काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा बिहीबार पनि नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने विषय उठेको छ । तर उक्त विषयमा कुनै निर्णय भएन । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सहमहामन्त्री जीवन परियारले निलम्बन गर्नुपर्ने कुरा बैठकमा उठेको तर निश्कर्षमा नपुगेको बताए । ‘केही कुरा उठेको छ । तर कुनै पनि कुरामा निश्कर्षमा पुगेका छैनौं’, […]
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ४ नेमुवास्थित नविन डिस्ट्रिब्युटर्सको गोदामबाट एलईडी टीभी चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा बुढीगंगा गाउँपालिका–४ का २९ वर्षीय कोशन ऋषिदेव र सोही ठाउँको वर्ष १९ को सन्दीप कुमार ऋषिदेव रहेका छन् । उनीहरूले गोदामको झ्यालको रड काटेर २१ थान […]
चितवन। बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी एक छात्राले आत्महत्या गरेको प्रकरणमा चितवन मेडिकल कलेजले दुई शिक्षकलाई निलम्वन गरेको छ । वुधबार दिउँसो परीक्षा दिइरहेकी पाल्पा रामपुर नगरपालिका ४ स्थायी घर भएकी २३ वर्षीया सिम्रन थापालाई कलेजका शिक्षकले चिट चोरेको भन्दै परीक्षा हलबाट निकालेका थिए । परीक्षा हलबाट निकालिएकी थापाले भरतपुर १०मा रहेको भाडाको घरको […]
काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ उपप्रधानमन्त्री श्रेष्ठ आज आफूसँग भेट्न आएका नेकपा (एकीकृत समाजवादी)का नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिसँगको छलफलमा उनले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताए । निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी […]
काठमाडौं । नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्ने गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला प्रहरी परिसर, टेकुले छुट्टै कोठामा राखेको छ । अरु बेला प्रहरी नायब उपरीक्षक डीएसपी हरु बस्ने कोठामा उनलाई राखिएको हो । कोठाभित्र राखेर बाहिरबाट चुकुल लगाइएको छ । बाहिरपट्टी उनलाई रुंग्न दुई जना प्रहरी बसेका छन् […]
काभ्रे । दोस्रो जनआन्दोलनमा घाइते भएका काभ्रेका मुकेश कायस्थको निधन भएको छ । ‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो । २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सोही दिनदेखि ओछ्यान परेका उनको ३२ […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार भएको खेलमा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गरेको छ । यस जितपछि चेन्नाईले प्लेअफ पुग्ने सम्भावना पनि बलियो बनाएको छ । १२ खलेमा सातौं जित हात पारेको चेन्नाई १५ अंकसहित दोस्रो स्थानमा छ । चेन्नाईले लिगमा अब बाँकी दुई मध्ये एक खेल जिते पनि […]
काठमाडौँ । काठमाडौंबाट भोजपुरको लागि उडेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता ल्याइएको छ। बिहिबार बिहान भोजपुरको लागि उडेको नाइन एन एबीटी कल साइन रहेको ट्विनअटरमा केही समस्या देखिएपछि काठमाडौं नै फिर्ता गरेर सुरक्षित अवतरण गरिएको नेपाल एयरलाइन्सले जनाएको छ। ट्विनअटरको ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि उडेको केही समयमा नै फिर्ता गरिएको बताइएको […]
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि ललितपुरमा सुरु हुँदै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट बैठक सुरु हुने छ । तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल गरी निर्णय गर्ने तय भएको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा अध्यक्ष […]
काठमाडौँ । प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ। सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ¬का तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले सो अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकमा सभामुख देवराज घिमिरेले सो अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएको व्यहोरा सदस्यलाई जानकारी […]