नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की झापा क्षेत्र नम्बर ५ को प्रदेश सभा १ तर्फबाट उम्मेदवार रहेका छन् । उनीसँग आसन्न निर्वाचनको तयारी, एमालेको अवस्था र समग्र विषयमा पत्रकार राजु पोखरेलले गरेको कुराकानी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चुनावी अभियान कसरी चलिरहेको छ ? हामी चुनावी अभियानको चौथो चरण प्रवेश गरेका छौं । […]
विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सरकारले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्ने बताएका छन् । आज शनिबार विराटनगरमा गृह मन्त्रालय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्त आयोजनामा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् । निर्वाचनमा हुनसक्ने सम्पूर्ण जोखिम तथा चुनौतीहरूलाई अध्ययन गरेर भयरहित […]
बिर्तामोड । नेकपा एमालेबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार एकराज कार्कीले विकास योजना मै कैंची हान्ने गठबन्धनका उम्मेदवारलाई आसन्न निर्वाचनबाट विदा गर्न आह्वान गरेका छन् । चुनाव प्रचार प्रसारका क्रममा मतदाताका घर आँग पुगिरहेका एमालेका प्रदेश कमिटी सदस्य कार्कीले देशको विकास गर्ने पार्टी एमाले मात्र भएको बताएर वर्तमान सत्ता गठबन्धनको आलोचना गरेका हुन् । कार्कीले एमाले […]
झापा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश ‘ख’ मा नेकपा एमालेले राप्रपालाई समर्थन गरेको छ । राप्रपा र एमालेको साझा उम्मेदवारको रुपमा रहेकी राप्रपा नेतृ सबिना कट्टेल बजगाईंसँग पत्रकार प्रकाश पौडेलले गरेको निर्वाचन केन्द्रित कुराकानी प्रस्तुत छ । तपाईको चुनावी प्रचार अभियान कसरी अगाडि बढिरहेको छ ? हामी संयुक्त चुनावी अभियानमा छौँ । ‘घर–घरमा कार्यकर्ता, टोल–टोलमा […]
झापा । बिहानको उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यो वर्षको छठपर्व विधिवत रुपमा सकिएको छ । जलासय किनारमा पूजा सामग्रीसहित ब्रतालुले आदिदेव सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो । हिजो आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो । चार दिनसम्म अत्यन्त निष्ठापूर्वक मनाइने छठ पर्वको आज अन्तिम दिनलाई ‘पारन’ भन्ने गरिन्छ । सन्तान एवं पारिवारिक […]
धनकुटा । धरान–धनकुटा सडक खण्डको तमोर नदीमा पूलबाट खसेर एकजना बृद्धको ज्यान गएको छ । आज बिहान साढे १० बजेतिर स्थानीय ६५ वर्षीय छत्रमुखी साङपाङको मूलघाटस्थित तमोर नदीको पूलबाट खसेर मृत्यु भएको हो । तमोर नदीको पूलमा हिडिरहेका ती वृद्ध अचानक तमोरको बगरमा खसेर घटनास्थलमा नै मृत्यु भएको प्रतक्ष्यदर्शीले बताएका छन् ।
भद्रपुर । प्रदेश १ कै सर्वाधिक ब्रतालु तथा अवलोकनकर्ता भेला हुने नेपाल–भारतको सीमानाकासँग जोडिएको भद्रपुरस्थित मेची नदी किनारमा छठ पूजाको तयारी पूरा भएको छ । आज आइतबार बेलुका अस्ताउँदो सूर्य र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै मनाइने मिथिलाञ्चलबासीको मुख्य चाड छठपर्वका लागि भद्रपुर ५ स्थित मेची नदी किनारमा तयारी पूरा भएको हो । धार्मिक, साँस्कृतिक […]
भद्रपुर । आगामी मंसिर ४ हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रमुख प्रतिस्पर्धी दलका रूपमा रहेको काँग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनले झापा क्षेत्र नम्वर १ मा मतदाता भेटघाट अभियान सुरू गरेको छ । तिहार सकिए लगत्तै गठबन्धन सम्बद्ध प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको टोलीले झापा १ अन्तरगत प्रदेश १ तथा २ ले आ—आफ्ना क्षेत्रमा पर्ने […]
झापा । आज भाइटीकाको दिन नेपालका चारवटा प्रदेशमा अपरान्ह हल्का वर्षाको सम्भावना रहेको मोषमविदले जनाएका छन्। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा […]
भद्रपुर । मंसीर ४ को निर्वाचनमा झापा क्षेत्र नम्वर १, २ र ३ का उम्मेदवारहरुका लागि जंगली हात्ती नियन्त्रणको मुद्दा एउटा मुख्य विषय बन्दै गएको छ । हात्तीको उपद्रवले धनजनको क्षति भोगिरहेका स्थानीय बासिन्दाका अघिल्तिर उभिएर उम्मेदवारले फेरि पनि यसको निण्न्त्रणमा पहल गर्ने वचन दिइरहेका छन् । केही वर्षयता मानव–हात्ती द्वन्द्व तीब्र हुँदै गएका यी […]