कार्यशैलीप्रति असहमति जनाउदै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पुष १० को सहमति अनुसार राष्ट्रपतिमा एमालेका उम्मेद्वारलाई सघाउनु पर्नेमा सो विपरित काँग्रेस उम्मेद्वारलाई सघाउने निर्णय गरेपछि सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाका नेताहरुले जनाएका छन् । आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय […]

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । यी दुई बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भइरहेको छ । भेटमा राष्ट्रपति चयनका बारेमा कुराकानी हुँदै छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निर्णायक वार्ता सुरु भएको हो। प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली केहीबेर अघि बालुवाटार पुगेको जनाइएको […]

क्रिकेट विश्वकप लिग–२ मा नेपालको पहिलो क्लिन स्विप

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on क्रिकेट विश्वकप लिग–२ मा नेपालको पहिलो क्लिन स्विप.

काठमाडौँ । नेपाल घरेलु मैदानमा क्रिकेट विश्वकप लिग–२ का सबै चार खेल जितेर ‘क्लिन स्विप’ गर्ने पहिलो टोली भएको छ । रोहित पौडेलले सानदार कप्तानी इनिङ्स खेल्दै करण केसीसँग कीर्तिमानी साझेदारी गरेपछि नेपालले मंगलबार च्याम्पियन टोली स्कटल्यान्डलाई २ विकेटले पराजित गर्‍यो । रोहितले अविजित ९५ रन बनाएपछि नेपालले भरिभराउ दर्शकबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २१३ रनको लक्ष्य […]

मधेसमा २८० प्रहरीको एकैपटक सरुवा, सबैलाई सक्रिय बनाउन काज सरुवा गरिएको प्रदेश प्रहरी प्रमुख कुँवरको दावी

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मधेसमा २८० प्रहरीको एकैपटक सरुवा, सबैलाई सक्रिय बनाउन काज सरुवा गरिएको प्रदेश प्रहरी प्रमुख कुँवरको दावी.

जनकपुर । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रदेशका ८ वटै जिल्लाका मुद्दा शाखामा कार्यरत २८० जना प्रहरीलाई एकैसाथ काज सरुवा गरेको छ । प्रहरी प्रादेशिक संरचनामा गएदेखि यस्तो सरुवा पहिलोपटक गरिएको हो । गत फागुन ५ मा जिल्ला र इलाका प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी जवानदेखि वरिष्ठ प्रहरी नायब निरीक्षक (सई)सम्मको सरुवा गरिएको हो […]

राष्ट्रपति निर्वाचनः शनिबार उम्मेदवारी दर्ता गरिने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on राष्ट्रपति निर्वाचनः शनिबार उम्मेदवारी दर्ता गरिने.

काठमाडौँ । निर्वाचन आयोगले नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर राष्ट्रपति निर्वाचनको तयारी अघि बढाएको छ । न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याललाई निर्वाचन अधिकृत तोकिएको हो । आयोगले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सोमबार टुंग्याएको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार संघीय संसद्का ३३१ र […]

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी.

काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो । गत २ फाुगनमा बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रतिवेदन बुझाएको थियो । जसअनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको भए […]

माओवादी बैठक राष्ट्रपतिको उम्मेदवारमा केन्द्रित हुने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on माओवादी बैठक राष्ट्रपतिको उम्मेदवारमा केन्द्रित हुने.

काठमाडौं । आगामी राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न साढे चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमालेसँग असमझदारी बढेपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल थालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले […]

सांसद भण्डारीलाई उपचारार्थ भारतको मुम्बई लगिँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सांसद भण्डारीलाई उपचारार्थ भारतको मुम्बई लगिँदै.

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई भारतको मुम्बई लगिने भएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीलाई मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लगेर उपचार गर्नुपर्ने भएको हो । कीर्तिपुर बर्न अस्पतालका मेडिकल डाइरेक्टर डा. नजिना ताम्राकारका अनुसार भण्डारीको उपचार नेपालमा सम्भव नहुने भएपछि भारत रिफर गर्नुपरेको हो […]

महाअभियोग टुंगो नलागे अर्को संसदमा लैजाने सहमति

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on महाअभियोग टुंगो नलागे अर्को संसदमा लैजाने सहमति.

काठमाडौं । दर्ता भएको महाअभियोग प्रस्ताव टुंगो नलाग्दै प्रतिनिधिसभाको कार्यकाल समाप्त भएमा यस्तो प्रस्ताव अर्को प्रतिनिधिसभामा लैजाने सहमति भएको छ । मंगलबार प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिमा प्रतिनिधिसभाको कार्यकाल ५ महिनाभन्दा कम बाँकी रहेको अवस्थामा महाअभियोग प्रस्ताव दर्ता भएमा त्यसलाई निर्वाचनपछि गठन हुने प्रतिनिधिसभामा पेश गर्ने सहमति भएको हो । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा ५ महिनाभन्दा कम […]