Sajhamanch Archive

कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो, माओवादीलाई पनि दबाब

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो, माओवादीलाई पनि दबाब.

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाएको छ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिंदै मन्त्रीलाई फिर्ता बोलाइएको जसपा नेता रकम चेमजोङले जानकारी दिए । ‘यो सरकारले निकास दिएन, समस्यामात्र बल्झाउने काम गर्यो । नामकरणमा पनि समस्या ल्यायो,’ उनले भने, ‘त्यसैले यो सरकारमा बसिरहन आवश्यक छैन भन्ने निष्कर्ष निकालिएको […]

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक.

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो। अहिलेको सरकारले नागरिकतासम्बन्धी उक्त विधेयक पारित गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेको थियो। गत जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले नागरिकता […]

राष्ट्रपतिलाई प्रचण्डले गराए भारत भ्रमणको जानकारी

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on राष्ट्रपतिलाई प्रचण्डले गराए भारत भ्रमणको जानकारी.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज बिहान भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री प्रचण्डले आजदेखि सुरु हुने आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएको जानकारी दिए । भेटमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि सहभागी थिए । […]

झापामा मिटरब्याजीविरूद्ध १०२ पीडितले दिए उजुरी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on झापामा मिटरब्याजीविरूद्ध १०२ पीडितले दिए उजुरी.

दमक । अनुचित लेनदेन (मिटरब्याज) पीडित १०२ जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन्। गत वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेपछि पीडितले धमाधम निवेदन दिन थालेका हुन्। तीन जना विपक्षीले समेत जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले […]

६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गराइदिने बालेनको चेतावनी

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on ६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गराइदिने बालेनको चेतावनी.

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएका छन् । मन्त्रीले कारबाही सुरु नगरे आफूले नै ती स्वास्थ्य संस्थाको प्रशासन कक्ष बन्द गराइदिने चेतावनी उनले दिएका छन् । विपन्न वर्गलाई कानुन बमोजिम उपचारमा दिएको छुट सुविधाको विवरण महानगरले माग्दा पनि उपलब्ध नगराएका ६८ […]

करका दरमा फेरि पनि शंका, सार्वजनिक विद्युतीय सवारीसाधन महँगो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on करका दरमा फेरि पनि शंका, सार्वजनिक विद्युतीय सवारीसाधन महँगो.

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माणपूर्व संसद् र सार्वजनिक कार्यक्रममा करको दर हेरफेर नगर्ने, गरिहाले कुनै व्यवसायी विशेषका लागि नहुने र अनियमिततासमेत हुन नदिने बताउने गरेका थिए । तर, उनले सार्वजनिक प्रतिबद्धताविपरीत विवादास्पद रूपमा करको दर हेरफेर गरेका छन् । कतिपय दर निश्चित व्यावसायिक घरानालाई फाइदा पुग्ने गरी परिवर्तन गरेका छन् भने कतिपय व्यवसायीलाई उल्टो असर […]

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि आज भारतको नयाँदिल्ली जाँदैछन् । प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्नेछ । भारत प्रस्थान गर्नुअघि प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ः२५ मा पत्रकार सम्मेलन गर्ने छन् । नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्री प्रचण्ड […]

सन्दीप टिमसँगै दक्षिण अफ्रिका नजाने, विश्वकप छनोट पनि अनिश्चित

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on सन्दीप टिमसँगै दक्षिण अफ्रिका नजाने, विश्वकप छनोट पनि अनिश्चित.

काठमाडौं । सन्दीप लामिछाने नेपाली क्रिकेट टिमसँग दक्षिण अफ्रिका भ्रमणमा नजाने भएका छन् । नाबालिग बलात्कारको मुद्दा खेपिरहेका सन्दीपको पेसी आगामी हप्ता रहेकाले उनले दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका हुन् । सन्दीपको पेसी आगामी हप्ता सरेकाले जानरआउन कठिनाइ हुने हुँदा उनले दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका हुन् । आगामी हप्ता पनि मुद्दाको पेसी सरे उनको […]

बिजुली बसमा पनि कर बढ्यो, संख्या बढिरहेकै माइक्रो सरकारको निशानामा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on बिजुली बसमा पनि कर बढ्यो, संख्या बढिरहेकै माइक्रो सरकारको निशानामा.

काठमाडौं । महँगा निजी प्रयोजनका विद्युतीय गाडीमा कर घटाएको सरकारले सार्वजनिक विद्युतीय सार्वजनिक सवारीमा भने कर बढाएको छ । अब ११ देखि १४ सिटसम्मका विद्युतीय बसमा १० प्रतिशत भन्सार महसुल लाग्ने गरी व्यवस्था गरेको छ । सरकारको यो नीतिले आधारभूत तहका निजी सवारी र सार्वजनिक सवारीको भन्सार महसुल बराबरी भएको छ । सरकारले सोमबार ल्याएको […]

विषादी प्रयोग गरिएका आँप विराटनगर बजारमा छ्यापछ्याप्ती

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on विषादी प्रयोग गरिएका आँप विराटनगर बजारमा छ्यापछ्याप्ती.

मोरङ। मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेका छन्। सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् । नाफा कमाउन समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ। यसका लागि अत्यधिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ। व्यापारीले पाक्नुभन्दा अघिनै रूखबाट आँप टिप्ने […]