अर्जुनधारा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरापालिकाको नगरप्रमुख पदका उम्मेदवार बलदेव गोम्देन तामाङले मदन भण्डारी राजमार्गले भेट्ने बस्तीहरुलाई सुरक्षित र व्यवस्थित बनाउने बताएका छन् । अर्जुनधारा २ मा आयोजित चुनावी कोणसभा तथा घरदैलो कार्यक्रममा भोर्लेनी तथा खालबस्तीका स्थानीय जनताले मदन भण्डारी राजमार्गका कारण आफूहरु बिस्थापित हुने अवस्था सिर्जना भएको गुनासो राखेपछि उम्मेदवार गोम्देनले बस्तीलाई असर […]
भद्रपुर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रचार–प्रसारको अन्तिम दिन मंगलबार झापाको सदरमुकाम रहेको भद्रपुरमा नेकपा एमालेले बृहत मोटरसाइकल र्याली गरेर आफ्नो शक्ति प्रदर्शन गरेको छ । चुनाव प्रचार–प्रसार कमिटी भद्रपुरको संयोजनमा एमाले कार्यकर्ता तथा समर्थकहरुले मोटरसाइकल र्याली निकालेका हुन् । भद्रपुर नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिएका युवा नेता असारु राजवंशी, उपप्रमुख […]
बिर्तामोड । नेकपा एमालेबाट बिर्तामोड नगरपालिकामा नगरप्रमुख पदका उम्मेदवार पवित्रा महतारा प्रसाईले आफू उपप्रमुख भएको अवधिमा बिर्तामोडमा भौतिक पूर्वाधार, कृषि, पशुपालन, शिक्षा, विपन्न आवास लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताएकी छन् । विगत ५ वर्षको अवधिमा नगरपालिकाले धेरै प्रगति गरेको बताउँदै अब आफ्नो नेतृत्वमा नगर कार्यपालिका बनेपछि बिर्तामोडमा १० वटै वडा जोड्नेगरी रिङ्गरोड निर्माण गर्ने […]
दमक । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमकको विकास विश्वमा नमूना रहने बताएका छन् । राष्ट्रिय स्तरमा त दमकको चर्चा त हुने नै गरेको छ अब अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा गर्न लायक बन्ने उनको दावी छ । दमकको विकास रोक्नका लागि अहिले राजावादीलाई समेत काँग्रेस र माओवादी केन्द्रले बोकेर हिडेको टिप्पणी […]
गौरीगञ्ज । आफ्नो पार्टीका उम्मेदवारहरुलाई विजयी गराएमा गाउँपालिकाको समग्र विकासको जिम्मा एमालेले लिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुझाएका छन् । गृहजिल्ला झापाको गौरीगञ्जमा आयोजित चुनावी सभालाई अहिले सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई जिताए समग्र विकासको जिम्मा पार्टीले लिने बताएका हुन् । अध्यक्ष ओलीले भने, ‘तपाईंको जिम्मा एमालेलाई विजयी बनाएर पठाउने हो, एमालेको जिम्मा […]
मेचीनगर । स्थानीय तह निर्वाचनका प्रचार अभियान अन्तरगत नेकपा एमालेले मेचीनगरमा सबै वडामा चुनावी घरदैलो तथा कोणसभाका कार्यक्रमहरु सम्पन्न गरेको छ । एमाले मेचीनगरको निर्वाचन परिचालन कमिटीको तालिका अनुसार सोमबार वडा नम्बर २ र ३ मा भएको कोणसभासहित १५ वटै वडामा सो कार्यक्रमहरु सम्पन्न भएको हो । मेचीनगर–२ को मेची जनसाधरण मावि उत्तर भगवती समाज, […]
कनकाई। नेकपा एमालेका तर्फबाट उपप्रमुख पदका उम्मेदवार मञ्जु प्रसाईले कनकाई नगरलाई शिक्षाको गन्तव्य बनाइने बताएकी छन् । शिक्षण सेवालाई समाजमा मर्यादित बनाउँदै समाज रूपान्तरणमा शिक्षालाई जोड्न विशेष कार्ययोजना बनाउने उनको भनाई छ । माध्यमिक र कलेज स्तरका विद्यार्थीहरूको रूची अनुसार ‘कमाउदै पढ्दै’ कार्यक्रम शुरु गरिने उपप्रमुख पदका उम्मेदवार मञ्जुको सोच छ । सबै सामुदायिक विद्यालयका […]
बिर्तामोड । बिर्तामोड नगरपालिकालाई ‘सुखी बिर्तामोड,समृद्ध बिर्तामोड’ बनाउने लक्ष्यका साथ नेकपा एमालेले आफ्ना उम्मेदवारहरु चयन गरेको नेकपा एमाले बिर्तामोड नगरकमिटीका अध्यक्ष सुवास भट्टराईले बताएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रचार अभियानमा संलग्न रहेकै समयमा वडा नं. ९ मा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै नगर अध्यक्ष भट्टराईले भने, ‘एमाले नेतृत्वको स्थानीय सरकारले […]
कचनकवल । स्थानीय तह निर्वाचनका लागि कचनकवल गाउँपालिकाकामा सहकार्य गरिरहेका नेपाली काँग्रेस र नेकपा एमाले दलहरूले पहिलो चरणको घरदैलो सम्पन्न गर्दै अन्तिम चरणका लागि प्रचार प्रसारलाई तीब्र पारेका छन् । आदिवासी बाहुल्य ऐतिहासिक पहिचान बोकेको कचनकवलकोे समृद्धिको खाकासहित चुनावी मैदानमा उत्रिएका नेपाली काँग्रेस र नेकपा एमालेको सम्युक्त गठबन्धनले गाउँपालिकाका सबै वडा र टोलहरूमा मतदातासमक्ष भेटघाट […]
मेचीनगर । मेचीनगर वडा नं. १० मा वडाध्यक्ष पदको उम्मेदवारी दिएका कृष्णप्रसाद खरेल नेकपा एकीकृत समाजबादी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् । आज धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमा खरेलले एकीकृत समाजबादीको उम्मेदवारीसमेत फिर्ता लिएको घोषणा गरे । खरेलले एकीकृत समाजबादीमा केही समय लागेकोमा आफूलाई पछुतो भएको समेत बताएका छन् । उनलाई नेकपा एमालेका केन्द्रीय […]