विराटनगर । प्रदेश १ का २८ मध्ये २४ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ, जसमा नेकपा एमाले ठूलो दल बनेको छ । सुनसरी ३, ४ र उदयपुर १ मा मतगणना जारी छ । उदयपुर १ मा कांग्रेस उम्मेदवार डाक्टर नारायण खड्काको अग्रता छ । सुनसरी ३ मा एमाले उम्मेदवार भगवती चौधरीको फराकिलो अग्रता छ […]
काठमाडौं । मंप्रि ४ गते सम्पन्न मतदानको मत गणना चलिरहेको छ । निर्वाचन भएका लगभग सबै ठाउँको प्रत्यक्षतर्फको मत परिणाम आइसकेको छ । र, अब सबैको ध्यान समानुपातिक तर्फको मत परिणाम तिर ध्यान गएको छ । आज बिहानसम्मको मत परिणाम अनुसार नेकपा एमाले सबैभन्दा बढी सिट पाउने दल बन्ने देखिएको छ । सोमबार बिहान १० […]
काठमाडौं । निर्वाचनमा व्यहोरेको हारको जिम्मेवारी लिंदै नेकपा माओवादी केन्द्र ललितपुरका संयोजक र सचिवले राजीनामा दिएका छन् । ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताएका हुन् । ललितपुर क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका उपमहासचिव एवम् ऊर्जामन्त्री पम्फा भुसाल पराजित भएकी थिइन् । क्षेत्र नं. ३ को […]
भद्रपुर । झापा क्षेत्र नम्वर १ मा समानुपातिक तर्फको मत गणनाको अन्तिम विवरण अनुसार नेपाली काँग्रेस (रूख) २५ हजार ४०३ मतका साथ पहिलो दल भएको छ । त्यसैगरी नेकपा एमाले (सूर्य) २२ हजार ४२० मतका साथ दोस्रो बनेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) १३ हजार ७३० मतका साथ तेस्रो भएको छ । यस्तै नेकपा […]
काठमाडौं । निर्वाचन आयोगले दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गराउने निर्णय गरेको छ । दोलखाको वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख” र तामाकोशी गाउँपालिका वडा नं. […]
भद्रपुर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले समाजले खोजेको नयाँपन तथा नयाँ दिशातर्फ सबै राजनीतिक दलहरूले सोच्ने बेला आएको बताएका छन् । भद्रपुरमा आयोजित मतदातालाई धन्यवाद तथा आभार र प्रदेशसभा सदस्यमा निर्वाचित भूमिप्रसाद राजवंशीलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले संघीयता लोकतन्त्र र समाजवादलाई सही कार्यान्वयनमा ल्याएर नागरिकले खोजेको नयाँपन शासन व्यवस्थामा स्थापित गर्न दलहरू […]
झापा । सम्पन्न हुनै लागेको आम निर्वाचनमा यो पटक कुन पार्टीले लोकप्रिय मत प्राप्त गर्यो ? यसको मानक के हो भन्ने जिज्ञासा सबैलाई लागिरहेको हुनसक्छ । यसका लागि प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणामलाई लोकप्रियको मानक बनाइएको छ । देशभर यतिबेला समानुपातिक तर्फको मत गणना जारी छ । आज बिहानसम्म प्राप्त मत परिणाम अनुसार ८३ लाख ६३ […]
इलाम । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरेका छन् । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित भएका थिए । उनी ०५६ सालयता प्रतिनिधि […]
झापा । मंसीर ४ मा भएको मतदानको मत परिणाम आएसँगै निर्वाचन अधिकृतको कार्यालयहरुले विजयी उम्मेदवारहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका छन् । सोहीक्रममा झापा निर्वाचन क्षेत्र नं. २ र ४ मा शनिबार प्रमाणपत्र गरिएको हो । झापा निर्वाचन क्षेत्र नं. २ को कार्यालय रहेको अर्जुनधारा नगरपालिका कार्यालय र क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय […]
कचनकवल । नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा उपविजयी उम्मेदवार कृष्णप्रसाद सिटौलाले आफूलाई मतदान गर्ने मतदाताप्रति आभारसहित धन्यवाद प्रकट गरेका छन् । झापा क्षेत्र नम्बर ३ अन्र्तगत कचनकवनको बनियानीमा एक कार्यक्रम आयोजना गरी त्यहाँका मतदातालाई आभार प्रकट गर्दै धन्यवाद दिएका हुन् । सो क्रममा सम्बोधन गर्दै नेता सिटौलाले लोकतन्त्रको अभ्यासमा […]