Sajhamanch Archive

प्रधानन्यायाधीशमा कार्की नियुक्त, आजै शपथ

Published: in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on प्रधानन्यायाधीशमा कार्की नियुक्त, आजै शपथ.

काठमाडौं। प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गरेका हुन् । शपथ आजै अपराह्न सवा ५ बजे शपथको तयारी गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि शुक्रबार नै कार्कीको नाम अनुमोदन गरेको थियो । […]

नयाँ संसद भवनको साजसज्जामा २ अर्ब ३४ करोड खर्च गरिंदै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on नयाँ संसद भवनको साजसज्जामा २ अर्ब ३४ करोड खर्च गरिंदै.

काठमाडौं । सरकारले सिंहदरबारमा बनाइरहेको संघीय संसद भवनको इन्टेरियरका लागि २ अर्ब ३४ करोड ५४ लाख ९० हजार रुपैयाँको ठेक्का लगाउने भएको छ । केसीरश्याम सुन्दररबानियाँ जेभीले संसद भवनको इन्टेरियरसहित कन्फ्रेन्स र सेक्युरिटी सिस्टमको ठेक्का पाउन लागेको हो । गत पुसमा भएको बोलपत्रअनुसार संयुक्त उपक्रमको कम्पनीले संसद भवनको इन्टेरियर सजाउने गर्नेदेखि टेबल, कुर्सी, सोफासहितका फर्निचर […]

सरकार सास दबाएर बसेपछि कोही न कोही बोल्नुपर्थ्यो, बालेन बोले सही गरेः सांसद शाह

Published: in मिडियाबाट साभार, राजनीति, लोकप्रिय by . Leave a Comment on सरकार सास दबाएर बसेपछि कोही न कोही बोल्नुपर्थ्यो, बालेन बोले सही गरेः सांसद शाह.

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले दक्षिण छिमेकी भारतबाट बेला–बेला आइरहेका विवादास्पद घटनाहरूले नेपालीको स्वाभिमान र सार्वभौम अस्तित्वलाई अतिक्रमण गरिरहेको बताएका छन्। उनले सरकारका सरोकारवाला निकाय परराष्ट्र र सञ्चार मन्त्रालयले यस विषयलाई गम्भीर रूपमा लिन माग गरेका छन्। सांसद शाहले शुक्रवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै भने, ‘चलचित्र आदिपुरुषको कुरा मात्र होइन, […]

चीनमा ४ महिना उपचार गरेर फर्किए वर्षमान पुन, सक्रिय राजनीतिमा लागिरहने

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on चीनमा ४ महिना उपचार गरेर फर्किए वर्षमान पुन, सक्रिय राजनीतिमा लागिरहने.

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा ४ महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किएका हुन् । उनी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीसहित काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनको स्वागतका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मामिला मन्त्री अमनलाल मोदी विमानस्थलमा पुगेका थिए […]

फगत कर्मकाण्ड पूरा गर्न महिनाभर चल्छ संसद्‍मा बहस

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on फगत कर्मकाण्ड पूरा गर्न महिनाभर चल्छ संसद्‍मा बहस.

काठमाडौँ । सत्तारूढ दलका पाँच प्रभावशाली नेताको क्षेत्रमा जथाभावी बजेट विनियोजन गरिएको र बाँकी क्षेत्रलाई उपेक्षा गरिएको भन्दै सत्तारूढ एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले बजेट संशोधनको माग मात्र गरेनन्, नगरे पारित हुन नदिने चेतावनी दिए । यो चेतावनीलाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री प्रकाशशरण महतले उनीहरूलाई छलफलमा बोलाएर माग सम्बोधनको प्रतिबद्धता जनाए । तर, बजेट […]

नक्कली भुटानी शरणार्थी प्रकरण : आज जवाफी बहस र आदेश

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on नक्कली भुटानी शरणार्थी प्रकरण : आज जवाफी बहस र आदेश.

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्ततर्फका वकिलको बहस सकिएसँगै आज जवाफी बहस हुने भएको छ । आज सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्दै अभियुक्त तर्फका वकिलले उठाएको कानुनी प्रश्नको जवाफ दिने बताइएको छ । जवाफी बहस जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले गर्नेछन् । शुक्रबार (आज) दिउँसो २ बजेसम्म जवाफी बहस गर्न दिएर […]

राजनीतिमा आउने महावीर पुनको संकेत

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on राजनीतिमा आउने महावीर पुनको संकेत.

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राजनीतिमा आउने संकेत छन् । उनले आफू सांसद बन्ने सम्भावना एक प्रतिशत रहेको उल्लेख गरेका छन् । स्कुल पढ्ने, अमेरिका जाने, नेपालमै बस्ने, वायरलेस प्रविधिबाट दुर्गम ठाउँमा इन्टरनेट पुर्‍याउने र राष्ट्रिय आविष्कार केन्द्रलाई अहिलेको अवस्थामा ल्याउने सम्भावना एक प्रतिशत रहे पनि अहिले ती सबै काममा सफल भएको […]

राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार बैरागीद्वारा सपथ

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार बैरागीद्वारा सपथ.

काठमाडौँ । सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारमा पूर्व मुख्य सचिब शंकरदास बैरागीलाई नियुक्त गरेको छ। बैरागीलाई आजै मुख्य सचिवबाट राजिनामा गराएर सल्लाहाकारमा नियुक्त गरिएको हो। पूर्व मुख्य सचिब बैरागीले आजै राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ पनि लिएका छन्। बिहिबार सिहंदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई सल्लाहाकारको सपथ ग्रहण गराएका हुन्। पूर्व मुख्य सचिव बैरागीको […]

नेपाल सरकारको मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on नेपाल सरकारको मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त.

काठमाडौं । नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको स्रोतले बतायो । हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् […]

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सुरु

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सुरु.

काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु भएको छ ।बुधबार उजुरीकर्तासँगको छलफलपछि आज समितिले कार्कीलाई सुनुवाइका लागि बोलाएको हो । बिहान ८ बजेदेखि सुरु हुने भनेको सुनुवाइ केही ढिला सुरु भएको छ ।प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामुप्रधानन्यायाधीश कार्की सिंहदरबारमा जारी समितिको बैठकमा बिहान सवा ८ बजेपछि आइपुगेका हुन् । कार्कीविरुद्ध ३८ […]