काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा ९५ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ। अर्थमन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार चालु आवको फागुनसम्मको अवधिसम्म ५ प्रतिशत मात्रै विद्युत्को पहुँचबाहिर रहेका छन्। गत आर्थिक वर्षको अन्त्यसम्म भने ९४ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको थियो। आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार चालु आवको फागुन मसान्तसम्मको अवधिमा […]
काठमाडौं । कैलालीको टिकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन काराबासको सजायँ भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी सरकारले सजाय माफ गरिदिएपछि डिल्लीबजार कारागारबाट रिहा भएका छन् । उनका समर्थक बिहानैदेखि डिल्लीबजार कारागार बाहिर भेला भएका थिए । समर्थकहरुले उनलाई अविर र फूलमाला लगाइदिएर स्वागत गरे । कारागारबाट रिहा भएपछि उनी सिधै पुल्चोकस्थित […]
काठमाडौं । टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरी जेलमुक्त भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनको बाँकी सजाय माफी गरेसँगै चौधरी जेलमुक्त भएका हुन् । राष्ट्रपति कार्यालयले गणतन्त्र दिवसको उपलक्ष्यमा माफी दिइएको जनाएको छ । पछिल्लो ६ वर्ष देखि डिल्लीबजार कारागारमा रहेका चौधरी आज बिहान जेलमुक्त भएका हुन् […]
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने बताएका छन्। गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति रहेको भन्दै यसलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्ने बताए। “गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्छ । […]
काठमाडौँ । जनताले गणतन्त्र दिवस स्वतस्फूर्त रूपमा मनाउने संस्कृतिको विकास हुनुपर्ने हो । गणतन्त्रले नागरिकलाई छोएन । जसलाई छोयो उनीहरूले उही सैनिक मञ्च सजिलो ठाने । सेनाको परेड, सलामी, झाँकी छ तर गणतन्त्रका पक्षमा लड्नेहरूको त्यहाँ उपस्थिति विरलै हुन्छ । आजभन्दा १५ वर्षअघि आजकै दिन गणतन्त्रको घोषणा भएको थियो । संविधानसभाको पहिलो बैठकले यो निर्णय […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीसहित ४८२ जनाको बाँकी कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा यिनीहरुको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले रेशमसहितको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रपतिबाट ७ जना ज्येष्ठ नागरिकसहित ४८२ जनाको बाँकी कैद […]
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सुधार गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट ल्याउने भएका छन् । १७ खर्बभन्दा केही रकम बढ्ने गरेर अर्थ मन्त्रालयले बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट आएको थियो, जसलाई मध्यावधि समीक्षामार्फत घटाएर १५ खर्ब ४९ अर्ब खर्च हुने अनुमान […]
काठमाडौं । उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएर नेपाल काभा वुमन्स च्यालेन्ज कप भलिबलमा तेस्रो भएको छ । यसअघि दुईपल्ट काभाको प्रतियोगिता जितेको नेपालले घरेलु माहोल र कोर्टको फाइदा लिँदै उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य लिएको थियो । तर, सेमिफाइनलमा एसियाकै बलियो टिम कानाकस्तानसँग ३–२ को सेटमा पराजित भएपछि नेपालको लक्ष्य चकनाचुर बन्यो । उपाधि जित्न नसक्नुमा […]
काठमाडौं । भारतमा संसदको नवनिर्मित भवनको उद्घाटन भएको छ । भव्य समारोहबीच प्रधानमन्त्री नरेन्द्र मोदीले संसद भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा मोदीले लम्पसार परेर सेंगोल अर्थात संसद भवनमा राखिने दण्डलाई ढोगेका छन् । मोदीले सेंगोललाई नयाँ संसद भवनमा लगेर लोक सभाका अध्यक्षको आसनको दायाँतर्फ स्थापित गरेका छन् । उनले संसद भवन एउटा भवन […]
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा ७४१ जना विदेशीले नेपालमा श्रम स्वीकृति पाएका छन् । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार यस वर्ष फागुनसम्म उक्त संख्यामा विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति पाएका हुन् । यस अवधिमा ७९५ जना विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ । आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा कुल […]