पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ । जिल्ला प्हरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरुलाई […]
काठमाडौं । आजदेखि जिम्बाब्वेमा सुरु हुने आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमै नेपालले घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ । समूह ए मा रहेको जिम्बाब्वे र नेपालबीचको खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्न […]
विराटनगर । मनसुन सुरु भएसँगै परेको वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षति भएको छ । शनिबार राति आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । बाढीले ठूलो भौतिक तथा मानवीय क्षति भएको हुनसक्ने भए पनि विवरण आउन बाँकी रहेको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन् । शनिबार राति संखुवासभाको हेवा खोलामा […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अढाई महिनामै पाँच पटक अस्पताल भर्ना भएका छन् । अल्सर, ढाड दुख्ने र छातीसम्बन्धी समस्याबाट मुक्त नहुँदै ७९ वर्षीय राष्ट्रपति पौडेललाई पछिल्लो पटक मुटुको समस्या देखिएको छ । स्वास्थ्य समस्या देखिएपछि उनले अत्यावश्यकबाहेक भेटघाट बन्द गरेका थिए । दुई दिनअघि मात्रै सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज भएका उनी शनिबार बिहान दुई बजेतिर […]
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनसहित चारजना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता छन् । खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर […]
काठमाडौं । पछिल्लो समय नेपालीको खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको छ । चिकित्सकहरुका अनुसार पछिल्ला दिनमा अस्पताल पुग्ने बिरामीको तथ्यांकले पनि नसर्ने रोगले भयावह रूप लिन थालेको संकेत गरेको छ । केही वर्षअघिसम्म धेरै नेपाली अस्पताल जानुपर्ने कारणमा सरुवा रोग पहिलो स्थानमा थियो । तर अहिले ग्यास्ट्राइटिस (ग्यास्ट्रिक), श्वासप्रश्वासको […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचन २०८४ मा वडादेखि केन्द्र्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वान गरेका छन। रास्वपाको बागमती प्रदेश समितिद्वारा आज आयोजित टोखा नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नजिक वृक्षरोपण कार्यक्रममा सभापति लामिछानेले आगामी निर्वाचनलाई लक्षित गरेर सङ्गठन बिस्तारमा जुट्न आह्वान गरेका हुन। ‘विसं २०८४ को निर्वाचनमा […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेर हद उपयोगी नभएको बताएका छन् ।७० वर्ष पुगेकै आधारमा पार्टीमा काम गर्न नपाउने र पार्टी छोड्नुपर्ने अवस्था उपयुक्त नभएकाले हटाएको उनले प्रष्टीकरण दिए । अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा गरेको कार्यक्रममा ओलीले चीन र साइप्रसमा पनि विगतमा […]
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल चलान भएपछि कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणको पदीय हैसियतमाथि नैतिक प्रश्न उठेको छ । अभियोग लाग्दाकै बखत गत वैशाख अन्तिम साता उनलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने आवाज उठे पनि कांग्रेस मौन बसेको थियो । नक्कली शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले शुक्रबार पूर्वगृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेललाई गएराति स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।