विराटनगर । प्रदेशसभामा अल्पमतमा परेर नीति तथा कार्यक्रम र बजेट पारित नहुने निश्चित भएपछि कोशी प्रदेश सरकार बजेट अधिवेशन अन्त्य गर्ने र अध्यादेशबाट बजेट ल्याउने विन्दूमा आइपुगेको छ। संसद्को बर्खे अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने बाटो खोल्नकै लागि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले आज (बुधबार) प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गर्ने औपचारिकता पूरा गर्दैछ। […]
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। उक्त नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा ३१ जेठको दिउँसो १ बजे सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय पनि […]
इटहरी । महालक्ष्मी लाइफ इन्स्योरेन्स इटहरी कार्यार्लयले बीमा गरेको चार महिना मै निधन भएकी एक बीमितको परिवारलाई ५ लाख १२ हजार रुपैयाँको मृत्युदावी भुक्तानी गरेको छ । महालक्ष्मी लाइफमा ५ लाख रुपैयाँको सावधिक बीमा गरेकी कटहरी गाउँपालिका वर्डा नं. ३, मोरङकी सीता कुमारी चौधरीको ४ महिना पछि नै निधन भएको थियो । उनका परिवारलाई बीमा […]
विराटनगर । कोशी प्रदेश सरकारले नामकरणमा असन्तुष्टि जनाउँदै आन्दोलनरत पहिचान पक्षधरलाई वार्ताका लागि पत्र पठाएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिलाई पत्र पठाएको हो । पहिचान पक्षधरले संघर्ष समितिको नाममा पत्र पठाए वार्तामा बस्ने बताएको थिए । त्यसपछि सोमबार प्रदेश सरकारले समितिलाई वार्तामा बोलाएको हो । फागुन […]
झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आइतबार जिल्लाको महाभारा र ढ्याङ्ग्रीका दुईवटा विद्यालय एवम् विद्यार्थीहरुलाई पंखा, छात्तवृत्ति रकम तथा स्कूल ब्याग प्रदान गरेको छ । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको साझेदारीमा कर्णाली साकोसले गौरीगञ्ज र कमल गाउँपालिकाका दुईवटा विद्यालयमा उक्त सहयोग गरेको हो । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली साकोसले कोशी प्रदेशका मोरङ […]
विराटनगर । कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठकपछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि यो सूचना जारी […]
उदयपुर । प्रदेश १ को नाममाकरण पहिचान विरोधी राखिएको विरोधमा सांस्कृतिक विद्रोह गर्दै सुरु भएको किराँती समुदायको यस वर्षको साकेला उभौली (धिरीनामा ५०८३) विधिबत रुपमा समापन हुदैछ। वैशाख पूर्णिमाको दिन औपचारिक सुरु भएको उभौली १ महिनासम्म मनाएर समापन गर्ने गरिन्छ। यस वर्षको उभौली सुरुदेखि अन्त्यसम्म प्रदेश नामांकन खारेज गरी पुनः नामाकरण गर्न माग गर्दै आन्दोलनको […]
धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम फेर्न माग गरेको छ । आइतबार प्रदेश सभाको बैठकमा अगामीआर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिंदै पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम संशोधन गर्नुपर्ने माग गरेका हुन् । प्रदेश सभाको लोगो संशोधनका लागि समिति गठन गरिएको विषयलाई स्वागत गर्दै चौधरीले प्रदेशको नाम पनि सान्दर्भिक […]
इलाम । यु -२० राष्ट्रिय रग्वी सेभेन्सको उपाधि कर्णाली रग्वी क्लब र हेटौडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका -४ शुक्रबारे खेल मैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णालीले १५-५ अन्तरले कटारी रग्वी क्लब र महिलातर्फ हेटौडाले १४-५ ले हिमालयन टाइगर रग्वी क्लबलाई हराउँदै उपाधि जितेको हो । विजेता दुवै टोलीले ५० हजारसहित ट्रफी, मेडल र […]
इलाम । नेपाल रग्वी संघको आयोजनामा इलामको माई नगरपालिका–४ शुक्रबारे खेल मैदानमा जारी यु–२० रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिताको सेमीफाइनल समिकरण पूरा भएको छ । प्रतियोगिताको पहिलो दिनको खेल सम्पन्न भएसँगै महिला र पुरुषतर्फ फाइनल खेल्ने टिम पक्का भएका हुन् । प्रतियोगिताको पुरुषतर्फ कर्णाली रग्वी क्लब र कटारी रग्वी क्लब भिड्ने भएका छन् भने […]