काठमाडौं । बागमती प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका थिए । कांग्रेसबाट मसिना खड्का भण्डारी वन […]
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बनेका छन् । कांग्रेसकै रामकृष्ण चित्रकार विना […]
काठमाडौँ। नेपाल चामल, तेल, दाल, उद्योग संघले तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशतको मूल्यअभिवृद्धि कर खारेज गर्न सरकारसँग माग गरेको छ। आइतबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशत मूल्यअभिवृद्धि कर खारेज गर्न सरकारसँग माग गरेको हो। संघले तोरीको तेल अत्यावश्यक खाद्य वस्तु भएको भन्दै अवैधरुपमा भित्रने तोरीको तेलका कारण स्वदेशी […]
काठमाडौं । शनिबार जनकपुरमा ‘मुसा’ देखिएपछि ग्राउण्डेड भएको बुद्ध एयरको जहाज नाइनएन–एजेएलमा मुसो फेला परेको छ । जहाजमा मुसो रहेको यात्रुले देखेका थिए । तर, शनिबार चेकजाँचका क्रममा मुसो फेला नपरेका कारण जहाज जनकपुरमै रोकिएको थियो । आइतबार बिहान ट्रयापमा मुसा भेट्टिएको र जहाजलाई सम्पूर्ण चेकजाँच गरी २–३ घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको बुद्ध […]
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवि पत्रकारहरुले बाँच्नेगरी पारिश्रमीक पाउनु पर्नेमा सरकार सकारात्मक रहेको बताएका छन्। आज न्युनतम पारिश्रमीक निर्धारण समितिले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएकी हुन। मन्त्री शर्माले अहिलेको परिस्थिति अनुसार कसैको पनि सेवा, सुविधा पुग्ने किसिमको नरहेको बताइन । उनले नीति तथा कार्यक्रममा पनि समानुपातिक विज्ञापनको कुरा […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयास भइरहेको दाबी गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि आइतबार संसदमा भएको छलफलमा एमाले अध्यक्ष ओलीले आफू परराष्ट्रमन्त्री भएकै बेला भुटानी शरणार्थीहरुको तेस्रो मुलुक पुनर्बास कार्यक्रम सुरु भएको बताए । त्यसअनुसार १ लाख १३ हजार ३०७ जना […]
काठमाडौं । दुवै खुट्टा गुमाए पनि सगरमाथाको सफल आरोहण गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्नुपर्ने माग संसदमा उठेको छ । रोल्पाबाट निर्वाचित सांसद ईश्वरी घर्तीले बुढामगर भोलि काठमाडौं फर्किंदै गरेको जानकारी गराउँदै सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्नुपर्ने माग गरेकी हुन् । रोल्पाको थवाङ गाउँपालिका-३ मिरुल निवासी बुढामगर यही जेठ ५ गते दिउँसो […]
काठमाडौँ । प्रतिनिधि सभामा बैठक सुरू भएको छ।आजको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राखिरहेका छन । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममाथि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसैगरी आजको बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने बुझिएको छ ।
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेशी आज आईतबारलाई तोकिएको छ। तीन पटकको पेशी बिना सुनवाई स्थगित भएको थियो भने एउटा पेशीमा बहस भएर सकिएको थियो । आजको पेशीमा पनि सुनवाइ हुने कुरामा सन्दीपका कानून व्यवसायीहरू आशावादी छैनन्। यस अघि सन्दीप लामिछाने विरुद्धको मुद्धाफास्ट ट्र्याकमा लगेर छिटो फैसला गर्न सर्वोच्च अदालतले गत १५ फागुनमा […]
काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ। बाँकेको खजुरा गाउँपालिका-१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो। साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले बताए। बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै […]