काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ । अर्थ मन्त्रालयका अनुसार सचिवस्तरीय निर्णयबाट ११ जेठ (बिहीबार)देखि १६ जेठसम्मका लागि यो प्रणाली बन्द गरिएको हो । सरकारले १५ जेठमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संघीय संसदमा सार्वजनिक गर्नेछ । वार्षिक बजेट प्रणालीमा आवद्ध रहेर […]
काठमाडौं । सात वटै प्रदेशका ८१ जनाले ट्रेकिङ गाइड तालिम लिएका छन् । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनर्उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) सँगको सहकार्यमा काठमाडौंमा ३५ दिने ट्रेकिङ गाईड तालिम सम्पन्न भएको हो । तालिममा सातै […]
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी भएको छ। आज मुख्यमन्त्री सरोजकुमार यादवले लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन्। पार्टीको निर्णय अनुसार तत्काल एक मन्त्रालयसहित आफूहरु सरकारमा सहभागी भएको लोसपाका सांसद उपेन्द्र महतोले जानकारी दिए। नवनियुक्त मन्त्री कुर्मीले साँझ ५ […]
काठमाडौं । नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको प्रमोशनल भाडादर झनै घटेको छ । सुरुवातमा १२ हजार ७ सय रुपैयाँ तोकेको यस रुटको भाडा अब ११ हजार ४६१ रुपैयाँमा झारिएको निगमले जनाएको छ । काठमाडौंबाट क्वालालाम्पुर जाने ए३२० जहाज क्वालालाम्पुरबाट भैरहवा अवतरण गर्ने छ । त्यसपछि सो जहाज भैरहवाबाट काठमाडौं आउने छ […]
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। उक्त वायुका कारण अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भइरहेको छ। मौसमी प्रणाली […]
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले आन्दोलनरत पहिचान पक्षधरलाई तत्काल वार्तामा बोलाउन माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गरेर कांग्रेस कोशी प्रदेश संसदीय दलले पहिचानका आधारमा प्रदेशको फेरि नाम राख्नु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएको पक्षलाई बार्तामा बोलाउन प्रदेश सरकार समक्ष माग गरेको हो । ‘अघिल्लो प्रदेशसभाबाट नेपालका ६ वटा प्रदेश सरकारले […]
विराटनगर । प्रदेश नामकरणको विरोधमा रहेका विभिन्न राजनीतिक दल र संघसंस्थाले कोशी प्रदेशको बजेट अधिवेशन आह्वान भएपछि विराटनगर केन्द्रित आन्दोलन घोषणा गरेका छन् । प्रदेशको नाम पहिचानका आधारमा पुन: नामाङ्कनको माग गर्दै आएको प्रदेश १ पुन: नामकरण संघर्ष समितिले विराटनगर केन्द्रित आन्दोलन घोषणा गरेको हो । विज्ञप्ति जारी गर्दै पहिचान पक्षधरहरुले १४ जेठबाट प्रदेशसभा सचिवालय […]
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार यसपटक मूल्य घटेको हो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउने निर्णय गरेर राजपत्रमा प्रकाशनका लागि आन्तरिक मामिला मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता शंकरराज पाठकले जानकारी दिए । राजपत्रमा प्रकाशन […]
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका १ करुनियामा गोली लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७० वर्षीय शेख तैयब रहेका छन्। विहीवार बिहान टाउकोमा गोली लागेर मृत्यु भएको अवस्थामा तैयबको शव भेटिएको हो। तैयबलाई गोली कसले हानेको हो भन्ने खुलेको छैन। करुनिया नजिकै रहेको आरोही बाल एकेडेमी नजिक तैयबको शव विहीवार भेटिएको हो। […]
कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। बाघको आक्रमणबाट ज्यान गुमाएकी बेलौरी नगरपालिका ८ पचुईकी ४२ वर्षीया गंगा चन्दको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो। प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बाघपीडित परिवारलाई १० लाख रुपैयाँ राहत रकम हस्तारण गरेका छन्। वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम नियम अनुसार […]