Sajhamanch Archive

राष्ट्रपतिले विधेयक प्रमाणिकरण गर्नु राष्ट्रहितविरूद्ध: रवि लामिछाने

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on राष्ट्रपतिले विधेयक प्रमाणिकरण गर्नु राष्ट्रहितविरूद्ध: रवि लामिछाने.

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गर्नु राष्ट्रहितविरूद्ध भएको बताएका छन्। बुधबार लामिछानेले सामाजिक सञ्जालमार्फत संसदमा छलफल नगराइ राष्ट्रपतिले विधेयक प्रमाणिकरण गर्नु राष्ट्रहितविरूद्ध भएको बताएका हुन्। उनले लखेका छन्, नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण […]

झलनाथ खनाललाई अभद्र व्यवहार गरेको आरोपमा सन्तोष राजावादीसहित ९ पक्राउ

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on झलनाथ खनाललाई अभद्र व्यवहार गरेको आरोपमा सन्तोष राजावादीसहित ९ पक्राउ.

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । आफूलाई सन्तोष राजावादी बनाउने व्यक्तिसहित उनको समूहका ९ जनालाई प्रहरी वृत्त, सिंहदरबारले पक्राउ गरेको जिल्ला प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी सिताराम रिजालले बताए । उनले भने, ‘अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिएर राखेका छौं, मुद्दा चलाउने […]

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री पूर्णबहादुर खड्कालाई

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री पूर्णबहादुर खड्कालाई.

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दिउँसो चारदिने भारत भ्रमणमा गएका छन् । प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कालाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेको हो । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर […]

कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो, माओवादीलाई पनि दबाब

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो, माओवादीलाई पनि दबाब.

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाएको छ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिंदै मन्त्रीलाई फिर्ता बोलाइएको जसपा नेता रकम चेमजोङले जानकारी दिए । ‘यो सरकारले निकास दिएन, समस्यामात्र बल्झाउने काम गर्यो । नामकरणमा पनि समस्या ल्यायो,’ उनले भने, ‘त्यसैले यो सरकारमा बसिरहन आवश्यक छैन भन्ने निष्कर्ष निकालिएको […]

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक.

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो। अहिलेको सरकारले नागरिकतासम्बन्धी उक्त विधेयक पारित गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेको थियो। गत जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले नागरिकता […]

राष्ट्रपतिलाई प्रचण्डले गराए भारत भ्रमणको जानकारी

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on राष्ट्रपतिलाई प्रचण्डले गराए भारत भ्रमणको जानकारी.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज बिहान भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री प्रचण्डले आजदेखि सुरु हुने आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएको जानकारी दिए । भेटमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि सहभागी थिए । […]

भारतको नक्साबारे प्रधानमन्त्रीले कुरा गर्नुपर्छ : ओली

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on भारतको नक्साबारे प्रधानमन्त्रीले कुरा गर्नुपर्छ : ओली.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा (मुरल) राख्नु उचित नभएको बताएका छन् । भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने कुरा सुनिएको भन्दै उनले यदि त्यस्तो हो भने उचित नहुने बताएका हुन् । अखिल नेपाल महिला संघले […]

५० युनिटसम्म निःशुल्क बिजुली दिने घोषणा बजेटबाट गायब

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on ५० युनिटसम्म निःशुल्क बिजुली दिने घोषणा बजेटबाट गायब.

काठमाडौं । सरकारले नीति तथा कार्यक्रममार्फत घोषणा गरेको हिउँदमा मासिक ३० र बर्खायाममा ५० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा तत्कालै कार्यान्वयन नहुने देखिएको छ । नीति तथा कार्यक्रमको घोषणाअनुसार बजेटले यो घोषणालाई सम्बोधन गरेन । नीति तथा कार्यक्रमको घोषणाअनुरुप ठूलो मात्रामा विद्युत प्राधिकरणलाई शोधभर्ना गर्नुपर्ने भएपछि अर्थ मन्त्रालयले घोषणा कार्यान्वयनबाट पछि हटेको हो । […]

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि बयान लिइने

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि बयान लिइने.

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुको आज पनि बयान लिइने भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा अभियुक्तहरुको बयान लिइनेछ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लाने भन्दै विभिन्न कसुरमा ३० विरुद्ध गत बुधबार मुद्दा दर्ता भएको थियो । ठगी, किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र‌ संगठित अपराधको अभियोगमा मुद्दा दर्ता भएको […]