Sajhamanch Archive

नेकपा एमाले झापाको छैटौ पूर्ण बैठक जारी

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on नेकपा एमाले झापाको छैटौ पूर्ण बैठक जारी.

बिर्तामोड । नेपाल कम्यूनिष्ट पार्टी एमाले झापाको छैटौ पूर्ण बैठक बिर्तामोडस्थित हिमाल सागर पार्टी प्यालेसमा आज बुधबार दिउँसो सुरु भएको छ । पार्टीकाे केन्द्रीय कमिटीका सचिव टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यमा सुरु भएको बैठकमा जिल्ला अध्यक्ष दिपक कार्कीले बैठकको कार्यसूची प्रस्तुत गरेका छन्। पाँचौ र छैटौं बैठकका बीचमा केन्द्रीय कमिटीबाट प्राप्त अन्तर पार्टी निर्देशन तथा प्रदेश […]

बैंक तथा वित्तीय संस्थाहरु नेकपाको निशानामा !

Published: in अर्थतन्त्र, राजनीति, समाज by . Leave a Comment on बैंक तथा वित्तीय संस्थाहरु नेकपाको निशानामा !.

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पूर्वको मेची ब्युरो अन्तर्गतका झापा, इलाम र पाँचथर जिल्लामा रहेका बैंक तथा लघुवित्त तथा वित्तीय संस्थाहरुको निगरानी बढाएको छ। पछिल्लो समय लघुवित्त तथा वित्तीय संस्थाहरुले नियम विपरीत चर्को ब्याजमा ऋण लगानी गर्ने गरेको र समयमा किस्ता बुझाउन नसक्ने ऋणिहरुलाई धाक तथा धम्की दिएको पीडितको उजुरीपछि पार्टी उक्त निर्णयमा […]

राष्ट्रपति निर्वाचनः शनिबार उम्मेदवारी दर्ता गरिने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on राष्ट्रपति निर्वाचनः शनिबार उम्मेदवारी दर्ता गरिने.

काठमाडौँ । निर्वाचन आयोगले नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर राष्ट्रपति निर्वाचनको तयारी अघि बढाएको छ । न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याललाई निर्वाचन अधिकृत तोकिएको हो । आयोगले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सोमबार टुंग्याएको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार संघीय संसद्का ३३१ र […]

माओवादी बैठक राष्ट्रपतिको उम्मेदवारमा केन्द्रित हुने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on माओवादी बैठक राष्ट्रपतिको उम्मेदवारमा केन्द्रित हुने.

काठमाडौं । आगामी राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न साढे चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमालेसँग असमझदारी बढेपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल थालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले […]

नेकपा एमालेको ‘ग्रास रुट’ अभियान आजबाट सुरु हुँदै

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on नेकपा एमालेको ‘ग्रास रुट’ अभियान आजबाट सुरु हुँदै.

काठमाडौं । नेकपा एमालेको ‘ग्रास रुट’ अभियान आजबाट सुरु हुँदैछ । २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजबट देशैभर यो अभियान सञ्चालनमा आउन लागेको हो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ फागुनमा सात प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरेर अभियानको सुरुवात गर्ने एमालेले […]

स्ववियु निर्वाचन चैत ५ का लागि यस्तो छ कार्यतालिका

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on स्ववियु निर्वाचन चैत ५ का लागि यस्तो छ कार्यतालिका.

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बिहीबार पत्रकार सम्मेलनमार्फत स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् । कार्यतालिकाअनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन त्रिवि कार्यकारी […]

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी.

काठमाडौं । नेकपा एमालेको अगुवा जनसंगठन अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गए राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् । सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गए राति विद्युतीय मेसिन मार्फत् मतदान भएको थियो । निर्वाचनमा १ हजार ५१७ मत खसेको थियो । निर्वाचन […]

नेपाली कांग्रेस झापा कार्यतालिका बनाएर वडा तहसम्म जाँदै

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on नेपाली कांग्रेस झापा कार्यतालिका बनाएर वडा तहसम्म जाँदै.

झापा । नेपाली कांग्रेस झापाले ६ महिने कार्यतालिका बनाएर जिल्लाका १३१ वटै वडामा प्रतिनिधिहरु खटाएको छ । सभापति देउकुमार थेवेको सभापतित्वमा आज बसेको बैठकले जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि र जिल्ला पदाधिकारीहरुलाई वडा र क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय गरेको हो । खटिएका प्रतिनिधिहरुले वडा, गाउँ नगर, प्रदेशसभा क्षेत्र र संघीय निर्वाचन क्षेत्रको सम्मेलन गराउने, वार्षिक क्यालेन्डर […]

सभामुख घिमिरेको झापा बसाईका लागि कार्यक्रमहरुको सूचि तयार

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on सभामुख घिमिरेको झापा बसाईका लागि कार्यक्रमहरुको सूचि तयार.

झापा । प्रतिनिधि सभामा झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा सभामुख देवराज घिमिरे फागुन ४ गते दुई दिनको कार्यक्रम लिएर झापा आउँदैछन् । मूलतः बिर्तामोड अन्तर्राष्ट्रिय औधोगिक ब्यापार महोत्सवको समुद्घाटन समारोहको प्रमुख आतिथ्यका लागि सभामुख घिमिरे आफ्नो निर्वाचन क्षेत्र आउन लागेका हुन् । सभामुखमा निर्वाचित भए पछि उनी पहिलोपटक गृहजिल्ला आउन लागेका […]

महाअभियोग टुंगो नलागे अर्को संसदमा लैजाने सहमति

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on महाअभियोग टुंगो नलागे अर्को संसदमा लैजाने सहमति.

काठमाडौं । दर्ता भएको महाअभियोग प्रस्ताव टुंगो नलाग्दै प्रतिनिधिसभाको कार्यकाल समाप्त भएमा यस्तो प्रस्ताव अर्को प्रतिनिधिसभामा लैजाने सहमति भएको छ । मंगलबार प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिमा प्रतिनिधिसभाको कार्यकाल ५ महिनाभन्दा कम बाँकी रहेको अवस्थामा महाअभियोग प्रस्ताव दर्ता भएमा त्यसलाई निर्वाचनपछि गठन हुने प्रतिनिधिसभामा पेश गर्ने सहमति भएको हो । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा ५ महिनाभन्दा कम […]