Sajhamanch Archive

नेपाली काँग्रेस पार्टी हावा न चावा: अध्यक्ष ओली

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on नेपाली काँग्रेस पार्टी हावा न चावा: अध्यक्ष ओली.

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताएका छन्। उनले नेपाली काँग्रेसलाई राजनीतिक संज्ञा दिनपनि मन नलाग्ने स्थितिमा पुगेको पनि बताए। बुधवार काठमाडौंमा मदन—आश्रितको ३१ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले काँग्रेस किंकर्तव्यविमूढ भएको आरोप लगाए। उनले अहिलेको गठबन्धन सत्ता र सरकार प्राप्त गर्नमात्रै […]

कामीरिता शेर्पा २७ औं पटक सगरमाथा शिखरमा

Published: (Updated: ) in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on कामीरिता शेर्पा २७ औं पटक सगरमाथा शिखरमा.

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरगाईँले दिएको जानकारी अनुसार शेर्पा आज बुधबार बिहान साढे ८ बजे २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् । एकजना विदेशी क्लाइन्टलाई लिएर उनी आज बिहान सगरमाथा शिखरमा पुगेका छन्। यसअघि २६ पटक सगरमाथाको सफल आरोहण […]

अष्ट्रेलियन सहायक विदेश मन्त्रीद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on अष्ट्रेलियन सहायक विदेश मन्त्रीद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता.

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियन सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन्। भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो। आज बिहान निवास बालुवाटारमा भएको भेटमा उनले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए। प्रधानमन्त्रीले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था र समस्याहरुका बारेमा चासो व्यक्त […]

सरकारले लामो दुरीको यातायात भाडादर घटायो

Published: (Updated: ) in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on सरकारले लामो दुरीको यातायात भाडादर घटायो.

काठमाडौं । सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो । यातायात व्यवस्था विभागले घटेको मूल्य आजदेखि नै लागू भएको जनाएको छ । विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने […]

नेपालबाट ४० मेगावाट बिजुली किन्न बंगलादेश सहमत

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालबाट ४० मेगावाट बिजुली किन्न बंगलादेश सहमत.

काठमाडौं । नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको छ । बंगलादेशमा बसेको नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको हो । ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालका अनुसार नेपालमा उत्पादित ४० मेगावाटसम्म विद्युत बंगलादेशमा निर्यात गर्नका लागि नेपाल विद्युत […]

बिजुली गाडीको बाटाका तगारा हटाऊ

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on बिजुली गाडीको बाटाका तगारा हटाऊ.

काठमाडौँ । विश्वका कैयौं देश–सहरले विद्युतीय सवारी मात्रै चलाउने लक्ष्यहरू धमाधम घोषणा गरिरहेका छन् । कति गाडी उत्पादकहरूले पनि डिजेल–पेट्रोलबाट चल्ने सवारी उत्पादनमा कटौती गरी आफूलाई विद्युतीय गाडीमा केन्द्रित गरिरहेका छन् । नेपालमा भने बिजुली गाडीको बाटो अझै प्रस्ट पारिएको छैन । जबकि, स्वदेशमै उत्पादित स्वच्छ ऊर्जा प्रयोग गरी कार्बन उत्सर्जन कम गर्न, प्रदूषण घटाउन र श्वास–प्रश्वास सम्बन्धी […]

आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण निर्णय गर्दै राप्रपा

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण निर्णय गर्दै राप्रपा.

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण निर्णय गर्ने भएको छ । केन्द्रीय सदस्यहरूबाट आएका सुझावका आधारमा आज आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण निर्णय गर्ने राप्रपाले जनाएको छ । राप्रपाको केन्द्रीय समिति बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि छलफल भएको छ । राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठकमा […]

साढे ५ करोडसम्ममा आफैं बिकेर नागरिकलाई बेच्न हिँडे उच्च पदस्थ

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on साढे ५ करोडसम्ममा आफैं बिकेर नागरिकलाई बेच्न हिँडे उच्च पदस्थ.

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, सचिव र तत्कालीन मन्त्रीका सल्लाहकारले गिरोहबाट मोटो रकम बुझेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनीहरूले गिरोहका नाइके केशव दुलाल र सानु भण्डारीमार्फत ‘गिफ्ट’ भन्दै रकम बुझेका थिए । अहिलेसम्म प्राप्त तथ्य प्रमाणले खुलेको भन्दा आरोपितहरूले बढी रकम लिएको हुनसक्ने प्रहरी अधिकारीहरूको भनाइ […]

चर्च व्वाईज ए डिभिजन लिगको अग्रस्थानमा

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on चर्च व्वाईज ए डिभिजन लिगको अग्रस्थानमा.

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च व्वाईज युथ क्लव तालिकाको अग्रस्थानमा उक्लीएको छ। दशरथ रंगशालामा आज साँझ भएको खेलमा चर्च व्वाईज युथ क्लवले सातदोवाटो युथ क्लवलाई १(० हराउँदै तालिकाको पहिलो स्थानमा उक्लीन सफल भएको हो। चर्च व्वाईजलाई जिताउन सुभाष गुरुङले ६३ औ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । चर्च व्वाईज […]

डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घट्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घट्यो.

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो । निगमले […]