Sajhamanch Archive

बाजुरामा मध्यराति २ पटक भूकम्प

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on बाजुरामा मध्यराति २ पटक भूकम्प.

काठमाडौं । बाजुरामा मध्यराति दुई पटक भूकम्प गएको छ । राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । उनका अनुसार दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा थियो । मध्यरातमा भूकम्प आएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का […]

शिक्षा विभागमा विद्यार्थी संगठनले लगायो ताला

Published: in मिडियाबाट साभार, शिक्षा by . Leave a Comment on शिक्षा विभागमा विद्यार्थी संगठनले लगायो ताला.

काठमाडौं । काठमाडौं महानगरपालिकाको ताहाचलस्थित शिक्षा विभागमा कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले ताला लगाएको छ । महानगरले बुधबार सूचना जारी गर्दै विद्यालय भित्र राजनीतिक दल र दलका भातृसंगठनलाई कार्यक्रम गर्न नदिने घोषणा गरेका थियो । सोही सूचनाको विरोध गर्दै कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले बिहीबार ताला लगाएको हो । यसैबीच विद्यार्थी संगठनले विभागमा लगाएको ताला फोर्ने तयारी […]

हरेक शुक्रबार सरकारी कार्यालय १० मिनेट सफा गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on हरेक शुक्रबार सरकारी कार्यालय १० मिनेट सफा गर्न स्वास्थ्य मन्त्रालयको आग्रह.

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रणका लागि अबदेखि हरेक शुक्रबार कार्यालय वरपर १० मिनेट सरसफाई अभियान सञ्चालन गर्न अनुरोध गरेको छ । यसवर्ष पनि डेंगुका बिरामी बढ्नेसक्ने अनुमान गर्दै हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट सबै सरकारी तथा सार्वजनिक कार्यालयका हाताभित्र र वरपर सरसफाई अभियान संचालन गर्न आग्रह गरेको हो। मन्त्रालयले बिहीबार […]

सेमिफाइनलमा कुवेतसँग भिड्दै नेपाल

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on सेमिफाइनलमा कुवेतसँग भिड्दै नेपाल.

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गरेसँगै नेपालको प्रतिस्पर्धी कुवेत हुने भएको हो । समूह ‘ए’ को विजेताको रुपमा रहेको नेपाल र समूह ‘बी’ को उपविजेता कुवेतबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुने र दोस्रो सेमिफाइनल खेलमा भने […]

लुम्बिनी प्रदेशः चौधरीलाई मुख्यमन्त्री बनाउन ८ दलले हस्ताक्षर बुझाउँदै, एमालेले पनि १६८ (३) अनुसार सरकारको दाबी गर्दै

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on लुम्बिनी प्रदेशः चौधरीलाई मुख्यमन्त्री बनाउन ८ दलले हस्ताक्षर बुझाउँदै, एमालेले पनि १६८ (३) अनुसार सरकारको दाबी गर्दै.

बुटवल । लुम्बिनीमा बहुमतको सरकार गठनका लागि आज नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनले दावी पेश गर्दैछ । गठबन्धनले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि […]

राष्ट्रिय प्रसारणमा १० मेगावाट सोलार विद्युत् जोडियो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on राष्ट्रिय प्रसारणमा १० मेगावाट सोलार विद्युत् जोडियो.

बाँके। सोलारबाट उत्पादित १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। पियोर इनर्जी लिमिटेडले खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुरस्थित घिया गाउँमा सोलार विद्युत् परियोजनाबाट उत्पादन गरेको विद्युत् परीक्षणका लागि जोडिएको हो। यस परियोजनाबाट उत्पादित विद्युत् २ साताभित्रै व्यावसायिक प्रयोजनका लागि उपयोग गरिनेछ। ३३ केभी विद्युत् कोहलपुर सवस्टेशनमा जोडिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरले […]

चट्याङ लागेर ताप्लेजुङको मैवाखोलाका ११ बर्षे छोराको मृत्यु, बुबाआमा घाईते

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on चट्याङ लागेर ताप्लेजुङको मैवाखोलाका ११ बर्षे छोराको मृत्यु, बुबाआमा घाईते.

ताप्लेजुङ। चट्याङ लागेर ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ४ साँघु चित्रेका ११ बर्षिय दोर्ची शेर्पाको मृत्यु भएको छ। दोर्चीका बुवा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाईते भएका छन्। घाईते दुवै जनाको जिल्ला अस्पतालको उपचार भईरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष बिजयप्रकाश वनेमले जानकारी दिए। मृतक दोर्चीको शव पोष्टमार्टमका लागि ताप्लेजुङ जिल्ला अस्पतालको शव गृहमा राखिएको समेत उनले […]

एसीसी प्रिमियर कप : समूह चरणको अन्तिम २ खेल आज, नेपालले कतारसँग खेल्दै

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on एसीसी प्रिमियर कप : समूह चरणको अन्तिम २ खेल आज, नेपालले कतारसँग खेल्दै.

काठमाडौं । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कपमा समूह चरणका अन्तिम दुई खेल आज हुँदैछ । जसमा समूह ए मा रहेको घरेलु टोली नेपालले कतारसँग खेल्नेछ भने समूह बी मा हङकङ र कुवेतबीच खेल हुनेछ । यस खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि छिनोफानो हुनेछ । समूह ए […]

नापी विभागले प्रमाणित गरेको सिमाना छोड्दैनौं : मेयर साम्पाङ

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on नापी विभागले प्रमाणित गरेको सिमाना छोड्दैनौं : मेयर साम्पाङ.

धरान। छिमेकी नगर इटहरीले सिमाना मिचेको भन्दै असन्तुष्टी जनाए पनि धरान उपमहानगरपालिकाले नापी विभागबाट प्रमाणिकरण भएको नक्सा वमोजिमको भुमि नछोड्ने जनाएको छ। मेयर हर्क साम्पाङले बुधबार पत्रकार सम्मेलन गर्दै इटहरीको भुमि एक इञ्च पनि नमिच्ने तर नेपाल सरकार, नापी विभागले जारी गरेको आधिकारिक नक्सा वमोजिमको भुमि नछोड्ने बताएका हुन्। आइतबार धरान उपमहानगरपालिकाले कोशी राजमार्गको पानीपियामा […]

एमाले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्ने एक पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on एमाले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्ने एक पक्राउ.

झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि ढुङ्गामुढा प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्न खोज्नेमध्ये एक जनालाई पक्राउ गरिसकेको र बाँकीको खोजी गरिरहेको बताए। बुद्धशान्ति गाउँपालिकास्थित बुधबारेमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा कोशी प्रदेश नामकरणको […]