झापा । कोशी प्रदेशको अधिकांश पहाडी जिल्लामा गाई गोरुमा लाग्ने ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको छ । इलाम र झापा जिल्लामा मात्रै चार सय ६२ वटा पशु रोग सङ्क्रमणबाट मरेका छन् । इलाम, उदयपुर, धनकुटा, सङ्खुवासभालगायतका पहाडी जिल्लामा यसको प्रकोप फैलिरहेको कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डा. दीपा […]
काठमाडौं । सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल ल्याउन दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको छ । हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ । १५ पुसदेखि एमडीएमएस […]
मोरङ । विराटनगर महानगरपालिका–९ स्थित ठाकुरबारी रोड (सुन लाइन)बाट प्रहरीले सोमबार राति सुनका गहनासहित २ जनालाई पक्राउ गरेको छ। सुनसरीको इटहरी–१० का ४५ वर्षीय इन्द्र विक र ४० वर्षीय गोविन्द विकलाई सुनका गहनासहित सोमबार राति वडा प्रहरी कार्यालय (क)विराटनगरका प्रमुख डिएसपी विजय श्रेष्ठको टोलीले पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। राति ९ बजेतिर बागमती प्रदेश […]
काठमाडौँ। सरकारले अवैधानिक रुपबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकहरुलाई एक पटकको लागि वैधता दिने तयारी थालेको छ। मंगलबार काठमाडौंमा आयोजित सम्मानपूर्ण श्रम र आप्रवासी महिला श्रमीकको अधिकार विषयक २ दिने राष्ट्रिय कार्यशाला गोष्ठी कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यस्तो बताएका हुन्। उनले अवैधानिक बाटो हुँदै नेपाली नागरिकहरु विभिन्न […]
काठमाडौं । नेपाल प्रहरीले एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा छापा हानेको छ । मंगलबार खुमलटार हाइटस्थित रायमाझीको घरमा प्रहरीले छापा हानेको हो । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाइ अमेरिका पठाउने भन्दै भएको ठगीमा अनुसन्धानका लागि भन्दै सचिव रायमाझीबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दासमेत रायमाझी […]
बारा । विवाह मण्डप राम्रो नबनाएको भन्दै विवाह गर्न अस्विकार गरेका बेहुला र उनका बुवालाई बारा प्रहरीले नियन्त्रयामा लिएको छ। नियन्त्रण पर्नेमा भारत बिहार पुर्वी चम्पारण सुगौली पथवलीयाका घर भएका बेहुला शशिकान्त चौरसिया र उनका बुवा श्यामकान्त चौरसिया रहेका बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन्। बैशाख २४ गते महागढीमाई नगरपालिका ६ बहुवाईन घर भएका […]
काठमाडौँ। काठमाडौं महानगरपालिकाले उपत्यकाको सडक किनारामा रहेका पोलमा जथाभावि टाँगिएका तार हटाउन चेतावनी दिएसँगै सोमबारबाट व्यवस्थापन गर्न थालिएको छ। काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले असरल्ला अवस्थामा रहेका तार वैशाख २७ गतेसम्म नहटाएको खण्डमा आफैं हटाइदिने चेतावनी दिएसँगै इन्टरनेट सेवाप्रदायक कम्पनीले सोमबारदेखि तार व्यवस्थापनको काम सुरु गरेका हुन्। उपत्यकाको सडक किनारामा जथाभावि टाँगिएका तार व्यवस्थापनको विषयबारे […]
काठमाडौं । आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा प्रधानन्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने […]
मोरङ । राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई बुधबार विराटनगरमा सम्मान गरिने भएको छ। काठमाडौंमा सम्पन्न एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपालले क्रिकेट खेलमा इतिहास रचेको थियो। नेपालले ऐतिहासिक जित निकाल्दै एसिया कपमा सहभागिता जनाउने भए पछि विराटनगरका तीन औद्योगिक संगठनले राष्ट्रिय टोलीका खेलाडीलाई संयुक्त रुपमा सम्मान गर्ने भएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, उद्योग संगठन […]
काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । सोमबार बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको हो । परिषदका सदस्य कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले कामु प्रधानन्यायाधीश कार्कीलाई नै प्रधानन्याधीश सिफरिस गरेको बताए । कार्कीको संसदीय सुनुवाइ पछि राष्ट्रपतिले नियुक्ति गर्ने प्रावधान छ । चोलेन्द्रशमशेर जबरा विरुद्ध महाअभियोग […]