Sajhamanch Archive

खप्तड गए प्रधानमन्त्री दाहाल, रामदेव बाबासँग योग सिक्ने

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on खप्तड गए प्रधानमन्त्री दाहाल, रामदेव बाबासँग योग सिक्ने.

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल आज धार्मिक पर्यटकीय स्थल खप्तड गएका छन्। आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री दाहाल खप्तड गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सम्मेलनमा प्रसिद्ध योग गुरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दैँ आएका शिद्धबाबा कृष्णदासलगायतको उपस्थिति रहने छ। सम्मेलनमा आज पहिलो दिन बाबा रामदेव र […]

आज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on आज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै.

काठमाडौँ । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलो पटक आफ्नोे नीति तथा कार्यक्रम प्रस्तुत […]

प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने.

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा आज पनि आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । हिजोबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो । प्रतिनिधिसभा सदयस्यहरूले राजस्व र […]

प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी १५ वटा राँगा : ओली

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी १५ वटा राँगा : ओली.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धी हासिल नभएको दाबी गरे । ‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरु […]

महाकालेश्वरको प्रोटोकल अनुसार गेरु वस्त्र लगाएको हुँः प्रधानमन्त्री दाहाल

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on महाकालेश्वरको प्रोटोकल अनुसार गेरु वस्त्र लगाएको हुँः प्रधानमन्त्री दाहाल.

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू धर्मनिरपेक्षता वादी भएको बताएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको उत्तर दिँदै भने, ‘म धर्मनिरपेक्षता वादी हो। राज्यले कुनै धर्मलाई टाढा कुनै धर्मलाई नजिक बनाउनुहुँदैन भन्ने पक्षको हुँ म। जुनसुकै धर्मका जनताको आस्थाको सम्मान हुनुपर्छ भन्ने मान्यता मेरो हो।’ सोमरबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गेरु […]

कोशी प्रदेशको सरकार फेर्दा मुख्यमन्त्री पाउनुपर्ने राप्रपाको शर्त

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कोशी प्रदेशको सरकार फेर्दा मुख्यमन्त्री पाउनुपर्ने राप्रपाको शर्त.

विराटनगर। कोशी प्रदेशमा सरकार परिवर्तनका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नयाँ शर्त अघि सारेको छ। एमाले नेतृत्वको सरकारमा सहभागी भएको राप्रपाले सरकार परिवर्तन गर्दा चार वर्ष मुख्यमन्त्री पाउनुपर्ने शर्त अघि सारेको हो। दलका नेताहरुसँग छलफलका क्रममा राप्रपा दलका नेता भक्तिप्रसाद सिटौलाले चार वर्षसम्म मुख्यमन्त्री पाउनुपर्ने बताएका हुन्। उनले चार वर्षसम्म मुख्यमन्त्री पाउने लिखित सहमति भए […]

नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई छैन : एमाले

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई छैन : एमाले.

काठमाडौं । नेकपा एमालेले नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सचिव योगेश भट्टराईले कुनै पनि शर्तमा कालापानी, लिपुलेक लिम्पियाधुरा अर्को देशलाई दिन नसकिने बताए । लम्पसारवादविरुद्ध एमाले उभिने भन्दै उनले भने, ‘हामी कुनै जग्गा सट्टा भर्ना गर्ने शर्तमा राष्ट्रियता बन्धक राख्न सक्देनौं […]

पार्टी सुधार नभएको भन्दै एमाले सिद्धार्थनगरका सचिवसहित ७४ जनाले दिए राजीनामा

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on पार्टी सुधार नभएको भन्दै एमाले सिद्धार्थनगरका सचिवसहित ७४ जनाले दिए राजीनामा.

बुटवल । पार्टीको जिल्ला नेतृत्वले पार्टी सुधारको मागलाई बेवास्ता गरेको भन्दै नेकपा (एमाले) सिद्धार्थनगर नगर कमिटीका सचिवसहित ७४ जनाले सामूहिक राजीनामा दिएका छन् । सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी नगर सचिव नारायणप्रसाद भण्डारीसहित नगर कमिटी र विभिन्न जनवर्गीय संगठनका पदाधिकारीले राजीनामा दिएको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले एक महिनाअघि पार्टीमा गर्नुपर्ने सुधारको […]

सदनको अवरोध हटाउन प्रम र सभामुखबीच छलफल

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on सदनको अवरोध हटाउन प्रम र सभामुखबीच छलफल.

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन छलफल सुरु गरेका छन। सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेका हुन ।उनले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षीदलसँग संवादगर्न आग्रह गरेका छन। हिजो प्रतिनिधिसभा अवरोध भए लगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेका थिए।सभामुखले हिजो साँझ नै फेरि सदनको […]

राष्ट्रपतिको कदमविरुद्ध एमाले, रास्वपा र राप्रपाको एक स्वर

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपतिको कदमविरुद्ध एमाले, रास्वपा र राप्रपाको एक स्वर.

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा विपक्षी दलहरुले आइतबार संसद बैठक अवरुद्ध गरेका छन् । संसदको बैठक रोक्न प्रमुख प्रतिपक्षी नेकपा एमालेसँगै विपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक ठाउँमा उभिएका हुन् । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विधेयक प्रमाणीकरण सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर […]