Sajhamanch Archive

इलाम कारागारबाट थुनुवा साइँला फरार !

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on इलाम कारागारबाट थुनुवा साइँला फरार !.

इलाम । कोशी प्रदेश अन्तरगत इलाम जिल्लाको सदरमुकाममा रहेको इलाम कारागारबाट एक थुनुवा फरार भएका छन् । झापाको मेचीनगर नगरपालिका वडा नं. ३ बाहुनडाँगीका ३४ वर्षीय साइँला भनिने मनराज राई फरार भएका हुन् । इलाम कारागार देशकै नमूना सुधारगृहका रुपमा परिचित भए पनि यहीँबाट थुनुवा फरार भएकाले घटनालाई आश्चार्यको रूपमा लिइएको छ । हिजो बिहीबार […]

बन्दुकको छर्रा लागेर ताप्लेजुङमा एक ५८ वर्षीय पुरुषको मृत्यु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on बन्दुकको छर्रा लागेर ताप्लेजुङमा एक ५८ वर्षीय पुरुषको मृत्यु.

ताप्लेजुङ। सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका वडा नं. ३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललितको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका हुन् । प्रहरी निरीक्षक […]

कोशी प्रदेश मन्त्रिपरिषद्को निर्णय, लाजेहाङको परिवारलाई ३ लाख राहत दिइने

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on कोशी प्रदेश मन्त्रिपरिषद्को निर्णय, लाजेहाङको परिवारलाई ३ लाख राहत दिइने.

विराटनगर । कोशी प्रदेश सरकारको २५औं मन्त्रिपरिषद बैठक सोमबार सम्पन्न भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको जनाइएको छ । बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान कलबलगुडी झापामा रिक्त रहेको निर्देशक पदमा अर्को ब्यवस्था नहुन्जेल सम्मका लागि निर्देशकका रुपमा काम गर्न प्रदेश सचिव कृष्ण सापकोटालाई तोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले […]

गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी.

पोखरा । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता गर्न आज नेकपा माओवादी संसदीय दलको बैठक डाकिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन ११ बजे संसदीय दलको बैठक डाकिएको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास […]

माइधारमा लक्ष्मीनारायणको दिव्यदेश निर्माण गरिँदै, चैत ८ बाट नवाह ज्ञान महायज्ञ

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on माइधारमा लक्ष्मीनारायणको दिव्यदेश निर्माण गरिँदै, चैत ८ बाट नवाह ज्ञान महायज्ञ.

शिवसताक्षी । झापाको कनकाईमाई पश्चिम माईधारस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा अनुमानित १३ करोड रुपैयाँको लागतमा भगवान लक्ष्मी नारायणको भव्य दिव्यदेश निर्माण भइरहेको छ । जगदगुरु योगीराज श्री कमलनायनाचार्यको तपोभूमिस्थल लक्ष्मी नारायण मन्दिर तथा धाम परिसरमा दक्षिण भारतमा अवस्थित बालाजी मन्दिरको स्वरुप र कलाकृतिमा दिव्यधाम निर्माण भइरहेको हो । झण्डै ९ बिगाहा क्षेत्रफलमा फैलिएको आश्रम परिसरलाई धार्मिक […]

गौतम समाज झापाको अध्यक्षमा नीतिरमण

Published: in प्रदेश तह, लोकप्रिय, समाज by . Leave a Comment on गौतम समाज झापाको अध्यक्षमा नीतिरमण.

कनकाई। गौतम समाज झापाको अध्यक्षमा नीतिरमण गौतम चयन भएका छन् । कनकाईको कोटीहोमस्थित अत्री अनुसुया भवनमा शनिबार सम्पन्न अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो । जिल्ला समितिको वरिष्ठ उपाध्यक्षमा भागवत गौतम, उपाध्यक्ष त्रयमा राजकुमार, कृष्ण र उर्मिला गौतम चयन भएका छन् । त्यसैगरी सचिवमा सोमनाथ गौतम पुनः दोहोरिएका छन् । सहसचिवमा विष्णुप्रसाद गौतम चयन हुँदा […]

महेन्द्र मोरङमा अखिलको ताला खुल्यो

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on महेन्द्र मोरङमा अखिलको ताला खुल्यो.

विराटनगर । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा गरेको तालाबन्दी खोलेको छ । क्याम्पस प्रशासनले चलखेल गरेको भन्दै अनेरास्ववियुले शनिबार दिउँसो तालाबन्दी गरेको थियो । भयरहित वातावरणमा निर्वाचन गर्ने सहमति पछि ताला खोलेको अनेरास्ववियु मोरङ जिल्ला अध्यक्ष तुलसी घिमिरेले बताएका छन् । अनेरास्ववियुले प्राइभेट फ्याक्ल्टीका विद्यार्थीलाई धम्की दिएको र ट्रान्सफर […]

बिर्तामोडमा कोशी प्रदेश स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिता

Published: in खेलकुद, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on बिर्तामोडमा कोशी प्रदेश स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिता.

झापा । झापाको बिर्तामोडमा कोशी प्रदेशस्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता २०७९ हुने भएको छ । फागुन २९ गतेदेखि तीन दिन प्रतियोगिता आयोजना गर्न लागिएको र सबै तयारी पूरा भएको आइतबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । लायन्स क्लव अफ अनारमनी र लायन्स क्लव अफ बिर्तामोडको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको लायन्स क्लव अफ […]

पतन्जली योग समिति झापाको पुनःगठन

Published: in प्रदेश तह, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on पतन्जली योग समिति झापाको पुनःगठन.

झापा । पतन्जली योग समिति झापाले मंगलबार जिल्ला सम्मेलन तथा होली मिलन कार्यक्रमका बीच संगठन सुदृढीकरण अभियान सम्पन्न गरेको छ । पतन्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लबदेव मिश्रको प्रमुख आतिथ्य तथा झापा जिल्लामा रहेका योग शिक्षकहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो । सो कार्यक्रममा झापाको संगठनलाई अझ प्रभावकारी बनाउन तत्काल रहेको समितिमा नयाँ सदस्य […]

खाद्य स्वच्छता र सुरक्षा सम्बन्धी एनएमसीमा अन्तरक्रिया

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, शिक्षा, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on खाद्य स्वच्छता र सुरक्षा सम्बन्धी एनएमसीमा अन्तरक्रिया.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)द्वारा सञ्चालित ब्यवसायहरुबाट उपभोग्य सामग्री खरिद गर्ने उपभोक्ताले खाद्य बस्तुहरुको गुणस्तरमा कुनै कमजोरी नरहोस् भन्ने ध्येयले आज अन्तरक्रिया गरिएको छ । एनएमसीले डेरी उद्योग र चिया उद्योग सञ्चालन गरेर आफ्नै ब्राण्डमा वस्तुहरु उत्पादन तथा बिक्री वितरण गरिरहेको छ । यस्तै कृषि फर्मबाट सागसब्जी, माछा उत्पादन गरेर बिक्री गर्दै आएको […]