Sajhamanch Archive

एसीसी प्रिमियर कप : नेपालले आज ओमानसँग खेल्दै

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on एसीसी प्रिमियर कप : नेपालले आज ओमानसँग खेल्दै.

काठमाडौं । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज ओमानसँग खेल्दैछ । समूह ‘ए’ मा रहेका दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन् । नेपालले उदघाटन खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो भने ओमानले कतारलाई […]

बैशाख १० गते हुने त्रिविको परीक्षा सारियो

Published: (Updated: ) in मिडियाबाट साभार, शिक्षा by . Leave a Comment on बैशाख १० गते हुने त्रिविको परीक्षा सारियो.

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ । वैशाख १० गते तीन स्थानमा सङ्घीय संसद्को उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। उनले त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बिहिबार बसेको बैठकले परीक्षा सार्ने निर्णय गरेको बताए। उनका अनुसार निर्वाचन आयोग, गृह […]

उपनिर्वाचनको मौन अवधि लागू, मतदान नसकिएसम्म प्रचार निषेध

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on उपनिर्वाचनको मौन अवधि लागू, मतदान नसकिएसम्म प्रचार निषेध.

काठमाडौं । यही वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार प्रसार गएराति १२ बजेदेखि निषेध गरिएको छ । उपनिर्वाचन सकिएर मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचार प्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ । वैशाख १० गते आइतबार बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ । मतदान हुने […]

इन्जिनियरको लाइसेन्स परीक्षा यसवर्ष तीन पटक हुने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on इन्जिनियरको लाइसेन्स परीक्षा यसवर्ष तीन पटक हुने.

काठमाडौं । नेपाल इन्जिनियरिङ परिषदले इन्जिनियरहरुको लाइसेन्स परीक्षा वर्षमा तीन पटक लिने तयारी गरेको छ । परीक्षार्थीहरुलाई लामो समय कुर्न नपरोस् भन्ने उद्देश्यले यसैवर्ष तीन पटक परीक्षा लिने तयारी गरिएको हो । परिषदका उपाध्यक्ष डा. विकास अधिकारीले यसवर्ष असार, मंसीर र चैत महिनामा इन्जिनियरहरुको लाइन्सेस परीक्षा लिने गरी तयारी गरिरहेको जानकारी दिएका हुन् । उनले […]

आज सूर्य ग्रहण, नेपालबाट नदेखिने

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on आज सूर्य ग्रहण, नेपालबाट नदेखिने.

काठमाडौं । आज सूर्य ग्रहण लाग्दै छ । तर यो ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले भनेका छन्, ‘वैशाख कृष्ण औंसीका दिन (वैशाख ७ गते) लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन ।’ यस […]

आज आमाको मुख हेर्ने दिन, मातातीर्थ औँसी मनाइँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on आज आमाको मुख हेर्ने दिन, मातातीर्थ औँसी मनाइँदै.

काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औंसी पनि भनिन्छ । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीका अनुसार यस दिन बिहान सबेरै […]

भारत विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश बन्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भारत विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश बन्यो.

काठमाडौँ।भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ। संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९युएनएफपीए०को पछिल्लो तथ्याङ्कअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश बनेको हो। युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसङ्ख्या एक अर्ब ४२ करोड ८६ लाख पुगेको तथा चीनको जनसङ्ख्या एक अर्ब ४२ करोड ५७ लाख रहेको उल्लेख […]

१० वटा डोजर चलाएर एकै छिनमा खाली गराइयो बस्ती

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on १० वटा डोजर चलाएर एकै छिनमा खाली गराइयो बस्ती.

विराटनगर । अदालतले रिट खारेज गरेको २४ घण्टा नबित्दै सुनसरीको दुहबी नगरपालिकाले ५० वर्ष पुरानो बस्तीमा डोजर चलाएको छ । दुहबी नगरपालिका– ५ दुहबी बजारको पुरानो बस्तीमा मंगलबार एकै पटक १० वटा डोजर चलाएर नगरपालिकाको ९ कट्ठा साढे ९ धुर जग्गामा निर्माण भएको संरचना हटाएर खाली गराएको छ । नगरपालिकाका प्रवक्ता विजयकुमार चौधरीका अनुसार नगरपालिकाको […]

विकास र समृद्धिको यात्रा प्रारम्भ भइसक्यो : प्रधानमन्त्री

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on विकास र समृद्धिको यात्रा प्रारम्भ भइसक्यो : प्रधानमन्त्री.

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको बताएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले आज तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा आयोजित चुनावीसभामा प्रधानमन्त्री दाहालले यो यात्रालाई पूर्णता दिने अभियानमा आफूहरु रहेको बताएका हुन्। उनले देशमा सुशासनको यात्रा सुरु भइसकेको भन्दै त्यसलाई पूर्णता दिन आफूहरु प्रतिबद्ध रहेको […]

आईपीएलमा मुम्बईको लगातार तेस्रो जित

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on आईपीएलमा मुम्बईको लगातार तेस्रो जित.

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत सनराइजर्स हैदरावादविरुद्धको खेलमा मुम्बई इण्डियन्स १४ रनले विजयी भएको छ । मुम्बईको यस सिजन यो लगातार तेस्रो जित हो । हैदरावादको लागि भने दुई जित पछिको हार हो । गएराति राजीवगान्धी क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो । […]