Sajhamanch Archive

धनुषामा टिपरको ठक्करबाट बालकको मृत्यु, बालिका गम्भीर घाइते

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on धनुषामा टिपरको ठक्करबाट बालकको मृत्यु, बालिका गम्भीर घाइते.

जनकपुरधाम । धनुषामा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । एक बालिका गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुर सिर्काटोलका ७ वर्षीय रियान्स कुमार दनुवार छन् । सोमबार दिउँसो विद्यालयबाट घर फर्किरहेका बालक र बालिकालाई प्रदेश–२–०३–००१ क १६२१ नम्बरको टिपरले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । टिपरको ठक्करबाट सोही […]

नेपाल र यूएईबीचको खेल हेर्न भोलि टिकट नचाहिने

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on नेपाल र यूएईबीचको खेल हेर्न भोलि टिकट नचाहिने.

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र यूएईबीच भोलि हुने खेल हेर्न दर्शकले नयाँ टिकट किन्न नपर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको भोलि हुने बाँकी खेल निशुल्क हेर्ने दिने जनाएको छ । ‘आज टिकट काटेका समर्थकलाई पहिलो प्राथमिकता दिन्छौं,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले अनलाइनखबरसँग भने, ‘ठाउँ बाँकी […]

छिट्टै आयोग बनाएर २०४८ सालयताका सबै भ्रष्टहरुलाई कारबाही गर्छौं : प्रधानमन्त्री दाहाल

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on छिट्टै आयोग बनाएर २०४८ सालयताका सबै भ्रष्टहरुलाई कारबाही गर्छौं : प्रधानमन्त्री दाहाल.

काठमाडौँ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०४८ सालयताका सबै भ्रष्टहरुलाई कारबाही गर्ने बताएका छन्। प्रधानमन्त्री दाहालले पार्टीको चुनावी घोषणा पत्रमा उल्लेख भएअनुसार आयोग बनाएर छानवीन गरी ती भ्रष्टहरुलाई कारबाही गर्ने बताएका हुन्। अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले छिट्टै आयोग गठनगरी भ्रष्टहरुलाई कारबाही गर्ने प्रक्रिया […]

सरकार र महावीर पुनबीच सातबुँदे सहमति

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on सरकार र महावीर पुनबीच सातबुँदे सहमति.

काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सातबुँदे सहमति भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष महावीर पुनबीच भएको वार्तामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायतका सहमति भएको छ । सहमतिसँगै गत शुक्रबार महावीर पुन र उनका समर्थकले काठमाडौंको माइतीघरमा गर्दै आएको […]

कञ्चनपुरमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on कञ्चनपुरमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु.

धनगढी । कञ्चनपुरमा सडकमा रोकिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किंदा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कृष्णपुर नगरपालिका ५ को वनदेवी मन्दिर नजिकै सूपप्र ०२/००/४ प १८४६ नम्बरको मोटसाइकल र से१त २८२९ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार दुर्घटनामा मोटरसाइकल चालक सवार वेदकोट नगरपालिका १० का २८ वर्षीय तपेन्द्र […]

डाटा हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रियामा लोक सेवा

Published: in मिडियाबाट साभार, शिक्षा by . Leave a Comment on डाटा हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रियामा लोक सेवा.

काठमाडौँ । लोक सेवा आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण आवेदकको तथ्याङ्क (डाटा) हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रिया शुरु गर्ने भएको छ। आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार अघिल्लो वर्ष मङ्सिर, पुस र माघमा विभिन्न विज्ञापनमा दरखास्त दिएका आवेदकको विवरण आयोगसँग सुरक्षित रहेकाले त्यसैका आधारमा दस्तुर तिरिसकेका उम्मेदवारलाई मात्र उचित समय प्रदान र थप […]

लुटपाटका लागि बीभत्स हत्या

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on लुटपाटका लागि बीभत्स हत्या.

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौं कपन सरस्वतीनगरकी निरु पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा एकजनालाई सार्वजनिक गरेको छ। ब्युरोले आइतबार पत्रकार सम्मेलन गरी निरु हत्या आरोपमा पक्राउ परेका झापाको मेचीनगर नगरपलिका–१० का ३५ वर्षीय विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो। हत्या भएको १० दिनपछि आरोपितलाई सार्वजनिक गरिएको हो। हत्यामा विश्वकर्मा एक्लैको संलग्नता […]

सिद्धार्थ राजमार्ग अब रातिमा मात्र बन्द हुने

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on सिद्धार्थ राजमार्ग अब रातिमा मात्र बन्द हुने.

पाल्पा। पाल्पा–बुटवल सडकखण्ड अन्तर्गत पर्ने सिद्धार्थ राजमार्ग रातको समयमा बन्द गरिएको छ। राजमार्गको दोभान–चिडियाखोला सडकखण्डमा दिउँसो हुँदै आएको बन्द खुला गरिएको छ भने राति गरिएको बन्द यथावत् राखिएको छ। शुक्रबारदेखि लागू हुने गरी रातको १० बजेदेखि बिहान ४ बजेसम्म राजमार्ग बन्द गरेर काम गरिएको छ। रामापिथेकस पार्क नजिक सडक डाइभर्सनको काम सुुरु भएको र माथिबाट […]

भारतमा साढे दुई महिनाको उपचारपछि फर्किए सांसद चन्द्र भण्डारी

Published: in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on भारतमा साढे दुई महिनाको उपचारपछि फर्किए सांसद चन्द्र भण्डारी.

काठमाडौं । ग्यास चुहावटका कारण भएको आगलागीमा जलेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी साढे दुई महिना भारतमा उपचारपछि आइतबार स्वदेश फर्किएका छन् । उनले आफ्नो उपचारमा सहयोग गर्ने र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । ३ फागुन २०७९ मा घरमै भएको आगलागीमा परी भण्डारीकी आमाको भने निधन भएको थियो । […]

उपमेयर चढ्ने गाडीको ठक्करबाट १४ महिने बालिकाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on उपमेयर चढ्ने गाडीको ठक्करबाट १४ महिने बालिकाको मृत्यु.

जनकपुरधाम । धनुषामा उपमेयर चढ्ने गाडीले किचिएर १४ महिने बालिकाको मृत्यु भएको छ । धनुषाको हंशपुर नगरपालिकाकी उपमेयर दुर्गा देवी मण्डल चढ्ने बा १६ च ९२६ नम्बरको सोमुले किचिएर उनकै नातिनी १४ महिने लक्ष्मीनिया कुमारीको मृत्यु भएको हो । आज आइतबार दिउँसो आफ्नै घरमा गाडी पछाडि गर्ने क्रममा किचिएर बालिकाको घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी […]