काठमाडाँ । २०१५ सालमा रानी रत्नको नाममा राजा महेन्द्रले फेवा किनारमा बनाए रत्न मन्दिर कस्तो होला भन्ने कौतुलता, धेरै पोखरेलीमा जस्तै बैदामकै इन्दिरा सापकोटाको पनि थियो । राजाहरु कुन वैभवका साथ रत्न मन्दिरमा बसेका होलान् रु देशमा गणतन्त्र आइसकेपछि पनि देख्न पाएकी थिइनन् । २०६२र०६३ को जनआन्दोलनले राजसंस्थाको अन्त्य भइसक्दा पनि रत्न मन्दिर रहस्यमै थियो […]
काठमाडौं । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको टोली स्वीकृत गरेको छ । आज अपराह्न बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा जाने टोली स्वीकृत गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा पाँच जना मन्त्रीहरु सहभागी हुने छन् । […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् । यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका थिए । त्यसपछि रास्वपाले उनलाई निष्काशन गरेर कंसाकारलाई सांसद […]
काठमाडौं । सभामुख देवराज घिमिरेले एक हप्ताभित्र सहमतिमा संसदीय समितिका सभापतिहरु चयन गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले संसदीय समितिको नेतृत्व चयन नहुँदा कामले गति लिन नसकेको भन्दै दलहरुलाई सभापति चयन गर्न आग्रह गरेका बैठकमा सहभागी एक नेताले बताए । ‘‘सभापति चयन नहुँदा विधेयकहरुको […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतमाथि बलमिच्याइँ गरेको टिप्पणी गरेका छन् । सोमबार ललितपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले अहिले राजाको शासन नभएकाले कसैको हुकुम चल्न नहुने बताए । ‘आज सरकारलाई मन लाग्यो, सरकारले निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो’, उनले भने, ‘यो राजाको […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फबाट सांसद बनाएकी बिन्दबासिनी कंसाकारले आज शपथ लिँदै छिन्। सांसद कंसकारलाई सभामुख देवराज घिमिरेले ३ बजे सपथ गराउँदैछन्। समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ दुई करोडको अडिओ प्रकरणमा परेपछि उनलाई पार्टीले फिर्ता बोलाएको थियो। रास्वपाले श्रेष्ठको ठाउँमा कंसाकार सांसद बनाएको हो। पार्टीको निर्णयविरूद्ध ढाकाकुमार श्रेष्ठ अदालत गएका थिए। वैशाख २५ गते […]
सुर्खेत । कर्णाली प्रदेशमा गणतन्त्र दिवशको अवसरमा दलका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रामक अभिव्यक्ति दिएका छन् । गत शनिबार कर्णालीको राजधानी सुर्खेतमा नागरिक अभिनन्दन गरिएका पूर्वराजा शाहले मन्तव्यका क्रममा पछिल्लो दुई दशकको शासन व्यवस्था सही र सार्थक नभएको बताएका थिए । सोमबार सुर्खेतमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवश समारोहमा दलका नेताहरुले पूर्वराजाले जनता […]
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/ ८१ को बजेट पारित गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ। दिउँसो २ बजे बस्ने बैठकले आजै सार्वजानिक हुने आर्थिक वर्ष २०८० /८१ को बजेट पारित गर्ने मुख्य कार्यसूची रहेको छ। साथै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ गतेदेखि २० गतेसम्म हुने भारत भ्रमणका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ। […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको बताएका छन् । सोमबार सैनिक मञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वभाविक रहेको पनि बताए । उनले महत्वपूर्ण राष्ट्रिय […]
काठमाडौं । कैलालीको टिकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन काराबासको सजायँ भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी सरकारले सजाय माफ गरिदिएपछि डिल्लीबजार कारागारबाट रिहा भएका छन् । उनका समर्थक बिहानैदेखि डिल्लीबजार कारागार बाहिर भेला भएका थिए । समर्थकहरुले उनलाई अविर र फूलमाला लगाइदिएर स्वागत गरे । कारागारबाट रिहा भएपछि उनी सिधै पुल्चोकस्थित […]