काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले आफूविरुद्ध फेरि मुद्धा दर्ता भएपछि आफू इरिटेड भएको प्रतिक्रिया दिएका छन्। बुधबार रविविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो। लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेजीको मागसहित युवराज पौडेलले रिट निवेदन बुधबार दर्ता गरेका हुन्। लामिछानेले यसको प्रतिक्रिया दिँदै आज सामाजिक संजालबाट मुद्दा हाल्नु […]
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । उनीहरूमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्सपेक्टर विष्णु श्रेष्ठले जानकारी दिए । सानीभेरी गाउँपालिका-३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान करिब साढे आठ बजेतिर दुर्घटना भएको थियो […]
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कारपिओ गाडी बिहीबार बिहान दुर्घटना हुँदा ५ बर्षे बालकको मृत्यु भएको छ। मृतक अंशुमानका ठूला बुवा कृष्ण गुरुङ घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन लिम्बूका अनुसार मे१च७३५३ नम्बरको स्कारपिओ अनियन्त्रित भई बाटो देखि करिव […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दायर गरिएका ३० जनाको राहादानी रोक्का गर्न माग गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । प्रतिवादी बनाइएका १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् । सरकारी वकिल कार्यालयले पक्राउ परेका र फरार रहेका […]
काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । […]
विराटनगर । कोशी प्रदेशका १४ जिल्ला मध्ये १० वटा जिल्लाको जनसंख्या घटेको छ। राष्ट्रिय तथ्याँक कार्यालय काठमाण्डौंले बुधबार विराटनगरमा आयोजना गरेको प्रदेश स्तरिय नतिजा सार्वजनिक कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ मा कोशी प्रदेशको १० जिल्लाको जनसंख्या अघिल्लो जनगणना २०६८को तुलनामा घटेको तथ्याँक सार्वजनिक गरेको हो। तथ्याँक सार्वजनिक गर्दै राष्ट्रिय तथ्याँक कार्यालयका निर्देशक केशवकुमार गौतमले आन्तरिक वसाईसराईका […]
विराटनगर । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को साथ पाएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा जुटेका छन् । राष्ट्रिय राजनीतिमा सत्ता गठबन्धन बदलिएकाले कोशी प्रदेशमा पनि सरकार बदल्ने प्रयास भएको थियो । विशेष गरी नेपाली कांग्रेसले यहाँको सत्ता गठबन्धन बदल्ने प्रयास गरेको थियो । तर माओवादी […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । बुधबार अपरान्ह सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना प्रतिवादी विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दायर गरेको हो । उनीहरुविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर […]
काठमाडौं । भोटो देखाउने जात्राको अवसरमा गृह मन्त्रालयले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार एक सूचना जारी गरी भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा सार्वजनिक विदा दिइएको जानकारी दिएका छन् । ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत बिहीबार जाउजाखेलमा भोटो […]
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । बजार परिसूचक नेप्से १६.४९ अंकले वृद्धि हुँदा १९५९.१२ अंकको विन्दुमा बन्द भएको छ । गत साताको सोमबार एकल अंकको सामान्य गिरावट भएर मंगलबारदेखि बढ्न सुरु भएको नेप्से त्यसयताको ७ औं दिन पनि लगातार वृद्धि भएको छ । १ जेठ सोमबारको […]