बैंगलुरु । नेपाली फुटबल टिमका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको खेल गुमाउने भएका छन् । साफ च्याम्पियनसिपको समूह चरणामा आफ्नो अन्तिम खेल भोलि मंगलबार नेपालले पाकिस्तानसँग खेल्दै छ । नेपाल र पाकिस्तान दुवैको सेमिफाइनल पुग्ने संभावना सकिइसकेको छ । भारत विरुद्धको दोस्रो खेलमा घाइते हुँदै अन्जनले पहिलो हाफमा मैदान छाडेका थिए । पहिलो […]
काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमवार पनि नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। आइतबार ६२.२१ अंकले बढेको नेप्से परिसूचक सोमवार ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.६६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंकले बढेको छ। सोमबार कारोबारमा आएका २७९ कम्पनीको १ […]
विराटनगर । कोशी प्रदेशसभाको बैठक १४ असारमा बोलाइएको छ । प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले १४ असारमा प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश प्रमुखको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गरी प्रदेश प्रमुख परशुराम खापुङले असार १४ गते दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेको जानकारी दिएको छ । […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्तारुढ गठबन्धन पाँच वर्षसम्म निरन्तर रहने बताएका छन् । सोमबार धादिङको गजुरीमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका नेताहरु र प्रतिपक्षी दलसँग पनि भएको कुराकानीका आधारमा आफू गठबन्धन ५ वर्षसम्म टिक्के कुरामा विश्वस्त रहेको बताएका हुन् । ‘अहिले कता कता यो सरकारको आयु कति भन्ने पनि, मिडियामा हुने नहुने […]
काठमाडौं। काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । आफैँले कानूनी र नैतिकरुपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उनले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै भट्टराईले सोमवार राजीनामा दिएका हुन् । उनले न्यायाधीश नियुक्तिको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिक पार्टीका मानिसहरु न्याय परिषद्मा नियुक्ति हुने गरेको आरोप लगाए […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन् । मुख्यमन्त्री कार्कीले असार १४ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वानका लागि सिफारिस गरेका हुन् । प्रदेश सरकारका प्रवक्ता मन्त्री भक्तिप्रसाद सिटौलाले विश्वासको मत लिने प्रयोजनका लागि विशेष अधिवेशन आह्वान गरिएको जानकारी दिए […]
विराटनगर । मासु व्यावसायी कासिद अन्सारी मृत्यु प्रकरणको अनुसन्धानमा प्रहरीले चासो नदेखाएको भन्दै आफन्त र स्थानीयले रंगेली-विराटनगर सडक अवरुद्ध पारेका छन् । र्यापर गिरिश खतिवडाले सञ्चालन गरेको होटल जी क्याफे एण्ड विस्त्रोमा असार ३ गते घाइते भएका अन्सारीको साही दिन उपचारका क्रममा मृत्यु भएको थियो । अन्सारीको मृत्युपछि आफन्तले गायक खतिवडा र होटलका दुई कर्मचारीविरुद्ध […]
काठमाडौं । नेपाली कांग्रेसले सदस्यता वितरणलाई सहज बनाउने तयारी गरेको छ। पार्टीको वेबसाइटमा गएर सदस्यता फारम भर्न मिल्ने व्यवस्था गरिएको हो। कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार अनलाइनबाटै सदस्यता लिने व्यवस्था मिलाइएको छ। ‘अहिले हामी आन्तरिक तयारी गर्दैछौं। पार्टीको अब बस्ने बैठकपछि अनलाइनबाटै सदस्यता फारम भर्न मिल्ने बनाउँछौं,’ उनले भने। कांग्रेसमा दुई प्रकृतिको सदस्यताको व्यवस्था छ, […]
इटहरी । ऋणको ब्याज असुल गर्ने क्रममा ग्लोबल आइएमई बैङ्कले व्यापारीलाई हातहतियारसहित कर्मचारी खटाएर आतङ्कित बनाएको विरोधमा सोमबार इटहरी बजार बन्द आह्वान गरिएको छ। उद्योग वाणिज्य सङ्घको आह्वानमा गरिएको बजार बन्दले विहानैदेखि विभिन्न खाले पसलहरु बन्द भएका छन्। इटहरीको विराटनगर लाइनमा रहेको शुभलक्ष्मी ज्वेलर्समा खटिएको बैङ्कको टोलीले आतङ्कित बनाएको विरोधमा बजार बन्द गरिएको हो। बैङ्कको […]
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरी जोख्ने काम सकेको छ। आइतबार साँझ ६ बजेदेखि सुरु भएको जोख्ने काम सोमबार बिहान २ बजे सकिएको अख्तियार स्रोतले बताएको छ। जलहारीको जोख्ने काम सकियो। टुक्रा टुक्रामा जोखिएको जलहारीको पूर्ण तौल निकाल्न अन्तिम नापजाँच हुँदै छु, अख्तियार स्रोतले भन्यो। प्रारम्भिक नाँप […]