काठमाडौं । काठमाडौंमा लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो । प्रहरीले गोली लागेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाले जानकारी दिए । भगतबाट […]
काठमाडौं । श्रीलंकालाई तटस्थ भूमिका रुपमा प्रयोग गर्ने गरी एसिया कप क्रिकेट आयोजनाका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले गरेको प्रस्ताव एसियाली क्रिकेट काउन्सिल एसीसीले अनुमोदन गर्ने सम्भावना बढेको छ । यो मोडलअनुसार पाकिस्तानमा आयोजना हुने एसिया कपमा खेलिने १३ मध्ये ५ देखि ६ खेल श्रीलंकामा हुनेछ । भारतले खेल्ने सबै खेलहरु श्रीलंकामा हुनेछन् । भारत […]
धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम फेर्न माग गरेको छ । आइतबार प्रदेश सभाको बैठकमा अगामीआर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिंदै पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम संशोधन गर्नुपर्ने माग गरेका हुन् । प्रदेश सभाको लोगो संशोधनका लागि समिति गठन गरिएको विषयलाई स्वागत गर्दै चौधरीले प्रदेशको नाम पनि सान्दर्भिक […]
काठमाडौं । कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुभकालिका गाउँपालिका -६ चिसापानीस्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु१च८४९८ नम्बरको जिप शनिबार राति साढे ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा जिपका चालक शुभकालिका – २ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं। ८ का ३१ वर्षीय रामबहादुर शाही […]
काठमाडौं । अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् ।मौसमविदहरुका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका जिल्लाहरुमा पनि तापक्रम नबढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलवाष्पयुक्त हावा र […]
रौतहट । रौतहटका अधिकांश पालिकाहरुले विद्यालय संचालनको समय परिवर्तन गरेको छ। गत हप्ता शिक्षा विकास तथा समन्वय इकाईको परिपत्र अनुसार जिल्लाका पालिकाहरुले विद्यालयमा गर्मी विदा दिएको भए पनि गर्मी लगातार बढेपछि वैकल्पिक उपाय अपनाएको देखिएको छ। अत्यधिक गर्मी रहेको र दिउँसो लु लाग्ने डर रहेको अवस्थामा पालिकाहरुले बिहानको आधा समय मात्र विद्यालय संचालन गर्ने तयारी […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई दुईवटा जलविद्युत आयोजना कौडीको भाउमा दिएको टिप्पणी गरेका छन् । शनिबार नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले सस्ता आयोजनाहरु तल्लो अरुण र फुकोट कर्णाली कौडीको भाउमा भारतलाई दिएको टिप्पणी गरेका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई […]
काठमाडौँ । कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि अमेजन जंगल हराइरहेका चार बालबालिका जीवितै फेला परेका छन्। कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोका अनुसार अमेजनमा जङ्गलका बच्चाहरू जस्तै बाँचेको एक महिनाभन्दा बढी समयपछि चारजना बच्चाहरू जीवित फेला परेका हुन्। उनीहरुसँगै रहेका तीन वयस्कको शव सेनाले दुर्घटनास्थलमा फेला पारेको थियो। तर जिवितै रहेका बालबालिका भने भग्नावशेषबाट उम्कन र मद्दत […]
काठमाडौं । जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको जसपाले जनाएको छ । बैठक पार्टी कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।
काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरको सिंहदरबारस्थित कार्यकक्ष । एक बालिका ‘आमा’ भन्दै भित्र छिरिन् । सरासर इन्दिराको कुर्सीतिर गइन् । अनि काखमा लुटुपुटु गर्न थालिन् । इन्दिराले पनि ती बालिकाको टाउको सुमसुम्याइन् । ती ३ वर्षीया बालिकाले तोते बोलीमा भनिन्, ‘आमा तपाईं ठूलो माननीय, म सानो माननीय ल रु’ उपसभामुखलाई सबैले माननीय भनेको सुनेर बोलीमा उतारेकी रहिछन् । रानाले ‘हस’ भनेपछि […]