Sajhamanch Archive

स्थानीय वायुको सामान्य प्रभाव, चक्रवातको छैन असर

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा by . Leave a Comment on स्थानीय वायुको सामान्य प्रभाव, चक्रवातको छैन असर.

काठमाडौं । अहिले बिहान गण्डकी र कर्णाली प्रदेशका एक -दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले पहाडी भू -भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । बाँकी भू -भागमा मौसम सामान्यत सफा छ । महाशाखाले बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवात अहिले अति शक्तिशाली चक्रवातमा परिणत भएको तर उक्त चक्रवात उत्तर तथा […]

एमालेको निष्कर्ष पार्टीलाई पुनर्जीवन, अर्को चुनावको तयारी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on एमालेको निष्कर्ष पार्टीलाई पुनर्जीवन, अर्को चुनावको तयारी.

काठमाडौं । आमचुनाव–२०७९ पछि पहिलोपटक बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले मुख्य दुई निष्कर्ष निकालेको छ, पार्टी संगठनको पुनर्जीवन र अर्को चुनावको तयारी । तीन दिनसम्म केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले जेठभित्रै पार्टी संगठन पुनर्निर्माणको कार्ययोजना बनाउने निर्णय गरेको छ । ‘असारदेखि त हामी नयाँ उद्देश्य र कार्यक्रमसहित फेरि गाउँ पस्छौं’, प्रचार विभाग उपप्रमुख विष्णु […]

विकास निर्माणका माग राख्दै कांग्रेस सांसद सञ्जय गौतम आमरण अनशनमा

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on विकास निर्माणका माग राख्दै कांग्रेस सांसद सञ्जय गौतम आमरण अनशनमा.

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री सञ्जय गौतम विकास निर्माणका विभिन्न माग राख्दै आमरण अनशनमा बसेका छन् । बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित गौतमले जब्दीघाटको भत्किएको पुल मुनि टेन्ट लगाएर आमरण अनशन सुरु गरेका हुन् । उनले विभिन्न १५ बुँदे मागहरूको सूचि अनसनस्थलमा राखेका छन् । सूचीको पहिलो नम्बरमा […]

ओलीको निर्देशन ‘हिन्दु राज्य भन्दै नहिंड्नू’

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on ओलीको निर्देशन ‘हिन्दु राज्य भन्दै नहिंड्नू’.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्यहरुलाई हिन्दु राज्यको पक्षमा धारणा नराख्न निर्देशन दिएका छन् । शनिबार सकिएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले नेताहरुलाई पार्टीको दर्शन र विचार सम्झन आग्रह गरे । ‘दुई चार जनाले हिन्दु राज्य भन्छन्, उनीहरुकै कुरा मानेर हिंड्ने होइन । पार्टीको दर्शन र सिद्धान्ततिर ध्यान दिनुपर्छ’, ओलीले […]

दाहालको कदमले जगाएको आशा

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on दाहालको कदमले जगाएको आशा.

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरण राजनीतिक तहमा अनुसन्धान सुरु भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको गिर्दो शाखमा ब्रेक लागेको छ । पुस ११ मा सुरु भएको उनको तेस्रो ‘इनिङ’को सरकार शरणार्थी प्रकरणले चर्चाको शिखरमा छ । उनले यति चर्चा पाउन शनिबारसम्म सरकार सम्हालेको १३८ दिन खर्चिनु परेको छ । यही पृष्ठभूमिमा दाहाललाई सक्किने जोखिमभन्दा सच्चिने अवसर […]

लामो दूरी चल्ने गाडीको काउन्टर नयाँ बसपार्कमा मात्रै

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on लामो दूरी चल्ने गाडीको काउन्टर नयाँ बसपार्कमा मात्रै.

काठमाडौं । काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाउने भएको छ । महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा बसेको सरोकावालाको बैठकले ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो । महानगरपालिका अनुसार यसपछि अब लामो दुरीका बसले नयाँ बसपार्क बाहेक अन्यत्र ठाउँबाट यात्रु […]

जनपद प्रहरीका २२ डिएसपी एसपीका लागि बढुवा सिफारिस

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on जनपद प्रहरीका २२ डिएसपी एसपीका लागि बढुवा सिफारिस.

काठमाडौँ । नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी उपरीक्षक पद संख्या २२ मा बढुवाका लागि सिफारिस भएको हो । गौतमकुमार केसी एक नम्बरमा एसपी बढुवाक लागि सिफारिस भएका छन् । यस्तै, बसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की, गोविन्द […]

कटारीबाट ठुलो परिमाणमा चिरान काठ बरामद

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on कटारीबाट ठुलो परिमाणमा चिरान काठ बरामद.

उदयपुर । डिभिजन वन कार्यालय त्रिवेणीको अनुमति नलिई स्थानीय सदाबहार सामुदायिक वन उपभोक्ता समूहको जंगलमा ४८ वटा सखुवाका रुख काटेको पत्ता लागिरहेकै बेला कटारीमै अर्को ठाउँमा शुक्रबार ठुलो परिमाणको चिरान काठ बरामद भएको छ। प्रहरीले कटारी नगरपालिका ४ जहडीस्थित चुनढुंगा डम्पिङसाईट नजिकै रहेको गाडी ग्यारेजबाट अवैध रुपमा लुकाइराखेको चिरान काठ बरामद गरेको हो। जिल्ला प्रहरी […]

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीले बोलाएको बैठकमा गएनन् मेयर बालेन्द्र

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीले बोलाएको बैठकमा गएनन् मेयर बालेन्द्र.

काठमाडौँ । वर्षायाम नजिकिँदा काठमाडौंको फोहोर व्यवस्थापन समस्या चर्किने निश्चित जस्तै छ । सरकार, काठमाडौं महानगरपालिका र डम्पिङ साइट रहेको क्षेत्रका स्थानीय तहहरुबीचको असमझदारीका कारण पटकपटक फोहोर व्यवस्थापनको काम आम समस्या बनिसकेको छ । जेठ–असारमा वर्षा र हिलाम्मे सडकका कारण फोहोर व्यवस्थापन अवरुद्ध बन्ने गरेको छ । तर त्यसको समाधानका लागि भएका सरकारी प्रयासहरु पर्याप्त […]

गण्डकीमा थपिए चारजना नयाँ मन्त्री, दीपक मनांगे बाहिरिए

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on गण्डकीमा थपिए चारजना नयाँ मन्त्री, दीपक मनांगे बाहिरिए.

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मन्त्रिपरिषद् बिस्तार गरेका छन्। शुक्रबार चारजना मन्त्री थप्दै मुख्यमन्त्री पाण्डेले मन्त्रीपरिषद्लाई पूर्णता दिएका हुन्। आकांक्षी धेरै हुँदा मन्त्री छान्न मुख्यमन्त्री पाण्डेलाई हम्मेहम्मे परेको थियो। शुक्रबार चारजना मन्त्री थपिएसँगै पाण्डे नेतृत्वको सरकारमा सात सदस्यीय मन्त्रीपरिषद् रहनेछ। अन्तिम समयमा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनांगे)को सट्टामा तनहुँका […]