काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले ग्यास तथा विजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न सरकारसँग माग गरेका छन् । गत ३ पुसमा आफ्नै घरमा ग्यास लिक भएर भएको आगलागीमा परी घाइते भएपछि बुधबार पहिलो पटक संसदमा पुगेका उनले सडक लेन क्रस गर्नेदेखि घरमा ग्यास र विलुली कसरी चलाउने भन्ने शिक्षा विद्यालयको पाठ्यक्रममा नै […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भुटानी शरणार्थी प्रकरणमा सरकारको परीक्षा हुने बताएका छन् । अनुसन्धान कसरी भइरहेको छ भनेर आम नागरिकले हेरिरहेको भन्दै उनले यसमा संलग्न कोही पनि छुट्न नहुने बताए । सरकारको नीति तथा कार्यक्रममाथि बुधबार संसदमा भएको छलफलमा भाग लिँदै महामन्त्री थापाले अहिले जसरी नामहरु आएका छन्, यसले लाज पनि लजाएको […]
शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ स्थित हात्तीकिल्ला फुटबल क्लबको आयोजनामा आजदेखि १५ गतेसम्म प्रथम क्लब स्तरीय यू –१८ फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । क्लबद्वारा हिजो स्थानीय चन्द्रोदय प्राथमिक बिद्यालयको प्राङ्गणमा आयोजित पत्रकार सम्मेलन मार्फत क्लबका सचिव विष्णु श्रेष्ठले फुटवल प्रतियोगिताबारे जानकारी गराएका हुन् । श्रेष्ठका अनुसार खेलकुद नागरिकको मौलिक अधिकार, सम्बृद्धिका लागि […]
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता बिधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणिकरण गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले सो विधेयक राष्ट्रपति पौडेललाई प्रमाणिकरण गर्नका लागि संविधान र कानुनी रुपमा कुनै पनि बाधा अडचन नभएको दावी समेत गरे। उनले संघीय संसदले दुईदुई पटक पारित […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ । यो प्रकरणमा सबै दलका नेताहरु मुछिएकाले संसदीय समितिमार्फत् छानविन गर्नुपर्ने उसको माग छ । आजको प्रतिनिधि सभाको बैठकको सुरुमै बोल्दै रास्वपा सभापति रवि लामिछानेले भने यहाँ मुछिएका मान्छेहरु हेर्नुस्, यो राज्यमा हामीले कसको विश्वास गर्ने? त्यसकारणले […]
काठमाडौं । शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख, कार्यक्रम निर्देशक तथा उपनिर्देशक लगायतले राजीनामा दिएका छन् । क्याम्पस प्रमुख केशवराज जोशी, सहायक क्याम्पस प्रमुख तथा बीबीएस कार्यक्रम प्रमुख भोजराज ओझा, बीबीएम कार्यक्रम निर्देशक रीता मास्के र बीबीएम कार्यक्रम सहनिर्देशक केशर खातीले राजीनामा दिएका हुन् । क्याम्पस प्रमुख केशवराज जोशीले बिहीबार राजीनामा दिएसँगै एमाले र नेकपा समाजवादी निकट […]
विराटनगर । पहिचान पक्षधर नेताहरुले १ नं. प्रदेशको नाम पहिचानको आधारमा नराखे जारी आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन्। मंगलबार सदरमुकाम गाईघाटमा आयोजित ‘साकेला उभौली चाडको अवसरमा पहिचान पक्षधरको शक्ति प्रदर्शन कार्यक्रम’मा बोल्ने विभिन्न नेताहरुले पहिचानविरोधी ‘कोसी प्रदेश’ नाम खारेजी आन्दोलनलाई अझ सशक्त बनाउँदै लाने बताए। पहिचानबादी अभियन्ताहरु पूर्वमन्त्री गोपाल किराती, प्रगतिसिल लेखक, विश्लेषक […]
काठमाडौं । आगामी जुन/जुलाईमा जिम्बावेमा हुने आईसीसी क्रिकेट विश्वकप छनोटअघि नेपालले दुई वार्मअप म्याच खेल्नेछ । विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । जहाँ छनोट प्रतियोगिताअघि हरेक टोलीले दुईरदुई वार्मअप म्याच खेल्ने अवसर पाउनेछ । आईसीसीले मंगलबार विश्वकप छनोटको समूह विभाजन र खेलतालिकासहित वार्मअप म्याचको पनि खेलतालिका सार्वजनिक गरेको छ । जसअनुसार नेपालले छनोटमा अर्को […]
काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रपञ्चमा लागेको गिरोहका नाइके सानु भण्डारीले सरकारी तहबाट काम गराउन सिंहदरबारदेखि मन्त्री क्वार्टर र प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेर पैसा बुझाएको दाबी गरेका छन् । नक्कली भुटानी शरणार्थी बनाउन मन्त्री, सचिव र मन्त्रीका सल्लाहकारलाई सोझै र निकटस्थमार्फत रकम बुझाएको बयान उनले दिएका छन् । तत्कालीन गृहमन्त्री रामबहादुर थापा, उनकी पत्नी नैनकला, […]
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाले २६ फागुन २०७९ एउटा सूचना जारी गर्यो, ‘सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट खुला प्रतिस्पर्धाबाट गर्ने ।’ उक्त सूचनामा सूर्यविनायक नगरपालिकाले आफ्नो सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ को दफा ४ लाई उद्धृत गरेको छ । त्यसपछि नगरपालिकाले प्रधानाध्यापक छनौट मूल्यांकन समिति गठन गर्नको लागि पनि आवेदन मागेर डा। मनप्रसाद वाग्लेको संयोजकत्वमा […]