फिदिम । मेची राजमार्गको फिदिम खण्डमा पर्ने हेवाखोलाको पूल असार २ गतेको बाढीले बगाएपछि ठप्प रहेको पहाडी यातायात आवागमन आजदेखि अस्थायीरुपमा सञ्चालन गरिएको छ । खोलामा ह्युमपाइप राखेर डाइभर्सन निर्माण गरेपछि आज मंगलबार अपरान्हदेखि यातायातका साधन आवतजावत गर्न थालेका हुन् । मेची राजमार्ग अन्तर्गत फिदिम ४ र हिलिहाङ ७ लाई जोड्ने हेवाखोलाको पूल असार २ […]
विराटनगर । कोशी प्रदेश सरकारले विराटनगरको रानीमा निर्माण सुरु गरेको स्वागत गेटसहितको आकाशे पुल निर्माणको काम भन्सार कार्यालयले रोकेको छ । तीन महिनाअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिलन्यास गरेको पुलको काम भन्सार कार्यालय विराटनगर रानीले रोकेको हो । कोशी प्रदेश सरकारले लिफ्टसहितको आकाशे पुलसँग जोडिएको स्वागत गेट निर्माणका लागि बजेट विनियोजन गरेको थियो । ६ करोड […]
काठमाडौं । पछिल्ला कारोबार दिनमा धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार उकालो लागेको छ । गएको बिहीबारदेखि लगातार उकालो लागेको परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार ५६.९४ अंक बढेर बन्द भएको छ । सोमबार (हिजो) नेप्से साढे ११ अंकले वृद्धि भएर बन्द भएको थियो । साताको पहिलो कारोबार दिन आइतबार ६२.२१ अंकले बढेर बन्द […]
काठमाडौं । सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका सहसचिवसमेत रहेका प्रवक्ता केदारनाथ शर्माले मंगलबार विज्ञप्ति निकालेर असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने उल्लेख गरेका हुन्। बकर ईदका अवसरमा सरकारले देशैभर बिहीबार सार्वजनिक बिदा दिएको हो।
इलाम । गत वर्ष असार १० मा पालिकाको बजेट सार्वजनिक गर्ने कार्यक्रममा इलामको रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले एउटा प्रतिबद्धता जनाएका थिए। उनले भनेका थिए, आउँदो वर्षको बजेट सार्वजनिक गर्ने बेलामा हाम्रो टेबलमा गाउँपालिकाले ब्रान्डिङ गरेको गुन्द्रुकको प्याकेट हुनेछ। वर्ष दिनअघिको उनको वाचा यसपटक पूरा भयो। यसपालि गाउँ अधिवेशन चलिरहँदा जनप्रतिनिधिका अघिल्तिर रोङ गुन्द्रुकको प्याकेट […]
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौंबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो । विश्व प्रसिद्ध लुम्बिनीलाई हवाईमार्गमार्फत हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले उडान विस्तार गर्न लागिएको निगमले जनाएको छ । निगमले भैरहवाबाट भारतको […]
काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेको छ । १८ बुँदे माग राख्दै आन्दोलनरत हिस्टुनले मंगलबार (आज)देखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित गरेको जनाएको छ । हिस्टुनका महासचिव शंकर तिवारीले भने, ‘हामीले बोर्डसँगको समन्वयमा देशभरका परीक्षण केन्द्रमा आजदेखि एक हप्ता कक्षा १२ को […]
दाङ । असार सुरु भएसँगै दाङको घोराही उपमहानगरपालिका-७ राजपुरका किसानहरु धानको ब्याड राख्न मलको खोजीमा लागे । तर भनेको बेला मल पाएनन् । गत शुक्रबार चौतारी सहकारीले ७ बोरामात्रै डिएपी र युरिया मल ल्याइपुर्यायो । राजपुरका ६३ जना किसानका लागि त्यो मल अपुग थियो । कसैले पाउने, कसैले नपाउने स्थिति भएपछि किसानहरु आफैं सल्लाह गरेर […]
काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललित निवास जग्गा प्रकरणमा गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो । २०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो । अहिले कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको छ । […]
विराटनगर । नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा भीड लागेको छ । सेवाग्राहीहरु बिहान झिसमिसेदेखि नै लाइनमा बसेको बताएका छन् । नागरिकता बनाउनेहरुको जिल्ला प्रशासन कार्यालयदेखि शनिबारे हटियासम्म २५० मिटर लामो लाइन लागेको छ । लाइनमा बसेकाहरू भोकभोकै छन् । धनपालथान गाउँपालिका १ बाट आएका सुनिल ऋषिदेवले बिहान ४ बजेदेखि लाइन लागेको बताए । […]