Sajhamanch Archive

यार्सा टिप्न मुगु गएका जुम्लाका ३ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on यार्सा टिप्न मुगु गएका जुम्लाका ३ जनाको मृत्यु.

काठमाडौँ । मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिएका छन्। यार्सा सङ्कलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको उनले […]

संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै.

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्षे अर्थात बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम संसद्को अधिवेशन आह्वान गरेपछि सदनको अधिवेशन सुरु हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा आज अपराह्न ४ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद […]

आज आठौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज आठौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै.

काठमाडौँ । आज विभिन्न कार्यक्रम गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ […]

धनुषामा पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on धनुषामा पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु.

जनकपुरधाम । धनुषाको एक पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको मृत्यु भएको हो । शनिबार साँझ करिब सवा ७ बजेको समयमा वडा नं. २४ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा दुवै बालकको डुबेर मृत्यु […]

भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन.

काठमाडौँ। भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ। शनिबार अपराह्न काठमाडौँको माइतीघर मण्डलामा भेला भएर युवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी लगायतका भ्रष्टहरूलाई कारबाही गर्न माग सरकारलाई दबाब दिँदै प्रदर्शन गरेका हुन। उनीहरुले भ्रष्टाचारमा संलग्नहरूलाई नछोड्न पनि सरकारलाई खबरदारी गरेका छन। ‘प्रचण्ड सरकारलाई खबरदारी, कारबाही गर भ्रष्टाचारी’,‘गृहमन्त्री काजी दाइ, कारबाही गर भ्रष्टाचारीलाई’ लेखिएको […]

झापामा दिउँसै टर्च लाइट बालेर व्यवसायीले खोजे सरकार

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on झापामा दिउँसै टर्च लाइट बालेर व्यवसायीले खोजे सरकार.

झापा । लामो समय देखी जग्गाको कित्ताकाट नखोलिएको भन्दै झापामा एक समूहले दिउँसै टर्च र राँको बालेर सरकारको खोजी गरेका छन्। बुद्ध शान्ति गाउँपालिकाका निवर्तमान अध्यक्ष रमेशकुमार भुजेल समेतको उपस्थितिमा बुधबारे बजारको बालुवाटारमा प्रदर्शन गरिएको हो। सरकारले जग्गाको बेचबिखन र कित्ताकाट नखोल्दा आम मानिसको आर्थिक जीवन तहसनहस भएको भन्दै सोही समूहले हिजो सङ्घर्ष समिति गठन […]

नेपालको राजनीतिमा भीभीआइपीहरुको असली अनुहार

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on नेपालको राजनीतिमा भीभीआइपीहरुको असली अनुहार.

काठमाडौँ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी अझै सम्पर्कविहीन छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका छन् । २०७८ असार २९ मा गृह मन्त्रालयको नेतृत्वमा आएलगत्तै खाँणले सचिवका रूपमा पाण्डेलाई ल्याएका […]

कोभिड–१९ को स्वास्थ्य आपतकाल अन्त्य भएको घोषणा

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on कोभिड–१९ को स्वास्थ्य आपतकाल अन्त्य भएको घोषणा.

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड–१९ लाई लिएर जारी गरेको उच्च तहको सतर्कता तीन वर्षपछि हटाएको छ । विश्वव्यापी स्वास्थ्य आपतकालको रूपमा अब कोरोना महामारी नरहेको घोषणा गर्दै डब्ल्यूएचओले संक्रमण रोकथामका लागि अपनाउने गरिएका सतर्कता हटाएको हो । डब्ल्यूएचओको यो घोषणालाई कोरोना महामारी अन्त्यको एउटा महत्वपूर्ण कदमको रुपमा लिइएको छ । चीनको वुहान शहरबाट […]

कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्रका सईलाई खुकुरी प्रहार

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्रका सईलाई खुकुरी प्रहार.

धनगढी । कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्र प्रहरीका एक जना सइमाथि खुकुरी प्रहार भएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका-७ कञ्चन भोजमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र चैंसिरमाथि शुक्रबार राति स्थानीय युवाहरुको समूहले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]

संखुवासभामा हेलिकप्टर दुर्घटनाः एक जनाको मृत्यु, चारजना घाइतेलाई उपचारका लागि काठमाडौं लगियो

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on संखुवासभामा हेलिकप्टर दुर्घटनाः एक जनाको मृत्यु, चारजना घाइतेलाई उपचारका लागि काठमाडौं लगियो.

भोजपुर । संखुवासभाको भोटखोला गाउँपालिका–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले बताएका छन् । मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए । आज शुक्रबार दिउँसो १ […]