विराटनगर । हालसम्म प्रदेश नं. १ भनिँदै आएको सातवटा प्रदेश मध्ये सबैभन्दा पूर्वको भूगोलको नाम अब कोशी हुने भएको छ । प्रदेशको नाम कोशी राखियोस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको हो । अब कोशी प्रदेशको विषयमा प्रदेशसभामा छलफल हुनेछ । एमालेका प्रदेश सभा सदस्य रामकुमार राना मगर प्रस्तावक रहेको कोशी नामको प्रस्तावलाई […]
विराटनगर । नामकरणको विषयमा छलफल गर्न प्रदेश १ को प्रदेशसभा बैठक जारी रहेको छ । प्रदेशमा नामकरणका लागि कोशी प्रदेश र किरात लिम्बुवान सगरमाथा प्रदेश राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । एमालेले कोशी नाम राख्नुपर्ने प्रस्ताव गरेको छ भने एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात लिम्बुवान सगरमाथा राख्न प्रस्ताव गरेको छ । […]
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रदेशसभाले आज बुधबार नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले सुरक्षा सम्वेदनशिलतालाई ख्याल गर्दै निषेधाज्ञा जारी गरेको हो । प्रदेशको नाम कोशी राख्न नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहमत छन् । दलहरु भूगोलका आधारमा नाम राख्न सहमत भएपछि […]
बिर्तामोड । ब्यापारिक दृष्टिले पूर्व र पश्चिमलाई जोड्ने विर्तामोड उद्योग बाणिज्य संघको उद्देश्यमा साथ दिए जुम्लाकी गंगादेवी राउत र ताप्लेजुङकी माया गुरूङले । जंगलको कालो सुनका रुपमा परिचित अलैंचीको सराबाट बनाइएका दैनिक प्रयोजनका सामग्री लिएर गुरुङ ताप्लेजुङबाट झापा झर्दा जुम्लाकी राउत जुम्लाको अग्र्यानिक उत्पादन (खाद्य सामग्री) लिएर बिर्तामोड आइन । यसरी ताप्लेजुङ र जुम्लालाई ब्यापारसँग […]
भद्रपुर । स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ प्रदेश नं १ को अध्यक्षमा झापाका युवराज बोहोरा सर्वम्मत चयन भएका छन् । विराटनगरमा भएको स्वास्थ्य तथा शैक्षिक क्षेत्रका विज्ञ एवम् सरोकारवालाहरुको भेलाले झापाको बिर्तामोड–३ सैनिकमोडस्थित मेची आँखा अस्पतालमा स्वास्थ्य शिक्षा अधिकृत पदमा कार्यरत बोहरालाई अध्यक्षमा चयन गरेको हो । स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघका केन्द्रीय उपाध्यक्ष एवम् […]
विराटनगर । प्रदेश १ सरकारमा रहेका राप्रपाका मन्त्रीले भोलि आइतबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने भएका छन्। राप्रपा प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले राप्रपाबाट सरकारमा सहभागी उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले भोलि पदबाट राजीनामा दिने जानकारी दिए। विष्टले भने, ‘सरकारलाई समर्थन गर्दै हामी कृषि मन्त्रालयको जिम्मेवारीमा छौँ। तर अब रहन्नौँ। हाम्रो मन्त्री ज्यूले भोलि राजीनामा […]
बिर्तामोड । नेपाल कम्यूनिष्ट पार्टी एमाले झापाको छैटौ पूर्ण बैठक बिर्तामोडस्थित हिमाल सागर पार्टी प्यालेसमा आज बुधबार दिउँसो सुरु भएको छ । पार्टीकाे केन्द्रीय कमिटीका सचिव टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यमा सुरु भएको बैठकमा जिल्ला अध्यक्ष दिपक कार्कीले बैठकको कार्यसूची प्रस्तुत गरेका छन्। पाँचौ र छैटौं बैठकका बीचमा केन्द्रीय कमिटीबाट प्राप्त अन्तर पार्टी निर्देशन तथा प्रदेश […]
जनकपुर । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रदेशका ८ वटै जिल्लाका मुद्दा शाखामा कार्यरत २८० जना प्रहरीलाई एकैसाथ काज सरुवा गरेको छ । प्रहरी प्रादेशिक संरचनामा गएदेखि यस्तो सरुवा पहिलोपटक गरिएको हो । गत फागुन ५ मा जिल्ला र इलाका प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी जवानदेखि वरिष्ठ प्रहरी नायब निरीक्षक (सई)सम्मको सरुवा गरिएको हो […]
बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले शिवरात्री पर्वको अवसर पारेर जग्गादाता स्व. मानबहादुर गिरीको स्मृति दिवस मनाएको छ । नगर समितिले शनिवार बिर्तामोडमा शिवरात्रीको दिन भगवान शिव र दशनामीहरुका कुलगुरु शंकराचार्यको तस्वीरमा फुलगुच्छा माल्यार्पण गरी शिवरात्री पर्व मनाएको हो । त्यस्तै नेपाल दशनामी समाज झापाको भवनका लागि जग्गा प्रदान गर्ने स्व. मानबहादुर गिरीको […]
विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण गरिने भएको छ । २ अर्ब ४२ करोड रुपैयाँ लागतमा बन्ने १६ हजार २७७ वर्ग मिटरको टर्मिनल भवनको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शिलान्यास गरेका छन्। टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठूलो बन्ने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार पोखरा […]