Sajhamanch Archive

डिजेल खपत २६ प्रतिशतले घट्यो, पेट्रोल र ग्याँसको आयात पनि खुम्चियो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on डिजेल खपत २६ प्रतिशतले घट्यो, पेट्रोल र ग्याँसको आयात पनि खुम्चियो.

काठमाडौं । देशमा छाएको आर्थिक मन्दीको असर पेट्रोलियम खपतमा पनि देखिएको छ । वर्षैसाल बढ्दो क्रममा रहँदै आएको खनिज इन्धनको आयात चालु आर्थिक वर्षमा १५ प्रतिशतभन्दा बढीले घटेको छ । यसले बजारमा इन्धनको खपत पनि घटेको देखाउँछ । यो वर्ष डिजेलको आयात मात्रै एक चौथाइले घटेको छ भने पेट्रोल र हवाई इन्धनको आयात पनि सामान्य […]

सरकारमा नजाने रास्वपाको निर्णय, समर्थन पनि फिर्ता लिने

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on सरकारमा नजाने रास्वपाको निर्णय, समर्थन पनि फिर्ता लिने.

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ । यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।

२ लाख घुस लिन महोत्तरीदेखि काठमाडौंमा, रंगेहात समातेको अख्तियारको दावी

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on २ लाख घुस लिन महोत्तरीदेखि काठमाडौंमा, रंगेहात समातेको अख्तियारको दावी.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल प्रहरी नायव निरीक्षक विनोद विष्टलाई प्रकाउ परेको छ । उनलाई काठमाडौंको नयाँ बानेश्वरस्थित एक रेष्टुरेन्टबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारको टोलीले उनको साथबाट ५० हजार नगद र डेढलाख रुपैयाँको चेक वरामद गरेको छ । भवन […]

वर्षको पहिलो चन्द्र ग्रहण आज, यसकारण छ विशेष

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on वर्षको पहिलो चन्द्र ग्रहण आज, यसकारण छ विशेष.

काठमाडौं । यस वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दैछ । यो चन्द्रग्रहण अरु बेलाको भन्दा विशेष छ । विशेष यसकारण कि अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन । यो चन्द्रग्रहणलाई पेनुमब्रल चन्द्रग्रहण भनिएको छ । चन्द्रग्रहण तीन प्रकारका हुन्छन्; पूर्ण, आंशिक र पेनुमब्रल । […]

एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हो : प्रधानमन्त्री प्रचण्ड

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हो : प्रधानमन्त्री प्रचण्ड.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुने बताएका छन् । २५६७औं बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बुद्धको त्याग, विचार र अभ्यास नेपालीका […]

आज २५६७औं बुद्ध जयन्ती मनाइँदै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on आज २५६७औं बुद्ध जयन्ती मनाइँदै.

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, […]

उपमेयर गौल्डकपः मोरङ र झापा फाईनलमा

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on उपमेयर गौल्डकपः मोरङ र झापा फाईनलमा.

उदयपुर। सातादिनयता सदरमुकाम गाईघाटमा जारी ‘प्रथम त्रियुगा उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिता ०८०’को अन्तिम सेमिफाईनलमा मोरङको पथरी शनिश्चरे महिला फुटबल क्लब (पिएसडब्लु) विजयी भएको छ। बिहीबार सम्पन्न खेलमा नमोबुद्ध युथ क्लब सप्तरीलाई १–० गोल अन्तरले पराजित गर्दै मोरङ फाईनलमा पुगेको हो। खेल सुरु भएको ३२ औँ मिनटमा मोरङकी खेलाडी सुप्रिया मियाले गोल गरेर समूहलाई अघि […]

प्रतिनिधिसभा र राष्ट्रियसभा सचिवमा पाण्डेय र अर्याल नियुक्त

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रतिनिधिसभा र राष्ट्रियसभा सचिवमा पाण्डेय र अर्याल नियुक्त.

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रियसभाको सचिवमा डा. सुरेन्द्र अर्याललाई नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा पाण्डेय र राष्ट्रियसभाका अध्यक्षको सिफारिसमा डा.अर्याललाई संविधानको धारा १०६ को उपधारा १ बमोजिम सचिव पदमा नियुक्त गरेका हुन्। राष्ट्रपतिले महान्यायाधिवक्ताको कार्यलयमा नायब महान्यायाधिवक्तामा कार्यरत पाण्डेय र सङ्घीय संसद् सचिवालयमा सहसचिव पदमा कार्यरत […]

निजामती कर्मचारीको आन्दोलन स्थगित

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on निजामती कर्मचारीको आन्दोलन स्थगित.

काठमाडौं । निजामती कर्मचारीहरुले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सरकारले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि कर्मचारीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । आफूहरुको मागको सम्बन्धमा वार्ता समितिले बिहीबार नै छलफल गर्ने तयारी गरेको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले जानकारी दिए । वार्तामार्फत आफूहरुको माग सम्बोधन नभए […]

कार्यालयमै तास खेल्दै महानगर प्रहरी

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on कार्यालयमै तास खेल्दै महानगर प्रहरी.

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरु कार्यालयमै तास खेल्ने गरेको पाइएको छ । टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा नगर प्रहरीको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएको छ । नगर प्रहरी बलको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएपछि यस्तो तथ्य बाहिरिएको हो । कार्यालय समयमा तास खेल्नेमा नगर प्रहरी नायव निरीक्षक नीरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे […]