काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । त्यसका लागि आज अपराह्न चार बजे संघीय संसदको बैठक बोलाइएको छ । सो बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसरको टोलीले रिजाललाई झापाबाट काठमाडौं आउने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । यसअघि नै पक्राउ परेका केही अभियुक्तले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने काममा टेकनाथ रिजालको नामसमेत लिएको र […]
काठमाडौँ । अष्ट्रेलियाका सहायक परराष्ट्रमन्त्री टिम वाट्स दक्षिण एसियाका चार मुलुकको भ्रमणको दौरान मंगलबार र बुधबार नेपाल भ्रमण गरे । उनको दुईदिने भ्रमण दुई मुलुकबीचको सांस्कृतिक सम्पदा, आर्थिक क्षेत्रमा सहकार्य र राजनीतिक सम्बन्धमा केन्द्रित रह्यो । बंगलादेशबाट भुटान हुँदै मंगलबार काठमाडौं उत्रिएका सहायकमन्त्री वाट्स बुधबार साँझ नयाँ दिल्ली लागे । नेपाल र अष्ट्रेलियाबीच सन् १९६० […]
काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास गरेको प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण लगायतका अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । तर, अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि […]
काठमाडौं । सेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । बुधबार २३.३९ अंकले बढेको बजार १८४५.०१ विन्दुमा पुगेर रोकिएको छ । यो १.२८ प्रतिशतको वृद्धि हो । पछिल्लो समय निरन्तर गिरावट आएको बजार मंगलबार समेत सामान्य बढेको थियो । बुधबार २६६ धितोपत्रको २५ हजार ६३४ वटा कारोबारबाट २५ लाख ७७ हजार २१० कित्ता सेयर […]
काठमाडौं । १४औं संस्करणको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेल नेपालले कुवेतसँग खेल्ने भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले बुधबार खेलतालिका सार्वजनिक गरेको हो । बुधबार नै भएको समूह विभाजनमा नेपाल समूह ए मा परेको छ । यो समूहमा नेपाल र कुवेतसँगै आयोजक भारत र पाकिस्तान छन् । नेपालले प्रतियोगिताकै पहिलो खेलका रुपमा ६ […]
काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल बन्दसम्मको आन्दोलन घोषणा गरेको छ । रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको भोलिपल्ट बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपालबन्दसम्मको आन्दोलन घोषणा गर्ने चेतावनी दिएको हो । ‘यदि लाल […]
विराटनगर । कोशी प्रदेशसभा सचिवालयले सांसदहरुलाई ल्यापटप दिने तयारी गरेको छ । ९३ जना प्रदेशसभा सदस्यलाई वितरण गर्न सचिवालयले ल्यापटप खरिद प्रक्रिया अघि बढाएको छ । ल्यापटप वितरणका लागि प्रदेश सरकारले प्रदेशसभा सचिवालयलाई एक करोड ५० लाख रुपैयाँ बजेट दिएको थियो । बजेट नभएको भन्दै प्रदेश सरकारले कतिपय विकास आयोजनामा भुक्तानी रोकेको छ । तर […]
काठमाडौँ । पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा तत्कालै नि :शुल्क शव जलाउन नपाइने भएको छ। सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विद्युतीय शवदाह गृह नि :शुल्क हुने बताएका थिए। वैशाख २४ गते बसेको मन्त्रालय र कोष सञ्चालक परिषद्को बैठकले मेसिन थप्ने मेसिनमा शवदाह गर्दा शुल्क नलाग्ने बनाउने निर्णय गरे पनि त्यसको कार्यान्वयन तत्काल […]
लुम्बिनी । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीको गाडी सिक्ने क्रममा दुर्घटनामा परेको छ। सभामुख आफैंले सिक्ने क्रममा दुर्घटनामा परेको सभामुखको बुटवलस्थित निवासका एक कर्मचारीले बताए। बुटवलको रामनगरस्थित सभामुख निवासमा राखिएको लु १ झ ४५२ नम्बरको महेन्द्रा स्कारपियो पिकअप जिप दुर्घटनामा परेको हो। गाडी बुटवलकै एक ग्यारेजमा लुकाएर मर्मत गरिएको छ। सभामुख निवास परिसरमै पाँच दिन […]