Sajhamanch Archive

कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधी गाइघाटका चौधरीलाई

Published: (Updated: ) in खेलकुद, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधी गाइघाटका चौधरीलाई.

बिर्तामोड । दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधी दिलिपकुमार चौधरीले जितेका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डको मुख्य आयोजना तथा बडी ग्यारेज बिर्तामोडको संयोजनमा सम्पन्न च्याम्पियनसिपको शुक्रबार भएको प्रतिश्पर्धामा ओभरलमा ६५ किलो तौल समुहका चौधरीले उपाधि हात पारेका हुन् । उनले नगद ३ लाख ११ हजार १११ रुपैयाँ हात पारे । उनी डिएनपी फिटनेस […]

कोशीमा भइरहेको अराजक गतिविधिलाई राज्यले छुट दिँदैन: गृहमन्त्री

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on कोशीमा भइरहेको अराजक गतिविधिलाई राज्यले छुट दिँदैन: गृहमन्त्री.

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा गैर शान्तिपूर्ण र अराजक गतिविधि भए राज्यले छुट नदिने बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज प्रतिनिधि सभामा आफ्ना नेताहरूमाथि कोशीमा आक्रमण भइरहेकोमा विरोध गर्दै गृहमन्त्रीसँग जवाफ मागेको थियो। एमाले सांसद योगेश भट्टराईले सरकारले एमाले नेताहरूमाथि सुरक्षा नदिए एमालेले नै सुरक्षाको व्यवस्था मिलाउने चेतावनी दिएका […]

लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै

Published: in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै.

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ । प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान साढे ११ बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । ‘हरेक घर–घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित नीति तथा कार्यक्रम ल्याउन लागिएको मन्त्रिपरिषदका एक सदस्यले […]

कोशीका उपसभामुख र एमाले नेतामाथि दुर्व्यवहार

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on कोशीका उपसभामुख र एमाले नेतामाथि दुर्व्यवहार.

विराटनगर । कोशी नामकरणको विरोधमा आन्दोलनरत पक्षले कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार र नेकपा एमाले संसदीय दलका उपनेता राम रानामाथि दुर्व्यवहार गरेका छन् । उपसभामुख दनुवारमाथि उदयपुरमा र रानामाथि इलाममा दुर्व्यवहार भएको हो । बिहीबार इलामबाट झापा फर्कने क्रममा आफूमाथि इलाम नगरपालिका– ११ सोयाकमा बिहान साढे ११ बजे दुर्व्यवहार भएको एमाले नेता रानाले बताए । […]

कांग्रेसले माग्यो कोशीका मुख्यमन्त्रीको राजीनामा

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कांग्रेसले माग्यो कोशीका मुख्यमन्त्रीको राजीनामा.

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग गरेको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्ने कांग्रेसको माग छ । कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले विज्ञप्ति जारी गर्दै अल्पमतमा परेका मुख्यमन्त्री कार्कीलाई नयाँ सरकार गठनका […]

आज सुदूरपश्चिमको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on आज सुदूरपश्चिमको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै.

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ। आज अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभाको बैठकमा सरकारको विनियोजन विधेयक २०८०/८१ का सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि आज नीति कार्यक्रम […]

कोशीको मुख्यमन्त्रीको दौडमा इन्द्र र उद्धव

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on कोशीको मुख्यमन्त्रीको दौडमा इन्द्र र उद्धव.

विराटनगर । नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि गृहकार्य सुरु गरेका हुन् । दुवै दलको संसदीय बैठकले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय मंगलबार नै […]

माओवादीले साथ छाडेपछि हिक्मत सरकार अप्ठ्यारोमा !

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on माओवादीले साथ छाडेपछि हिक्मत सरकार अप्ठ्यारोमा !.

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा परेका छन् । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरेपछि मुख्यमन्त्री कार्की अल्पमतमा परेका हुन् । एमाले संसदीय दलका नेता कार्की पाँच महिना अघि पुस २४ गते माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । आज जेठ २३ गते माओवादी केन्द्रले सरकारबाट बाहिरिने […]

कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्दै माओवादी केन्द्र

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्दै माओवादी केन्द्र.

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ। मंगलबार (आज) दिउँसो बस्ने पार्टी प्रदेशका पदाधिकारी र दलको सयुक्त बैठकबाट माओवादीले औपचारिक निर्णय गर्दैछ। ‘हामी आज सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गर्दैछौं,’ माओवादीका एक नेताले भने ‘अब दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने गरी तयारी गर्नेछौं। ती नेताका अनुसार प्रदेशमा […]

कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने माओवादीको निर्णय

Published: in प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने माओवादीको निर्णय.

बिराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । नयाँ सरकार गठनको पहल सुरु भएसँगै माओवादीले मुख्यमन्त्रीमा दाबी गरेको हो । सोमबार बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय लिएको हो । बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे भने कुनै निर्णय […]