Sajhamanch Archive

नागरिकता विधेयक : सर्वोच्चले जेठ २६ गते छलफलका लागि दुवै पक्षलाई बोलायो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on नागरिकता विधेयक : सर्वोच्चले जेठ २६ गते छलफलका लागि दुवै पक्षलाई बोलायो.

काठमाडौँ । सर्वोच्च अदालतले नागरिकता विधेयक विरुद्धको रिटबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको छ। न्यायाधीश मनोज शर्माको इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा छलफल गर्न जेठ २६ गते दुवै पक्षलाई बोलाएको हो। अघिल्लो संसद्ले दुईपटक पारित गरेर पठाए पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते […]

एक वर्ष पनि टिकेन रेल्वे बोर्ड, अधिकारसम्पन्न बन्दै रेल विभाग

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on एक वर्ष पनि टिकेन रेल्वे बोर्ड, अधिकारसम्पन्न बन्दै रेल विभाग.

काठमाडौं । खर्च कटौतीको दबाबमा रहेको सरकारले रेलको मामिला हेर्न थप अड्डा नचाहिने निष्कर्षसहित ‘रेल्वे बोर्ड’ खारेज गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमार्फत सरकारले २० वटा सरकारी संस्था खारेज गर्न प्रस्ताव गरेकोमा रेल्वे बोर्ड पनि सूचीमा परेको छ । स्थापनादेखि नै रेल्वे बोर्डको औचित्यमाथि प्रश्न उठेको थियो । रेल हेर्ने […]

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको.

काठमाडौं । सर्वोच्च अदालतले गतहप्ता राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा। मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन आदेश दिँदै अन्तरिम आदेश दिने कि नदिने भनी दुवै पक्षलाई छलफलका लागि झिकाएको छ । राष्ट्रपति पौडेलले संविधान विपरीत विधेयक प्रमाणीकरण गरेको भन्दै वरिष्ठ […]

नेपाल र भारतबीच डिजिटल पेमेन्ट सम्झौता

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on नेपाल र भारतबीच डिजिटल पेमेन्ट सम्झौता.

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेन्टमा भएको सम्झौताले दुई देशबीचको भुक्तानीमा थप सहज हुने बताएका छन्। आईतवार आर्थिक मिडिया सञ्चालक संघसँगको भेटमा गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा भएको क्रसबोर्डर डिजिटल पेमेन्टलाई सहज गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेड (एसिएचएल) र […]

कर्णालीको नीति तथा कार्यक्रम : वार्षिक १० हजारलाई रोजगारी

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, लोकप्रिय by . Leave a Comment on कर्णालीको नीति तथा कार्यक्रम : वार्षिक १० हजारलाई रोजगारी.

सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख तिलक परियारले आईतबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख परियारले बार्षिक १० हजारलाई रोजगारी दिने उद्देश्य अनुरुप ‘कर्णाली समृद्धि’ अभियान सञ्चालन गरिने बताए । […]

नेपालको समग्र हितको रक्षापछि संसद्को अवरोध हट्छ: केपी ओली

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on नेपालको समग्र हितको रक्षापछि संसद्को अवरोध हट्छ: केपी ओली.

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि संसद्को अवरोध हट्ने बताएका छन्। संघीय संसद् भवनबाट बाहिरिने क्रममा आइतबार अध्यक्ष ओलीले तत्कालै संसद अवरोध नहट्ने संकेत गरेका हुन्।‘तपाईंले भनेको ठीक हो, राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा, नेपालको समग्र हितको रक्षापछि संसद् अवरुद्ध हट्छ,’उनले भने। नेकपा (एमाले)ले नागरिकता […]

नेप्से ५३ अंकले बढ्यो, २१७ कम्पनीको सेयरमूल्यमा वृद्धि

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on नेप्से ५३ अंकले बढ्यो, २१७ कम्पनीको सेयरमूल्यमा वृद्धि.

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटपछिको दुई दिनमा नै करिब ९२ अंकको वृद्धि भएको सेयर बजार परिसूचक नेप्से आइतबार भने २.८४ प्रतिशतले वृद्धि भएको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले १५ जेठमा संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमा ३ वर्षको आय विवरण पेश गरी कर दाखिला गर्नुपर्ने उल्लेख थियो । पूँजीगत लाभकर नै अन्तिम […]

सोमबारदेखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on सोमबारदेखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने.

वीरगञ्ज । पर्सा जिल्लामा सोमबारदेखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार सुचना जारी गर्दै सोमबार ९भोली० देखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने जनाएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि नागरिकता ऐन बनेर राजपत्रमा पनि प्रकाशीत भइसकेको छ। ऐन राजपत्रमा प्रकाशित भएसँगै आइतबार देखी नागरिकता वितरण सुरु हुने भनीए पनि […]

राष्ट्रपतिद्वारा छ आवासीय राजदूतलाई गैरआवासीय राजदूतको जिम्मेवारी

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on राष्ट्रपतिद्वारा छ आवासीय राजदूतलाई गैरआवासीय राजदूतको जिम्मेवारी.

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छ जना आवासीय राजदूतहरूलाई थप देशको जिम्मेवारी समाल्ने गरी गैर आवासीय राजदूतमा नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयबाट आइतबार जारी विज्ञप्ति अनुसार मलेसियाका राजदूत डिल्लीराज पौडेललाई ब्रुनाई दारुसलाम, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र चिलि, अष्ट्रियाका राजदूत भरतकुमार रेग्मीलाई क्रोएसिया, रुसी महासङ्घका राजदूत मिलनराज तुलाधरलाई राजदूतमा नियुक्त गरेका छन्। त्यस्तै गणतन्त्र काजखस्तान, […]

मध्य तराईका जिल्लाहरुमा चल्यो तातो हावा (लु)

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on मध्य तराईका जिल्लाहरुमा चल्यो तातो हावा (लु).

काठमाडौँ । मध्य तराईका जिल्लाहरुमा तातो हावा (लु) चलिरहेको छ। मध्य तराईका जिल्लाहरु झापा, सप्तरी, सिराहा, सर्लाही, महोतरी, जनकपुर, बारा,पर्सा, चितवन, नवलपरासी, रुपन्देही लगायतकामा हावा (लु) चलिरहेको मौसमवीद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमवीद् गोविन्द झाले मध्य तराईका जिल्लाहरुमा अहिले तातो हावा (लु) चलिरहेको र अझै २ दिन चल्ने बताए। झाले भने, मध्य तराईका जिल्लाहरुमा […]