भद्रपुर । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले गत निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा हात्तीको भारी बोकालाई बोकाउन खोज्दा ५ वर्ष विकास निर्माणविहिन भएको जिकिर गरेका छन् । भद्रपुरमा गठबन्धन आबद्ध दल निकट बुद्धिजीविसँगको अन्तरक्रियालाई सम्बोधन गर्दै नेता सिटौलाले आफूले दोश्रो संविधान सभा निर्वाचनमा विजय […]
भद्रपुर । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावी अभियान अन्तरगत नेपाली काँग्रेसले भद्रपुर १० चन्द्रगढीमा रहेका टोल समितिसँग सुझाव संकलन तथा अन्तरक्रिया सम्पन्न गरेको छ । वडा सभापति विष्णुप्रसाद काफ्लेको सभापतित्व तथा महाधिवेशन प्रतिनिधि अशोक पोखरेलको प्रमुख आतिथ्यमा भद्रपुर १० मा रहेका ११ वटा टोल समिति तथा सक्रिय सदस्यहरूसँग निर्वाचनको परिणाम सकारात्मक प्राप्त गर्न स्थानीय स्तरमा […]
बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा प्रदेश १ का इञ्चार्ज देवराज घिमिरेले झापाका जनता नेकपा एमालेको पक्षमा रहेको बताएका छन् । झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका घिमिरेले जतिसुकै चुनौति खडा भएपनि झापाका सबै क्षेत्रका जनता सूर्य चिन्हको पक्षमा रहेकोले नेकपा एमालेको विजय सुनिश्चित रहेको उनको दावी छ । […]
मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अग्निप्रसाद खरेलले विजयी भएर गएपछि आफूले सबैभन्दा पहिला बाहुनडाँगीको अलपत्र राइसिंह पूल निर्माण गरेर यहाँका नागरिकलाई विकासे यूगको अनुभूति गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । मेचीनगर वडा नं. २ र ४ लाई जोड्ने सो पूल शिलान्यास भएको दुई दशक भइसकेको भए पनि अहिलेसम्म […]
काठमाडौं । नेकपा एमालेले रौतहट जिल्ला कमिटी विघटन गरेको छ । एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साह लगायतका केही व्यक्तिहरु पार्टी विरोधी गतिविधिमा लागेकाले जिल्ला कमिटी विघटन गरेको बताएका छन् । एमालेले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका स्थायी समिति सदस्य प्रभु साह माथि पनि […]
बिर्तामोड । नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको छ । सभापति देउकुमार थेवेको सभापतित्वमा आज सम्पन्न पदाधिकारीको बैठकले आसन्न निर्वाचनसम्मका लागि पाण्डेलाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको हो । जिल्ला सभापति थेवे झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनेपछि पाण्डेलाई कार्यबाहक दिइएको हो । नेवि संघको १ नं क्षेत्रीय समिति […]
बिर्तामोड । नेकपा एमाले प्रदेश कमिटीका सदस्य एकराज कार्कीले मंसीर ४ गतेपछि नेकपा एमालेको सरकार बन्ने दाबी गरेका छन् । झापा क्षेत्र नम्बर २ को ‘क’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार कार्कीले नेकपा एमालेको पक्षमा देशभर जनलहर रहेकोले अब सबै प्रदेश र संघमा एमालेकोे सरकार बन्ने दावी गरेका हुन् । मुलुकको कुनै पनि तागत र शक्तिले […]
बिर्तामोड । आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन परिचालन तथा प्रचारको काम व्यवस्थित गर्न नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले झापा निर्वाचन क्षेत्र नम्बर २ मा वडास्तरमा संयुक्त निर्वाचन परिचालन समिति बनाउने क्रमलाई निरन्तरता दिएका छन् । आज बिहीबार बिर्तामोड नगरपालिका वडा नं. ३ र ४ का छुट्टाछुट्टै स्थानमा भएका […]
झापा । नेकपा एमाले झापा पार्टीका जिल्ला सचिवालय सदस्य डम्बरबहादुर गिरीलाई पार्टीको सबै जिम्मेवारीसहित साधारण सदस्य समेतबाट निष्काशन गरेकाे छ । पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले आज एक विज्ञप्ति जारी गरी पार्टीको निर्णय विपरित प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका गिरीलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्दै साधारण सदस्यबाट नै निश्काशन गरिएकाे जनाएका छन् । […]
हल्दिबारी। झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका डम्बरबहादुर गिरीले चुनाव चिन्ह सूर्यमुखीको फूल पाएका छन् । असोज २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन लगत्तै चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची अन्तरगत निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारलाई चुनाब चिन्ह प्रदान गरेको हो । नेकपा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य रहेका गिरीले […]