विरानगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणको दौडधुपमा छन् । बजेटअघि नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्न आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालिरहेका कार्की मन्त्रालयहरु पुगिरहेका छन् । उनको तयारी असार १ गते भन्दा अगाडि नै बजेट ल्याउने छ । सोमबार पर्यटन, वन तथा वातावरण मन्त्रालय पुगेका […]
काठमाडौँ । सर्वोच्च अदालतले सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसदबाट हटाइएका ढाकाकुमार श्रेष्ठको पद यथावत राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अर्कोतिर निर्वाचन आयोगले भने राष्ट्रिय स्वतन्त्र पार्टीको सिफारिसमा विन्दाबासिनी कंसाकारलाई सांसद निर्वाचित भएको प्रमाणपत्र दिइसकेको छ। रास्वपाले श्रेष्ठलाई कारबाही गरेर उनको ठाउँमा कसांकारलाई सांसद बनाउन निर्वाचन आयोगमा बुझाएको पत्रअनुसार उनलाई आइतबार प्रमाणपत्र दिएको […]
काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ (डीएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ। प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त जहाज सञ्चालनमा रोक लगाइएको हो। भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि बीच बाटोबाटै भैरहवा फर्किएको थियो। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दूरीमा पुग्दा […]
काठमाडौँ । आजको प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै सभामुख देवराज घिमिरेले बैठकमा विशेष समयको प्रबन्ध नगरिएको र आकस्मिक रुपले राख्नुपर्ने कुरालाई पनि नराखिएको बताएका थिए । बेन्चबाट बैठकको सुरुमै बोल्नका लागि सांसदद्वय अमरेश कुमार सिंह र प्रेम सुवालले हात उठाइरहेका थिए । तर‚ सभामुख घिमिरेले उनीहरूलाई बोल्नका लागि समय नदिएपछि पनि उनीहरू उठेर लगातार विरोध […]
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयकलगायत विषयमा कानुनी परामर्श थालेका छन्। पूर्वराष्ट्रपति भण्डारीले यसअघि संसद्ले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरी रोकेर राखेकी थिइन्। त्यसै विषयमा राष्ट्रपति पौडेलले आइतबार सरकारका प्रमुख कानुनी सल्लाहकार महान्यायाधिवक्ता दिनमणि पोखरेलसहितसँग कानुनी परामर्श गरेका हुन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले नागरिकता विधेयकमा नभएर समग्र कानुनी […]
धरान। नेपाल पत्रकार महासंघ सुनसरीले धरानका मेयर हर्क साम्पाङलाई आफ्नो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी अभिव्यक्ति फिर्ता लिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ। महासंघले आइतबार मेयर राईलाई ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकार र सञ्चार माध्यमलक्षित आफ्ना अमर्यादित र गालीगलौजपूर्ण अभिव्यक्ति फिर्ता लिई स्वतन्त्र प्रेसप्रति सम्मान व्यक्त गर्न आग्रह गरेको हो। पत्रकारहरूको सुरक्षा र पत्रकारिताको सम्बद्र्धन एवम् प्रेस […]
काठमाडौं । भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो । सो डुंगामा ४० जना सवार थिए । मृत्यु हुनेमा धेरैजसो बालबालिकाहरु छन् । छुट्टीमा घुम्न आएकाहरु दुर्घटनामा परेको र दुर्घटनास्थलबाट २१ वटा शव बाहिर निकालिएको केरला […]
विराटनगर । कोशी प्रदेशको सरकार परिवर्तनका लागि पार्टी नेतृत्वलाई दबाव दिन नेपाली कांग्रेस कोशी प्रदेशको संसदीय दलको बैठक काठमाडौंमा बसेको छ । आइतबार दिउँसो पार्टी कार्यालय सानेपामा संसदीय दलको अनौपचारिक बैठक बसेको हो । तर दलका नेताहरुले बैठक नभई सामान्य छलफल मात्रै भएको दाबी गरेका छन् । गोप्य भनिएको छलफलमा सहभागी हुन कोशी प्रदेशका कांग्रेस […]
काठमाडौं। अमेरिकालगायतका देशहरुमा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका-६ तेलकवट घर भएका ६८ वर्षीय सिताराम बास्तोला रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुर दरवारस्क्वायरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वेदेशिक रोजगार विभाग, […]
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अर्बौ रकम ठगी गरेको घटनाको छानबिनको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ। बैठकको प्रारम्भमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुले सो विषयमा धारणा राखे। नेकपा (एमाले) संसदीय दलका सचेतक महेशकुमार बर्तौलाले अहिले सिङ्गो मुलुकको ध्यान नक्कली शरणार्थी बनाएर […]