Sajhamanch Archive

शरणार्थी प्रकरणमा नाम आएकाहरुमाथि निष्पक्ष अनुसन्धान हुनुपर्छ : गगन थापा

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on शरणार्थी प्रकरणमा नाम आएकाहरुमाथि निष्पक्ष अनुसन्धान हुनुपर्छ : गगन थापा.

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भुटानी शरणार्थी प्रकरणमा सरकारको परीक्षा हुने बताएका छन् । अनुसन्धान कसरी भइरहेको छ भनेर आम नागरिकले हेरिरहेको भन्दै उनले यसमा संलग्न कोही पनि छुट्न नहुने बताए । सरकारको नीति तथा कार्यक्रममाथि बुधबार संसदमा भएको छलफलमा भाग लिँदै महामन्त्री थापाले अहिले जसरी नामहरु आएका छन्, यसले लाज पनि लजाएको […]

नागरिकता बिधेयक राष्ट्रपतिले तत्काल प्रमाणिकरण गर्नुपर्छः निधि

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on नागरिकता बिधेयक राष्ट्रपतिले तत्काल प्रमाणिकरण गर्नुपर्छः निधि.

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता बिधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणिकरण गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले सो विधेयक राष्ट्रपति पौडेललाई प्रमाणिकरण गर्नका लागि संविधान र कानुनी रुपमा कुनै पनि बाधा अडचन नभएको दावी समेत गरे। उनले संघीय संसदले दुईदुई पटक पारित […]

भुटानी शरणार्थी प्रकरण छानबिन गर्न संसदीय समिति बनाइयोस् :रास्वपा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, लोकप्रिय by . Leave a Comment on भुटानी शरणार्थी प्रकरण छानबिन गर्न संसदीय समिति बनाइयोस् :रास्वपा.

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ । यो प्रकरणमा सबै दलका नेताहरु मुछिएकाले संसदीय समितिमार्फत् छानविन गर्नुपर्ने उसको माग छ । आजको प्रतिनिधि सभाको बैठकको सुरुमै बोल्दै रास्वपा सभापति रवि लामिछानेले भने यहाँ मुछिएका मान्छेहरु हेर्नुस्, यो राज्यमा हामीले कसको विश्वास गर्ने? त्यसकारणले […]

सिंहदरबार र बालुवाटारभित्रै भएका थिए करोड–करोडका लेनदेन

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on सिंहदरबार र बालुवाटारभित्रै भएका थिए करोड–करोडका लेनदेन.

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रपञ्चमा लागेको गिरोहका नाइके सानु भण्डारीले सरकारी तहबाट काम गराउन सिंहदरबारदेखि मन्त्री क्वार्टर र प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेर पैसा बुझाएको दाबी गरेका छन् । नक्कली भुटानी शरणार्थी बनाउन मन्त्री, सचिव र मन्त्रीका सल्लाहकारलाई सोझै र निकटस्थमार्फत रकम बुझाएको बयान उनले दिएका छन् । तत्कालीन गृहमन्त्री रामबहादुर थापा, उनकी पत्नी नैनकला, […]

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट छ : प्रधानमन्त्री

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट छ : प्रधानमन्त्री.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले थाती रहेको सीमा समस्या ऐतिहासिक सन्धी, नक्सा र तथ्य प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट समाधान गर्ने बताए । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि […]

संघीयतालाई सवल गर्ने ठोस नीति तथा कार्यक्रम देखिएन : सिके राउत

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on संघीयतालाई सवल गर्ने ठोस नीति तथा कार्यक्रम देखिएन : सिके राउत.

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउतले संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले संघीयताको सवलिकरणका लागि ठोस कार्यक्रम नरहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । ‘नीति तथा कार्यक्रम ७० पानाको छ। जहाँ केवल तीन ठाउँमा संघीयता शब्द छ’ उनले भने, ‘संघीयतालाई सवल गर्ने खालको […]

मधेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on मधेश सरकारबाट बाहिरिने माओवादीको निर्णय.

काठमाडौं । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो । माओवादी केन्द्र संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको दलका नेता भरत कुमार साहले जानकारी दिए । मन्त्रालय भागबण्डाका लागि हिजो बसेको […]

प्रधानमन्त्रीको भारत भ्रमणमा ऊर्जाका आधा दर्जन एजेन्डा

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रधानमन्त्रीको भारत भ्रमणमा ऊर्जाका आधा दर्जन एजेन्डा.

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा प्रस्तुत गरिने एजेन्डा तय गरेको छ । दाहालको आसन्न भारत भ्रमणका बेला ऊर्जा क्षेत्रका विषयमा प्रस्तुत गर्ने करिब आधा दर्जन एजेन्डा नेपालका तर्फबाट प्रस्तुत गरिने भएको छ । भ्रमणका क्रममा नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता, थप विद्युत् व्यापार अनुमति, बंगलादेशसँग विद्युत् व्यापारको सहजीकरणलगायत एजेन्डा […]

ओलीलाई नेपालको प्रश्न : अरुलाई सत्तो सराप गरेर हुँदैन, बनिसकेको सरकार किन हातबाट फुत्कियो ?

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on ओलीलाई नेपालको प्रश्न : अरुलाई सत्तो सराप गरेर हुँदैन, बनिसकेको सरकार किन हातबाट फुत्कियो ?.

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारबाट बाहिरिएकोमा अरुलाई दोष दिएर सत्तोसराप नगर्न एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । हातमा आइसकेको सत्ता किन फुत्कियो भन्ने आत्मसमीक्षा गर्न नेपालले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई सुझाव दिएका हुन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति […]

आज सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउँदै प्रहरी

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on आज सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउँदै प्रहरी.

काठमाडौँ ।जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ। आइतबार अबेरसम्म पनि प्रतिवेदन लेखन नसकिएपछि आज बुझाउने तयारी प्रहरीले गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० दानबहादुर कार्कीले केही जरुरी […]