काठमाडौं । प्रमुख विपक्षी दलको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक ६ घण्टा हुन लाग्दा समेत सुरु हुन सकेको छैन । नेताहरुका अनुसार सभामुख देवराज घिमिरेको कार्यकक्षमा औपचारिक रुपमै तीनवटा सर्वदलीय बैठक बसिक्यो । अनौपचारिक छलफल पनि भइरहेका छन् । तर, पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे उठेको प्रश्न र त्यसउपर संसदले गर्न सक्ने […]
काठमाडौं । सजाय माफी गरी आफूलाई कैदमुक्त गर्न माग गर्दै रेशम चौधरीले पठाएको पत्र राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रालयमा पठाएका छन् । रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । टिकापुरमा […]
काठमाडौँ । प्रतिनिधिसभाको २० मिनेटका लागि आजलाई स्थगित गरिएको बैठक आजै दिउँसो ३ बजे बस्ने भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अबरुद्ध गरेपछि अपराह्न १२ः४५ मिनेटमा २० मिनेटका लागि स्थगित गरिएको थियो। सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी विशेष कारणबस बैठक बस्ने समय परिवर्तन भएको जानकारी गराएको हो। आजै बसेको अघिल्लो बैठकमा प्रमुख […]
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्धा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ। काठमाडौं जिल्ला अदालतमा नक्कली शरणार्थी प्रकरणसँग सम्बन्धित रहेर दायर पाँच मुद्दा २५ नम्बर इजलासमा न्यायाधीश न्यौपानेको इजलासमा परेको हो।आजबाट सुरु हुने भनिएको प्रतिवादीको बयानको लागि गोला प्रथाबाट न्यायाधीश न्यौपानेको इजलासमा परेको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्धको […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १६ जना आरोपितको जिल्ला अदालत काठमाडौंमा आजदेखि बयान शुरु हुने भएको छ । यो प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार ठगी, किर्ते लगायतको अभियोगमा मुद्दा दायर भएको थियो । १४ जना फरार रहेकाले आज १६ जनाको मात्र बयान सुरु हुन लागेको हो । फरार रहेका १४ जनाको हकमा भने […]
काठमाडौं । टीकापुर घटनामा डिल्लीबजार कारागारमा जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया सरकारले अघि बढाएको छ । आममाफीलाई लिएर पठाएको पत्रमाथि राष्ट्रपति कार्यालयले अध्ययन र परामर्श थालेको छ । राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले बुधबार दिउँसो २ बजे प्रधानमन्त्री कार्यालयको पत्र राष्ट्रपति कार्यालयमा पुगेको र कार्यालयले अध्ययन थालेको बताए । ‘प्रधानमन्त्री कार्यालयबाट आएको प्रस्ताव कानुन शाखामा […]
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समिति एवं कांग्रेस संसदीय दलको कार्यालय कोशी प्रदेशले कोशी प्रदेश नामाकरणका विरुद्ध संंघर्षरत पक्षलाई वार्तामा बोलाई उचित माग सम्बोधन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता उद्वव थापाले आज विज्ञप्ति जारी गरेर प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । आन्दोलनरत पक्षलाई […]
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी भएको छ। आज मुख्यमन्त्री सरोजकुमार यादवले लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन्। पार्टीको निर्णय अनुसार तत्काल एक मन्त्रालयसहित आफूहरु सरकारमा सहभागी भएको लोसपाका सांसद उपेन्द्र महतोले जानकारी दिए। नवनियुक्त मन्त्री कुर्मीले साँझ ५ […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले आफूविरुद्ध फेरि मुद्धा दर्ता भएपछि आफू इरिटेड भएको प्रतिक्रिया दिएका छन्। बुधबार रविविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो। लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेजीको मागसहित युवराज पौडेलले रिट निवेदन बुधबार दर्ता गरेका हुन्। लामिछानेले यसको प्रतिक्रिया दिँदै आज सामाजिक संजालबाट मुद्दा हाल्नु […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दायर गरिएका ३० जनाको राहादानी रोक्का गर्न माग गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । प्रतिवादी बनाइएका १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् । सरकारी वकिल कार्यालयले पक्राउ परेका र फरार रहेका […]