Sajhamanch Archive

पानीको बहाव थेग्न नसकेपछि हेवाखोलाको ‘डाइभर्सन’ अधुरै

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on पानीको बहाव थेग्न नसकेपछि हेवाखोलाको ‘डाइभर्सन’ अधुरै.

पाँचथर । बाढीले पुल बगाएपछि मेची राजमार्गलाई सञ्चालन गराउन पाँचथरको हेवाखोलामा निर्माण थालिएको ‘डाइभर्सन’ अझै पूरा हुनसकेको छैन। सडक डिभिजन कार्यालय इलामले पुल रहेको स्थानभन्दा केहीमाथि अस्थायी डाइभर्सन निर्माण तीन दिनअघि थालेको थियो। सोमबार साँझसम्म १२ ‘ह्युमपाइप’मार्फत खोला कटाउने प्रयास गरिए पनि सफल हुन नसकेको छैन। ठाडो खोला भएका कारण पानीको बहाव थेग्न नसक्दा ‘डाइभर्सन’मा […]

भारतमा पक्राउ परेका शिवशिखर सहकारीका अध्यक्ष शर्मालाई काठमाडौँ ल्याइयो

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on भारतमा पक्राउ परेका शिवशिखर सहकारीका अध्यक्ष शर्मालाई काठमाडौँ ल्याइयो.

काठमाडौँ । सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले भारतको लखनउबाट उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ । सिआइवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको पुष्टि गर्दै आजै घटना विवरण सार्वजनिक गर्ने […]

धान गोड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु,४ जना घाइते

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on धान गोड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु,४ जना घाइते.

जुम्ला । जुम्लामा करेन्ट लागेर एक जना किशोरीको मृत्यु भएको छ। भने ४ जना घाइते भएका छन्। जुम्लाको कनकासुन्दरी गाउँपालिका-८ सुमलगाउँको खलापानी भन्ने ज्युलोमा धान रोपेको खेत गोड्ने क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा सुमलगाउँ निवासी अन्दाजी १७ वर्षीय प्रर्मिला परियार हुन्। लुड्कु जलविद्युत आयोजनाको विधुतको तार हावाहुरीले खेतमा परेको हुनाले करेन्ट लागेको जिल्ला प्रहरी […]

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु.

झापा । हात्तीले आक्रमण गर्दा झापाको हल्दिबारीमा एक जना पुरूषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार बिहान ४ बजे भद्रपुर नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ५३ का गिरेन कर्मकारको मृत्यु भएको हो। एकाबिहानै उनी च्याउ टिप्न त्यसतर्फ गएका थिए। हल्दिबारी गाउँपालिका-२ को देउनिया खोलाको पुलबाट ३०० मिटर उत्तरमा सो घटना भएको […]

बजेट र चुनावले मात्र सम्झिने पोखरा चक्रपथ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on बजेट र चुनावले मात्र सम्झिने पोखरा चक्रपथ.

पोखरा । तीनवटा राजमार्गको संगम हो पोखराको पृथ्वीचोक । पृथ्वी राजमार्ग, भूपि शेरचन राजमार्ग र सिद्धार्थ राजमार्ग हुँदै आउजाउ गर्ने गाडीहरु पृथ्वीचोक हुँदै ओहोरदोहोर गर्छन् । वर्षौंदेखि पोखरामा वैकल्पिक सडक मार्गको चर्चा भए पनि काम भने अगाडि बढेको छैन । पोखरा चक्रपथ निर्माणको चर्चा र अध्ययन पोखरेलीका निम्ति कहिल्यै पूरा नहुने बासी सपनाजस्तो बनेको छ […]

नगरले तरकारी किन्न थालेपछि चौताराका किसानमा उत्साह

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on नगरले तरकारी किन्न थालेपछि चौताराका किसानमा उत्साह.

काठमाडौं । तरकारी फलाउने चौतारा साँगाचोकगढी नगरपालिकाका किसानले आफूले उत्पादन गरेका तरकारी बेच्न बजारका घरपसल धाउनुनपर्ने भएको छ। नगरपालिकाको कार्यालयले किसानका उत्पादन खरिद गर्न थालेपछि यस्तो बाध्यता हटेको हो। कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको नगरले कृषिमा किसानलाई आकर्षित गर्न उनीहरूका उत्पादन आफैं खरिद गर्न थालेको हो। सदरमुकाम चौताराको मुख्य बजारमा तरकारी संकलन तथा चिस्यान […]

वाग्मतीसहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्र प्रभावित हुनसक्ने

Published: in Weather, मिडियाबाट साभार, विविधा by . Leave a Comment on वाग्मतीसहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्र प्रभावित हुनसक्ने.

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशका केही क्षेत्रमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुनसक्ने जल […]

पशुपतिको जलहरीमा उद्घाटन गर्नेको नाम लेख्‍नु सामान्य : एमाले सचेतक

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on पशुपतिको जलहरीमा उद्घाटन गर्नेको नाम लेख्‍नु सामान्य : एमाले सचेतक.

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले आफ्नो पार्टी नेतृत्वको लोकप्रियतासँग डराएर सत्तापक्षले नागरिकमाथि भ्रम छरिरहेको आरोप लगाएका छन् । उनले पशुपतिनाथको जलहरीमा उद्घाटन गर्नेको नाम हुनु स्वभाविक रहेको पनि उनको दाबी छ । संघीय संसद् भवनबाहिर सोमबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा सचेतक बर्तौलाले पशुपतिमा राखिएको सुनको जलहरीमा अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही […]

सन्दीपविरुद्ध मुद्दा : पीडितलाई अन्तरिम क्षतिपूर्ति दिन अदालतको आदेश

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on सन्दीपविरुद्ध मुद्दा : पीडितलाई अन्तरिम क्षतिपूर्ति दिन अदालतको आदेश.

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दाका पीडितले माग गरेको अन्तरिम क्षतिपूर्ति भराउन अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानुनबमोजिम पीडितलाई राहत कोषबाट अन्तरिम राहत दिन आदेश गरेको हो । पीडितको पक्षबाट पेस भएका अधिवक्ता शशि अधिकारीले अस्पतालको बिलभर्पाई र मनोवैज्ञानिकसमेतको बकपत्र गराएका थिए । अन्तरिम राहत माग गर्दै यसअघि पनि […]

कोशीका विपक्षी गठबन्धनको काठमाडौंमा आकस्मिक बैठक

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कोशीका विपक्षी गठबन्धनको काठमाडौंमा आकस्मिक बैठक.

विराटनगर । कोशीका प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान गरेपछि प्रदेशसभाको विपक्षी दलहरु छलफलमा जुटेका छन् । प्रदेश प्रमुखले १४ असारको दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेपछि सोमबार दिउँसो काठमाडौं बालुवाटारस्थित एक होटलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु छलफलमा जुटेका हुन् । तीन दलका नेताहरुले विराटनगरमै रहेका नेकपा एकीकृत समाजवादीका […]