विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ प्रदेशसभामा भूपेन्द्र राई प्रमुख सचेतकमा चयन भएका छन्। खोटाङ प्रदेशसभा ख बाट निर्वाचित राईलाई कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको विधान बमोजिम प्रमुख सचेतक नियुक्त गरेका हुन् । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा १ बमोजिम राईलाई प्रमुख सचेतक चयन गरेको […]
भद्रपुर । आजको एक महिनापछि फागुन ७ गतेबाट सुरु हुने झापा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको भद्रपुर झापा गोल्डकपको लागि प्रतियोगितास्थल मेची रंगशालाको मैदानलाई स्तरोन्नति गर्ने काम तीब्र गतिमा भइरहेको छ । आयोजक समितिले नेपाल तथा भारतका समेत खेलपे्रमी दर्शकलाई मध्यनजर गर्दै यातायात तथा सुरक्षा व्यवस्था मिलाउन सुरु गरेको जनाएको छ । भद्रपुर झापा गोल्डकपका महासचिव […]
झापा । महिला जनप्रतिनिधिहरुको क्षमता वृद्धि गरी मुख्य नेतृत्व सम्हाल्न सक्ने दक्ष बनाउन प्रयासरत शी लिड्स कार्यक्रमलाई निरन्तरता दिने वा नदिने वा परिमार्जन गरेर सञ्चालन गर्ने विषयमा आज बिर्तामोडमा छलफल गरिएको छ । दलित महिला केन्द्र नेपालसहितका गैरसरकारी संस्थाहरुले प्रदेश १ का ५ वटा जिल्लाका ३९ वटा पालिकामा शी लिड्स कार्यक्रम सञ्चालन गरिरहेको छ । […]
विराटनगर । प्रदेश १ सरकारले चार वटा मन्त्रालय खारेज गरेको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्दै मन्त्रालय संख्या १३ वटाबाट घटाएर ९ कायम गरेको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्रालय संख्या ९ मा झार्ने निर्णय गरेको थियो । तर कुनकुन खारेज गर्ने तय भएको […]
ओखलढुंगा । ओखलढुंगाका बाख्रापालक किसान बजारसँग जोडिन थालेका छन् । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)ले बाख्रापालक किसान र व्यापारीबीच छलफल चलाउन थालेपछि उत्पादक समूह सोझै बजारसँग जोडिन थालेका हुन् । जिल्लाको सिद्धिचरण नगरपालिका, मोलुङ र चिशंखुगढी गाउँपालिकामा रहेका ११ वटा बाख्रापालक किसान समूहमा समृद्धिले काम गरिरहेको छ । सबै समूहमा किसान र व्यापारीबीच सम्बन्ध […]
मोरङ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका मन्त्रीहरूको कार्यविभाजन आगामी सोमबार हुने बताएका छन् । मुख्यमन्त्री कार्कीले आज सञ्चारकर्मीसँग भेटघाटमा हालसम्म बिना विभागीय रहेका सबै मन्त्रीले सोमबारदेखि आफ्नो मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने जानकारी दिएका हुन् । “बिना विभागीय मन्त्रीका रूपमा रहेका सबै मन्त्रीले सोमबारबाट सम्बन्धित मन्त्रालयबाट कार्य सुरु गर्नुहुने छ” मुख्यमन्त्री कार्कीको भनाई […]
बुटवल । लुम्बिनी प्रदेशका नव निर्वाचित सभामुख र उपसभामुखले शपथ लिएका छन् । सत्ता गठबन्धनबाट सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खांण निर्विरोध निर्वाचित भएका थिए । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो सभामुख र उपसभामुखलाई शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुखले मुख्यमन्त्री र दुईजना मन्त्रीको शपथ […]
ताप्लेजुङ । सीता एयरले भोलि बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौं र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो । सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले उडान गर्ने भएको छ । सुकेटार विमानस्थलबाट साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन उडान गर्ने तालिका […]
दमक । दमक नगरपालिका वडा नं. ६ मा रहेको नमूना बजारमा आगलागी भएको छ । सो बजारका नौ वटा पसलमा आगलागीबाट लाखौं मूल्य बराबरको क्षति भएको वडाअध्यक्ष टेकबहादुर थापाले जनाएका छन् । आज राति करिब २ बजेतिर आगलागी भएको थाहा भएको हो । आगलागीबाट पसलका सम्पूर्ण समानहरु जलेर नष्ट भएका छन् । मुख्य बजार भएकाले […]
aबुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ स्थित जागरणा कृषि समूहलाई १० लाख रुपैयाँ बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको छ । प्रदेश १ को कृषि मन्त्रालयबाट प्राप्त भएकोे अनुदानबाट २९ थान च्याप कटर मेशिन र २९ थान एकपांग्रे ठेला खरिद गरी १० लाख बराबरको कृषि सामग्री शुक्रबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो […]