काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै मन्त्री शर्माले सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेकी हुन् । मन्त्री शर्माले नेपाल सरकारको प्रवक्ताको जिम्मेवारीसमेत सम्हाल्नेछिन् । मन्त्री शर्मा दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोख्रेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी […]
काठमाडौं । आजै मंगलबार नियुक्त भएका मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् […]
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री बन्ने पक्का भएको छ । सत्ता गठबन्धनमा भएको भागबण्डामा माओवादीको भागमा चारवटा मन्त्रालय परेको छ । माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् । दाङ २ बाट निर्वाचित रेखा शर्मा सूचना तथा […]
काठमाडौं । सत्तारुढ दलहरुले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डा टुंगो लगाएका छन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्तापछि सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भागवण्डा टुंगो लगाएको हो । आज मंगलबार मन्त्रिपरिषद् विस्तार हुनेछ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार […]
काठमाडौँ । राष्ट्रपति निर्वाचन माघ २८ भित्र गरिसक्नुपर्ने भए पनि निर्वाचन आयोगले तयारी थालेको छैन । निर्वाचन मिति तोकेर त्यसको जानकारी सरकारलाई दिन सक्ने कानुनी प्रावधान भए पनि आयोगले मिति तोक्न छलफलसमेत गरेको छैन । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐनको दफा ४ को उपदफा १ अनुसार आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी मिति […]
गत साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा सांसदहरूको विश्वासको मत माग्ने क्रममा दिएको लिखित भाषण तरंग पैदा गर्ने खालको लाग्यो । यद्यपि उनको भाषण सुनेर कसैले विश्वासको मत दिएका थिएनन्, ती मत पार्टी–प्रायोजित थिए । दलीय राजनीतिमा यो अस्वाभाविक पनि होइन । एक–एक सदस्यको प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलले उनलाई विश्वासको मत […]
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेश सभामा आज भएको मतदानमा प्रस्तावको पक्षमा ५९ र विपक्षमा ३२ मत परेको थियो । प्रदेश १ मा ९३ सांसदमध्ये एक जना अनुपस्थित रहेका थिए । एमाले संसदीय दलका नेतासमेत रहेका कार्की पुस २४ गते एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी […]
काठमाडौं । कम्युनिस्ट नेता घनश्याम भूसालले नेकपा एकीकृत समाजवादी रोजेका छन् । नेकपा एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनका लागि असाधारण ठाउँ भएकाले यही पार्टी रोजेको उनले शुक्रबार पत्रकार सम्मेलन गरी बताएका हुन् । ‘आज संक्षिप्त दस्तावेज मैले जुन पढेको छु । त्यसमा नेकपा एकीकृत समाजवादी त्यही ठाउँमा छ जहाँबाट यसले समग्रतामा हेर्न सक्छ’ उनले भने । […]
मेचीनगर। झापाको मेचीनगर नगरपालिकामा पछिल्लो पटक देखिएको प्रमुख प्रशासकीय अधिकृत विवाद प्रकरणलाई लिएर राजनीतिक दलले आज ज्ञापन पत्र बुझाएका छन् । बिहीबार ज्ञापन पत्रसहित नगरपालिका कार्यालय पुगेका मुख्य ६ राजनीतिक दलले संयुक्त ज्ञापन पत्र बुझाएका हुन् । नगरपालिका भित्र जनप्रतिनिधि तथा कर्मचारीबीचको समन्वय र आन्तरिक व्यवस्थापनको अभावमा आम नागरिकले सेवा पाउनबाटै बञ्चित हुनु परेको ठहर […]
मोरङ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुष २९ गते शुक्रबार (भोलि) विश्वासको मत लिने भएका छन् । उक्त प्रयोजनका लागि संसद सचिवालयलाई जानकारी गराइएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिएका हुन् । मुख्यमन्त्री कार्कीले ६० जना सांसदको समर्थन लिएर गत आइतबार प्रदेशप्रमुख समक्ष दावी गरेपछि उनी नियुक्त भएका […]