Sajhamanch Archive

थप ७८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on थप ७८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५० […]

विराटनगरमा झडप, प्रहरीले हान्यो अश्रुग्यास

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on विराटनगरमा झडप, प्रहरीले हान्यो अश्रुग्यास.

विराटनगर । विराटनगरमा पहिचानको आधारमा प्रदेशको पुन: नामकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएपछि झडप भएको हो । आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको प्रहरीले बताएको छ । मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा […]

झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु.

झापा । झापाको उत्तर पुर्वी गाउँपालिका बुद्धशान्ति-५ शान्तिनगरमा जंगली हात्तीको आक्रमणबाट १ जनाको ज्यान गएको छ। स्थानीय ७० बर्षीय भिमबहादुर भट्टराईको ज्यान गएको प्रहरीले जनाएको छ। शुक्रबार साँझ मकैबारीमा हात्ती धपाएर भट्टराई घरमा सुतेका थिए। शुक्रबार बिहान ४ बजे पुनः हात्ती धपाउन निस्किएका भट्टराई मकैबारीमा मृत अवस्थामा फेला परेका वडाध्यक्ष डेगेन्द्र कार्कीले बताएका छन् । […]

मुस्लिम समुदायले इदुलफित्र मनाउँदै

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on मुस्लिम समुदायले इदुलफित्र मनाउँदै.

काठमाडौं । रमदान अर्थात् रमजान महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ […]

आज गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत नपाउने पक्का

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on आज गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत नपाउने पक्का.

काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्। माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने भएका हुन्। त्यसको लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने सम्भावना भने छैन। माओवादीले विश्वासको मत फिर्ता लिइसकेकाले ६० सदस्यीय गण्डकी प्रदेश […]

ओमानमाथि नेपालको फराकिलो जित

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on ओमानमाथि नेपालको फराकिलो जित.

काठमाडौँ । नेपालले एसीसी मेन्स प्रिमियर कपमा शुक्रबार ओमानलाई ८४ रनले पराजित गरेको छ । प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जित हो । यो नेपालको ५०औं ऐतिहासिक वान डे पनि रह्यो । यससँगै नेपाल प्रतियोगिताको समूह ‘ए’ मा दुई खेलबाट चार अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ । जितका लागि ३११ रनको लक्ष्य पाएको ओमानले […]

ट्याङ्करको लकिङ प्रणाली नै फोडेर पेट्रोल तस्करी

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on ट्याङ्करको लकिङ प्रणाली नै फोडेर पेट्रोल तस्करी.

काठमाडौँ । आयल निगमले इन्धनमा हुने चोरी र चुहावट रोक्न भन्दै लकिङ प्रणाली जडान गरे पनि तेलको तस्करी हुने गरेको पाइएको छ । लकिङ प्रणाली जडान भएकै ट्याङकरबाट इन्धन तस्करी भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)को डिपोबाट पेट्रोल ल्याउँदै गरेको लु २ ख ४८३९ नम्बरको ट्याङ्करले स्वीकृत पीडीओ भन्दा बढी पेट्रोल ल्याएर तस्करी गरेको […]

विद्युत व्यापारबारे नेपाल र भारतबीच विशेष सम्झौताको तयारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विद्युत व्यापारबारे नेपाल र भारतबीच विशेष सम्झौताको तयारी.

काठमाडौं । विद्युत व्यापारबारे नेपाल र भारतबीच विशेष सम्झौता गर्ने तयारी भएको छ । वैशाख अन्तिम सातातिर हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा विद्युत व्यापारका लागि दुई देशको सरकारीस्तरमै विशेष समझदारी गर्न तयारी थालिएको हो । नेपाल र भारतले ४ कात्तिक, २०७१ मा ऊर्जा व्यापार सम्झौता (पीटीए) गरेका थिए । २५ वर्षका लागि […]

नेपाल राष्ट्र बैंकको कारबाहीमा परे ९ वटा वाणिज्य बैंकहरु

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल राष्ट्र बैंकको कारबाहीमा परे ९ वटा वाणिज्य बैंकहरु.

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । बैंक सुपरिवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गर्ने बैंकलाई नगद जरीवानासहित कारबाही गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकोले १० लाख रुपैयाँ नगद जरीवानासहित कारबाही गरिएको […]

ओमानलाई नेपालले दियो ३११ रनको लक्ष्य

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on ओमानलाई नेपालले दियो ३११ रनको लक्ष्य.

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो । नेपालका लागि कुशल मल्लले शतक पुरा गरे भने सोमपाल कामीले अर्धशतक बनाएका थिए । दुवै टोलीले आफ्नो पहिलो खेल जितेका […]