विराटनगर । सोमबार बिहान पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाल कार्यालय जाने तयारी गर्दै थिए । बिहान करिब १० बजे ८–१० जनाको समूह इटहरीको आँपगाछीस्थित उनको क्वार्टरमा पुग्यो । नेविसंघबाट आएको भन्दै उनीहरुले दाहाललाई बोलाए, ‘एकैछिन बाहिर आउनुस् सर । कुरा गर्नु छ ।’ अफिस जान लुगा लगाउँदै गरेका दाहाल ढोका खोलेर निस्कने बित्तिकै […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ। आज बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा उनीहरूबीच सङ्क्षिप्त भेटवार्तामा विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषियोग्य जमिन विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिकामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भएको केन्द्रीय […]
काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल भएको घटनामा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट आजदेखि काठमाडौँ जिल्ला अदालतमा बहस सुरु भएको छ। उनका पक्षबाट बहस गर्न ३४ वकिलले नाम टिपाएका छन्। जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको हो। अझै केही आरोपीका तर्फबाट थुनछेक बहस बाँकी रहेकाले त्यसपछि […]
जनकपुरधाम।१ असारमा आगामी आर्थिक वर्ष २०८-०८१ को बजेट ल्याउन अरु प्रदेशमा जस्तै मधेशमा पनि अन्तिम तयारी भइरहेको छ। अर्थमन्त्री सञ्जयकुमार यादव र अर्थसचिव प्रेमप्रसाद भट्टराईलाई बजेट बनाउन भ्याइनभ्याइ छ। ‘अहिले सबै काम छाडेर बजेट बनाउनमै व्यस्त छौं’ अर्थमन्त्री यादवले भने । आगामी आर्थिक वर्षका लागि मधेश सरकारले करिब ३५ अर्बको बजेट ल्याउँदैछ। अर्थ मन्त्रालयका सचिव […]
मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताएका छन् । कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ र प्रदेश सभा–२ को संयुक्त आयोजनामा सोमबार हेटौँडामा भएको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस विचारप्रधान पार्टी भएकाले बरु सरकार छाड्नुपरे छाड्ने तर, कांग्रेसले कसैसँग सम्झौता नगर्ने बताए । साथै […]
जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले हतारमा आकस्मिक रुपमा विश्वासको मत लिन लागेका छन् । त्यसका लागि आज मंगलबार साँझ ५ बजेको लागि आकस्मिक रुपमा प्रेदशसभाका बैठक डाकिएको प्रदेशसभा सचिवालका सचिव रञ्जित यादवले जाकारी दिए । सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र पुनः विश्वासको मत लिनु पर्न कानुनी […]
काठमाडौं । बालसेना दुरुपयोगलगायत आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ । पूर्वअयोग्य लडाकु लेलिन विष्टसहितले दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो । माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बालसेना बनाएर प्रवेश गराएको पछि बेवास्ता गरेको भन्दै रिटमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र […]
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विदेशी मुलुकले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध भएको बताएका छन् ।सोमबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘जुन देशले हामीलाई यो रोक, नभए सहयोग नै बन्द हुन्छ भने, उनीहरुकै कारण कानुन बनायौं, रोक्यौं ।’ अहिले ती मुलुकले नै मेडिकल प्रपोजमा ठूलो विजनेस गरिरहेको भन्दै उनले […]
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई अर्थ समितिको बैठकमा बोलाउने निर्णय गरिएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकबाट उनीहरूलाई छलफलका लागि बोलाउने निर्णय गरिएको हो । बैंक र धितोपत्र बोर्डका विषयमा प्रश्न उठाइएकाले त्यसलाई सम्बोधन गर्न गभर्नर र अध्यक्षलाई बोलाउने निर्णय गरिएको समितिको सभापतित्व गरिरहेका […]
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आगामी बिहीबार हुने भएको छ । संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको हो । कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ । संवैधानिक परिषद्को २५ वैशाखमा बसेको बैठकले कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको […]