उदयपुर । प्रदेश १ को नाममाकरण पहिचान विरोधी राखिएको विरोधमा सांस्कृतिक विद्रोह गर्दै सुरु भएको किराँती समुदायको यस वर्षको साकेला उभौली (धिरीनामा ५०८३) विधिबत रुपमा समापन हुदैछ। वैशाख पूर्णिमाको दिन औपचारिक सुरु भएको उभौली १ महिनासम्म मनाएर समापन गर्ने गरिन्छ। यस वर्षको उभौली सुरुदेखि अन्त्यसम्म प्रदेश नामांकन खारेज गरी पुनः नामाकरण गर्न माग गर्दै आन्दोलनको […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग मागेका छन् । प्रतिनिधि सभाको बैठमा समय माग गरी शाहीले प्रचण्डको बिरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रुपमा अघि बढ्न दिनुपर्ने […]
झापा । नेकपा एमालेको जनसंगठन अनेरास्ववियु झापाको २१औं जिल्ला अधिवेशनको तयारी पूरा भएको संगठनले जनाएको छ । शनिबार अपरान्ह जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी यही जेठ २९ गते बिर्तामोडमा हुने अनेरास्ववियूको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो । बिर्तामोडको सिटी सेन्टरमा अधिवेशन स्थल निर्धारण गरिएको, प्रमुख अतिथिका रुपमा संगठनका केन्द्रीय अध्यक्ष […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई दुईवटा जलविद्युत आयोजना कौडीको भाउमा दिएको टिप्पणी गरेका छन् । शनिबार नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले सस्ता आयोजनाहरु तल्लो अरुण र फुकोट कर्णाली कौडीको भाउमा भारतलाई दिएको टिप्पणी गरेका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई […]
काठमाडौं । जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको जसपाले जनाएको छ । बैठक पार्टी कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको हितका लागि आफूले सबैभन्दा बढी ध्यान दिएको बताएका छन। आज काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूले सबैभन्दा बढी ध्यान वैदेशिक रोजगारीमा गएका नेपालीहरुको हित र रक्षाका लागि दिएको बताएका हुन । उनले विदेशमा रहेका नेपालीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा […]
काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रति झिकाउन आदेश गरेको छ। नागरिकता विधेयक प्रमाणीकरण गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले विधेयकप्रमाणीकरण गर्न सरकारले राष्ट्रपतिलाई पठाएको पत्र समेत झिकाउने आदेश गरेको हो। शुक्रबार सीमित समयमा ठूलो संख्यामा रहेका कानून व्यवसायीहरुबीच बहस व्यवस्थापन गर्न कठिन हुने भएपछि इजलासले आगामी मंगलबार पेशी तोक्न […]
काठमाडौं। राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ। शुक्रबार राष्ट्रिय सभामा अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन्। अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएसँगै राष्ट्रिय सभामा बजेटमाथिको सामान्य छलफल सकिएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक दुई साता पछि असार १० गते दिउँसो १ बजेर १ मिनेमा बोलाएका छन्।
काठमाडौँ । प्रतिनिधि सभा सदस्य रघुजी पन्तले भारतको प्रतिरोधस्वरुप नेपालले टिष्टा, काँगडासम्म भएको आफ्नो नक्सा संसद भवनमा राख्ने प्रस्ताव गरेका छन्। शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै नेता पन्तले भारतले नयाँ संसद् भवनमा अखण्ड भारतको भित्तेचित्र राखेको प्रसंग उल्लेख गर्दै नेपालको संसद भवनमा पनि टिष्टा, काँगडासम्म भएको नक्सा राख्न प्रस्ताव गरेका हुन्। उनले भने, – […]
झापा । नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियानप्रति प्रेस चौतारी नेपाल झापा शाखाले स्वागत र सम्मान गर्दै शुद्धिकरण अभियान निष्पक्ष, स्वतन्त्र र तथ्य प्रमाणका आधारमा हुनुपर्ने माग गरेको छ । आज साँझ अध्यक्ष मनकुमार गदालले प्रेस विज्ञप्ति प्रकाशन गरेर सदस्यता शुद्धिकरण मापदण्ड २०७९ विपरित कुनै पनि सदस्यमाथि अन्याय गरेमा प्रेस चौतारी झापाले त्यसको सशक्त प्रतिकार […]