काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी, (रास्वपा) ले पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन आज १७ सदस्यीय कार्यदल गठन गरेको छ। पार्टीका महामन्त्री डा मुकुल ढकालको नेतृत्वमा उक्त कार्यदल बनाइएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार आन्तरिक छलफलका लागि तयार पारेको दस्तावेजलाई अझै स्पष्ट बनाउन पदाधिकारीसहितको कार्यदल बनाइएको हो। उक्त कार्यदलमा पदाधिकारीबाट […]
काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्र बन्न नहुने बताएका छन्। नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले मोर्चा आमूल परिवर्तनका लागि हुनुपर्ने बताए। ‘यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्र नबनोस्, आमूल परिवर्तन गर्ने मोर्चा बनोस्, सम्पूर्ण वामपन्थीलाई […]
विर्तामोड । नेपाल किसान महासंघ झापाका अध्यक्ष राजेन्द्र भट्टराई कोशी प्रदेश अध्यक्षमा मनोनित भएका छन् । विगत १२ वर्षदेखि झापा अध्यक्षको जिम्मेवारीमा रहेका भट्टराईको जिम्मेवारी थपिएको हो । महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले झापा अध्यक्ष भट्टराईलाई कोशी प्रदेश अध्यक्षमा मनोनित गरेको जनाइएको छ । नेपाल किसान महासंघको संगठन विस्तार एवं कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरुको अधिवेशन […]
पाँचथर । पाँचथरमा अविरल वर्षापछि आएको बाढी पहिरोका कारण फसेका १२ जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको छ । आइतबार रातिदेखि फसेका ३ घरका १२ जनालाई आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । पाँचथर याङवारक गाउँपालिका १ फेदीस्थित पहिरोमा परि फसेकालाई उद्धार गरी च्याङथापुस्थित विष्णु माविमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ […]
विराटनगर । कोशी प्रदेश सरकार र प्रदेशको नाम परिवर्तनको माग गर्दै आन्दोलनरत प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिबीच वार्ता सुरु भएको छ । विराटनगरको विग होटलमा वार्ता जारी छ । माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेका […]
काठमाडौं । वामदेव गौतम दिक्क छन् । उनले सुनाएअनुसार केपी ओली ठान्छन्– नेकपा फुटाउने एक नम्बर व्यक्ति वामदेव हो । प्रचण्ड र माधव नेपाल ठान्छन्– वामदेवले उक्साएपछि नेकपा फुटेको हो । च्यासलमा एमाले अध्यक्ष केपी ओलीलाई आइतबार भेटेर छोराछोरी र नातिनातिनासँग चितवन डुल्न हिँडेका गौतमले अनलाइनखबरसँग विस्मात् मान्दै सुनाए, ‘म नेकपा एकता अभियानको संयोजक हुँ […]
काठमाडौं । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज हुँदैछ । राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे घोषणा सभा आयोजना गरिएको छ । समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन् । नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म […]
झापा । प्रेस चौतारी नेपाल झापा शाखाले नेपाल पत्रकार महासंघ झापा विरुद्ध सञ्चालन गरिरहेको आन्दोलनको स्वरुप बदलेको छ । पत्रकार महासंघको झापा शाखामा कालो झण्डा राख्ने र धर्ना दिने कार्यक्रम सम्पन्न गरिसकेको चौतारीले अब नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष र उपाध्यक्ष सहभागी भएको कार्यक्रमहरुमा प्रेस चौतारी झापाका कोही पनि सदस्यहरु सहभागी नहुने निर्णय गरेको […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कर्मचारीतन्त्रमा चेन अफ कमाण्ड नरहेको बताएका छन् । आइतबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले जसलाई जे मन लाग्छ त्यही गरेको र कसैप्रति जवाफदेही हुनुपर्छ भन्ने नदेखिएको टिप्पणी गरे । ‘हामी सबैले सबैलाई जे गर्दा पनि हुन्छ भन्ने हिसाबमा छुट दियौं । […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । भोलि सोमबार बिहान ७ बजेदेखि बस्ने गरि बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए । ‘पार्टी स्थापना भएको एक वर्ष पुगेकाले के कसरी मनाउने भनि छलफल गर्न बैठक बोलाइएको हो,’ महामन्त्री ढकालले भने । ७ असारमा रास्पवा स्थापना भएको एक […]