Sajhamanch Archive

दाहालको कदमले जगाएको आशा

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on दाहालको कदमले जगाएको आशा.

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरण राजनीतिक तहमा अनुसन्धान सुरु भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको गिर्दो शाखमा ब्रेक लागेको छ । पुस ११ मा सुरु भएको उनको तेस्रो ‘इनिङ’को सरकार शरणार्थी प्रकरणले चर्चाको शिखरमा छ । उनले यति चर्चा पाउन शनिबारसम्म सरकार सम्हालेको १३८ दिन खर्चिनु परेको छ । यही पृष्ठभूमिमा दाहाललाई सक्किने जोखिमभन्दा सच्चिने अवसर […]

गण्डकीमा थपिए चारजना नयाँ मन्त्री, दीपक मनांगे बाहिरिए

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on गण्डकीमा थपिए चारजना नयाँ मन्त्री, दीपक मनांगे बाहिरिए.

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मन्त्रिपरिषद् बिस्तार गरेका छन्। शुक्रबार चारजना मन्त्री थप्दै मुख्यमन्त्री पाण्डेले मन्त्रीपरिषद्लाई पूर्णता दिएका हुन्। आकांक्षी धेरै हुँदा मन्त्री छान्न मुख्यमन्त्री पाण्डेलाई हम्मेहम्मे परेको थियो। शुक्रबार चारजना मन्त्री थपिएसँगै पाण्डे नेतृत्वको सरकारमा सात सदस्यीय मन्त्रीपरिषद् रहनेछ। अन्तिम समयमा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनांगे)को सट्टामा तनहुँका […]

टोपबहादुरको पत्र बुझाउने व्यक्ति खोज्न सीआईबीले लग्यो सिंहदरबारको सीसीटिभी फुटेज

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on टोपबहादुरको पत्र बुझाउने व्यक्ति खोज्न सीआईबीले लग्यो सिंहदरबारको सीसीटिभी फुटेज.

काठमाडौं । नेकपा एमालेका सचिव समेत रहेका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी बिरामी भएको भन्दै बिदा स्वीकृतिका लागि सभामुख समक्ष निवेदन बुझाउन जाने व्यक्तिको पहिचान गर्न खोजेको छ। त्यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संसद सचिवालयको सीसीटिभी फुटेज नै लिएर गएको छ । संसद सचिवालयका अधिकारीहरुका अनुसार वैशाख २५ गते टोपबहादुर रायमाझी बिरामी भएकाले […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीलाई पर्यटनकर्मीको ज्ञापन पत्र

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीलाई पर्यटनकर्मीको ज्ञापन पत्र.

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई बाँकेका पर्यटनकर्मीले ज्ञापन पत्र बुझाएका छन्। पर्यटनकर्मीको संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेको अगुवाईमा बिहीबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ति उपत्यका (देउखुरी) मा ज्ञापन पत्र बुझाइएको हो। नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले चौधरीलाई ११ बुँदे ज्ञापन पत्र बुझाएका थिए। ज्ञापन पत्रमा द्वन्द्वकालदेखि […]

एमाले केन्द्रीय कमिटी बैठकमा आज र भोलि प्रतिवेदन प्रस्तुति पछि समूहगत छलफल गरिने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on एमाले केन्द्रीय कमिटी बैठकमा आज र भोलि प्रतिवेदन प्रस्तुति पछि समूहगत छलफल गरिने.

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको पाँचौ बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आजदेखि पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको छ । बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्नुका साथै राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । बैठक पछि प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले पार्टी […]

कांग्रेस पदाधिकारी बैठकमा खाँण निलम्बनबारे छलफल, तर भएन निर्णय

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कांग्रेस पदाधिकारी बैठकमा खाँण निलम्बनबारे छलफल, तर भएन निर्णय.

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा बिहीबार पनि नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने विषय उठेको छ । तर उक्त विषयमा कुनै निर्णय भएन । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सहमहामन्त्री जीवन परियारले निलम्बन गर्नुपर्ने कुरा बैठकमा उठेको तर निश्कर्षमा नपुगेको बताए । ‘केही कुरा उठेको छ । तर कुनै पनि कुरामा निश्कर्षमा पुगेका छैनौं’, […]

शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ.

काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ उपप्रधानमन्त्री श्रेष्ठ आज आफूसँग भेट्न आएका नेकपा (एकीकृत समाजवादी)का नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिसँगको छलफलमा उनले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताए । निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी […]

टेकुमा डीएसपीहरु बस्ने कोठा पूर्वगृहमन्त्रीको हिरासत

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on टेकुमा डीएसपीहरु बस्ने कोठा पूर्वगृहमन्त्रीको हिरासत.

काठमाडौं । नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्ने गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला प्रहरी परिसर, टेकुले छुट्टै कोठामा राखेको छ । अरु बेला प्रहरी नायब उपरीक्षक डीएसपी हरु बस्ने कोठामा उनलाई राखिएको हो । कोठाभित्र राखेर बाहिरबाट चुकुल लगाइएको छ । बाहिरपट्टी उनलाई रुंग्न दुई जना प्रहरी बसेका छन् […]

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि, छलफलमा १० एजेण्डा

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि, छलफलमा १० एजेण्डा.

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि ललितपुरमा सुरु हुँदै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट बैठक सुरु हुने छ । तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल गरी निर्णय गर्ने तय भएको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा अध्यक्ष […]

मिटर व्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on मिटर व्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत.

काठमाडौँ । प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ। सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ¬का तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले सो अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकमा सभामुख देवराज घिमिरेले सो अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएको व्यहोरा सदस्यलाई जानकारी […]