Sajhamanch Archive

नेपालद्वारा थाइल्यान्डलाई दुई सय ७० रनको लक्ष्य

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on नेपालद्वारा थाइल्यान्डलाई दुई सय ७० रनको लक्ष्य.

काठमाडौँ । एसिसी यु १६ मेन्स इस्टर्न रिजन कप २०२३ को आफनो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि दुई सय ७० रनको लक्ष्य दिएको छ । मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा आठ विकेट गुमाउँदै दुई सय ६९ रनको योगफल बनायो । नेपालका ओपनर नीरजकुमार यादवले सर्वाधिक ७४ रनको योगदान दिए […]

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान.

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित मंगलबार राति चीनको सिचुवान प्रान्तको भ्रमणका लागि प्रस्थान गरेका हुन् । श्रेष्ठ छेन्दु अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण भइ आजै ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को स्वागत भोजमा सहभागी हुनेछन् । उपप्रधानमन्त्री श्रेष्ठले बिहीबार ‘पश्चिमी चीन अन्तर्राष्ट्रिय मेला’को उदघाटन […]

सहकारीलाई ३० दिनभित्र सबै विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन

Published: in मिडियाबाट साभार, समाज, सहकारी by . Leave a Comment on सहकारीलाई ३० दिनभित्र सबै विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन.

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो । पछिल्लो समय सहकरीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका केही सहकारीले पनि साधारणसभाको जनाकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको विभागले जनाएको छ […]

बजेटप्रति असन्तुष्ट दलहरुको संसदीय दलको बैठक बस्दै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on बजेटप्रति असन्तुष्ट दलहरुको संसदीय दलको बैठक बस्दै.

काठमाडौं । कांग्रेस, माओवादी बाहेकका सत्ता साझेदार दलहरुले संसदबाट बजेट पास गर्न सघाउने कि नसघाउने भन्ने विषयमा आज निर्णय लिँदै छन् । जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले आज बिहान बस्ने संसदीय दलको बैठकबाट निर्णय गर्न लागेका हुन् । यसैगरी सरकारलाई समर्थन गरेको जनमत पार्टीले पनि बिहान मात्रै बजेट पारित गर्न […]

हेवा खोलामा बाढी, मेची राजमार्ग पुनः अवरुद्ध

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on हेवा खोलामा बाढी, मेची राजमार्ग पुनः अवरुद्ध.

पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ । यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्‍याएपछि यातायात पुनः अवरुद्ध बनेको हो । हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो । बाढीले डाइभर्सनमा क्षति पुर्‍याएपछि यातायात सञ्चालन पूर्णरूपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी […]

मण्डपमै ५० लाख दाइजो माग्ने अमेरिकी ग्रिन कार्डप्राप्त बेहुला पक्राउ

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on मण्डपमै ५० लाख दाइजो माग्ने अमेरिकी ग्रिन कार्डप्राप्त बेहुला पक्राउ.

काठमाडौं । प्रहरीले काठमाडौंको नक्सालबाट एकजना बेहुलालाई मण्डपबाटै पक्राउ गरेको छ । मंगलबार दाइजो मागेर विवाद गरेको आरोपमा बेहुलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुनसरी दुहवी नगरपालिका–६ का ३२ वर्षीय अनुराग रौनियार रहेका छन् । उनी काठमाडौंको ताहाचल बस्दै आएका थिए । उनीसँग अमेरिकाको ग्रिन कार्ड पनि छ । प्रहरीका अनुसार बेहुला […]

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले बालेनसँग माग्यो लिखित जवाफ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on अदालतको अवहेलना मुद्दामा सर्वोच्चले बालेनसँग माग्यो लिखित जवाफ.

काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ मागेको छ । अधिवक्ता वर्षाकुमारी झाले दिएको निवेदनमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मंगलबार लिखित जवाफ मागेको हो ।

साफ च्याम्पियनसिप फुटबल : नेपालले पाकिस्तानलाई हरायो

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on साफ च्याम्पियनसिप फुटबल : नेपालले पाकिस्तानलाई हरायो.

काठमाडौँ । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले पाकिस्तानलाई हराएको छ।भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले हराएको हो। यस प्रतियोगितामा एक मात्र खेल जिताउन पाकिस्तान विरुद्ध नेपालका आशिस चौधरीले गोल गरेका हुन। उनले खेलको ७९ औ मिनेटमा गोल गरेका हुन।उनी पहिलो पटक राष्ट्रिय टोलीमा रहँदै डेब्यु […]

कोशी प्रदेशका मन्त्री राजभण्डारीविरुद्ध उच्च अदालतमा अवहेलना मुद्दा

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on कोशी प्रदेशका मन्त्री राजभण्डारीविरुद्ध उच्च अदालतमा अवहेलना मुद्दा.

मोरङ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी विरुद्ध विराटनगर उच्च अदालतमा ‘अदालतको अवहेलना’ मुद्दा दर्ता भएको छ । अधिवक्ता उद्धवचन्द्र घिमिरे र उच्च अदालत विराटनगरका रजिस्टार जितेन्द्रबाबु थपलियाले आज उनीविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका हुन् । मन्त्री राजभण्डारीले आइतबार विराटनगरको शिक्षादीप कलेजमा आयोजित कार्यक्रममा न्यायाधीशले घुस खाएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । उच्च […]

पन्ध्र दिनको पर्यटक भिसा नेपाल आइपुगे ज्याक मा

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on पन्ध्र दिनको पर्यटक भिसा नेपाल आइपुगे ज्याक मा.

काठमाडौँ । अलिबाबाका संस्थापक ज्याक मा नेपाल आएका छन्। ज्याक मा मंगलबार दिउँसो साढे २ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनी बंग्लादेशबाट भीटीसी एमए चार्टर फ्लाइटमा विमानस्थलमा अवतरण गरेका अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालले जानकारी दिए। भुसालले भने,१५ दिनको पर्यटक भिसामा उहाँ नेपाल आउनु भएको हो। उहाँसँगै ६ जना पुरुष र […]