काठमाडौं। सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अब प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । उनले भनिन्, ‘ शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको प्रस्तावमा अबदेखि प्रत्येक वर्ष असोज २ गते […]
काठमाडौं । घट्दो ब्याजदरको प्रभाव सेयर बजारमा देखिएको छ । सोमबार नेपाल बैंकर्स संघले पत्रकार सम्मेलन गर्दै तरलता थप सहज हुने र ब्याजदर उल्लेख्य रुपमा घट्ने देखिएको बताएपछि मंगलबार सेयर बजारमा हरियाली छाएको छ । गत साताको सोमबार नेप्सेमा एकल अंकको सामान्य गिरावट भएर बन्द भएको नेप्से त्यसयता लगातार ६ कारोबार दिनसम्म बढेको छ । […]
विराटनगर। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरेका छन् । जेठ १४ गते आइतबार दिउँसो २ बजेका लागि उनले बजेट अधिवेशन आह्वान गरेका हुन् । सोमबार प्रदेश मन्त्रीपरिषद् बैठकले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गरेको प्रदेश […]
काठमाडौँ । आगामी महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल बलियो समूहमा परेको छ। आईसीसीले आज गरेको ड्र अनुसार नेपाल टेष्ट राष्ट्र वेष्टइण्डिज र जिम्बावे सम्मिलित समूहमा परेको हो। समूह ‘ए’ मा नेपालसहित वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका रहेका छन्। समूह ‘बी’मा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन्। १० टोली सहभागी विश्वकप […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले थाती रहेको सीमा समस्या ऐतिहासिक सन्धी, नक्सा र तथ्य प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट समाधान गर्ने बताए । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि […]
काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल वेष्टइण्डिज र जिम्बावे रहेको समूहमा परेको छ । आईसीसीले आज गरेको ड्र अनुसार नेपाल, वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका समूहमा परेका हुन् । समूह बीमा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् । छनोट प्रतियोगिता आगामी जुन/जुलाईमा जिम्बावेमा हुँदैछ । लिग चरणको खेलपछि दुवै समूहका […]
काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउतले संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले संघीयताको सवलिकरणका लागि ठोस कार्यक्रम नरहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । ‘नीति तथा कार्यक्रम ७० पानाको छ। जहाँ केवल तीन ठाउँमा संघीयता शब्द छ’ उनले भने, ‘संघीयतालाई सवल गर्ने खालको […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले सन् २०२४ मा हुने यू–२३ एसिया कपको छनोट प्रतियोगितामा टिम समावेश नगर्ने भएको छ । एन्फा प्रवक्ता सुरेश शाहले आर्थिक अभाव र वार्षिक योजनाको रणनीतिमा नपरेका कारण यसपल्ट टिम समावेश नगर्ने निर्णय भएको जानकारी दिए । विगतमा नेपालले नियमित रुपमा यू–२३ एसिया कप छनोट खेलिरहेको थियो । राष्ट्रिय […]
काठमाडौं । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो । माओवादी केन्द्र संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको दलका नेता भरत कुमार साहले जानकारी दिए । मन्त्रालय भागबण्डाका लागि हिजो बसेको […]
काठमाडौ । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौँ आइपुगेका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समूदायले झाँकीसहित स्वागत गरेका हुन् । भूतपूर्व गोर्खा सैनिक समेत रहेका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा […]