Sajhamanch Archive

झापाको समृद्धिका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरुको ध्यानाकर्षण

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, स्थानीय तह, by . Leave a Comment on झापाको समृद्धिका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरुको ध्यानाकर्षण.

भद्रपुर । झापा क्षेत्र नम्बर १ र ३ को समृद्धिसँग गाँसिएका कतिपय अलपत्र आयोजना तथा नयाँ आयोजना सञ्चालनका लागि भद्रपुर नगर प्रमुखको नेतृत्व टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ । नेपाली काँग्रेसका महामन्त्री तथा झापा १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मा र काँग्रेस नेता तथा झापा ३ का पूर्व सांसद कृष्णप्रसाद सिटौलाको […]

कांग्रेस नेता चन्द्र भण्डारी साढे २ महिना उपचार गराएर स्वदेश फर्किंदै

Published: in मिडियाबाट साभार, राजनीति, स्वास्थ्य by . Leave a Comment on कांग्रेस नेता चन्द्र भण्डारी साढे २ महिना उपचार गराएर स्वदेश फर्किंदै.

काठमाडौं । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्रकान्त भण्डारी यही आज स्वदेश फर्कने भएका छन् । साढे दुई महिना उपचार गराएपछि उनी आज नेपाल फर्किन लागेका हुन् । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक भएर आगालागीबाट गम्भीर घाइते भएका थिए । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा […]

‘कोशी’ नाम खारेज हुन्न, दुई तिहाइ ल्याएर संशोधन गर : एमाले अध्यक्ष ओली

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘कोशी’ नाम खारेज हुन्न, दुई तिहाइ ल्याएर संशोधन गर : एमाले अध्यक्ष ओली.

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा उफ्रेकै भरमा ‘कोशी’ नाम फिर्ता नहुने बताएका छन् । तीन दिनदेखि पाँचथरमा रहेका ओलीले शनिबार सदरमुकाम फिदिममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘दुई चार जना केटा सडकमा उफ्रँदैमा प्रदेशको नामकरण हुँदैन, सक्छौ भने जनताको मन जितेर दुई […]

फरार सांसद कोइरीको विषयमा विवाद भएपछि संसद बैठक स्थगित

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on फरार सांसद कोइरीको विषयमा विवाद भएपछि संसद बैठक स्थगित.

काठमाडौँ । नेकपा (एमाले)का सांसद लक्ष्मी कोइरीलाई कारबाही नगरिएको भन्दै सत्ता पक्षले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले बैठक ३० मिनेटलाई स्थगित गरेका छन्। कोइरी लगातार २१ वटा बैठकमा अनुपस्थित छन्। अनुपस्थितिको कारणमा विरामी भएको भनिएको छ। सभामुखले उनीलाई विरामी भएकाले संसदमा अनुपस्थिति भएको जानकारी भएपछि एमालेबाहेकका सांसदले उठेर विरोध जनाएका […]

लुम्बिनी प्रदेशः चौधरीलाई मुख्यमन्त्री बनाउन ८ दलले हस्ताक्षर बुझाउँदै, एमालेले पनि १६८ (३) अनुसार सरकारको दाबी गर्दै

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on लुम्बिनी प्रदेशः चौधरीलाई मुख्यमन्त्री बनाउन ८ दलले हस्ताक्षर बुझाउँदै, एमालेले पनि १६८ (३) अनुसार सरकारको दाबी गर्दै.

बुटवल । लुम्बिनीमा बहुमतको सरकार गठनका लागि आज नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनले दावी पेश गर्दैछ । गठबन्धनले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि […]

पूर्वप्रधानमन्त्रीमाथिको अभद्र ब्यवहार भत्सर्नायोग्यः एमाले

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on पूर्वप्रधानमन्त्रीमाथिको अभद्र ब्यवहार भत्सर्नायोग्यः एमाले.

झापा । बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा आज नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी उहाँमाथिको अभद्र ब्यवहार र सवारीमाथि ढुंगा प्रहार भएको घटनालाई एमाले झापाले भत्सर्नायोग्य भनेको छ । जिल्ला अध्यक्ष दिपक कार्कीले बुधबार साँझ विज्ञप्ति प्रकाशन गरी ‘प्रदेश नम्बर १ लाई निर्वाचित प्रदेशसभा सदस्यहरुको ९० प्रतिशतभन्दा बढीको समर्थनमा ‘कोशी प्रदेश’ नामाकरण […]

नापी विभागले प्रमाणित गरेको सिमाना छोड्दैनौं : मेयर साम्पाङ

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on नापी विभागले प्रमाणित गरेको सिमाना छोड्दैनौं : मेयर साम्पाङ.

धरान। छिमेकी नगर इटहरीले सिमाना मिचेको भन्दै असन्तुष्टी जनाए पनि धरान उपमहानगरपालिकाले नापी विभागबाट प्रमाणिकरण भएको नक्सा वमोजिमको भुमि नछोड्ने जनाएको छ। मेयर हर्क साम्पाङले बुधबार पत्रकार सम्मेलन गर्दै इटहरीको भुमि एक इञ्च पनि नमिच्ने तर नेपाल सरकार, नापी विभागले जारी गरेको आधिकारिक नक्सा वमोजिमको भुमि नछोड्ने बताएका हुन्। आइतबार धरान उपमहानगरपालिकाले कोशी राजमार्गको पानीपियामा […]

नेकपा एमाले केन्द्रीय कमिटी बैठक वैशाख २८ देखि ३० गतेसम्म झापामा गरिँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा एमाले केन्द्रीय कमिटी बैठक वैशाख २८ देखि ३० गतेसम्म झापामा गरिँदै.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । वैशाख अन्तिम साता बोलाइएको बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताएका छन् । उनका अनुसार, बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ । गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन । यो बीचमा दुई महिने ग्रासरुट अभियान […]

कोशी प्रदेशमा सरकार नछाड्ने माओवादी संकेत

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on कोशी प्रदेशमा सरकार नछाड्ने माओवादी संकेत.

विराटनगर । नेपाली कांग्रेस र एकीकृत समाजवादीले कोशी प्रदेश सरकार छाड्न माओवादीलाई दबाव दिएका छन् । राष्ट्रपति निर्वाचन (२५ फागुन)सँगै संघमा १० दलको नयाँ गठबन्धन बनेको छ भने प्रदेशहरुमा पनि समीकरण फेरिएको छ । कर्णाली, बाग्मती र मधेशमा एमाले सरकारबाट बाहिरिसक्यो भने एमालेले नेतृत्व गरेको गण्डकी प्रदेश सरकार आइतबार र लुम्बिनी प्रदेश सरकार सोमबार मात्र […]

बारा क्षेत्र नं. २ को मतगणना डेढ घण्टादेखि अवरुद्ध

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बारा क्षेत्र नं. २ को मतगणना डेढ घण्टादेखि अवरुद्ध.

बारा । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मत गणना रोकिएको छ । मतगणनाका बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि डेढ घण्टादेखि मतगणना रोकिएको हो । ‘सुरुमा नेकपा एमालेका प्रतिनिधि मोहन लामिछानेले चाबी लिएर हिँडे, त्यसपछि म पनि किन बस्ने भनेर जनमत पार्टीका प्रतिनिधि सियाराम कुशवाह पनि […]